बुधबार, फाल्गुन ९, २०८०

च्याम्पियन्स लिग: पोर्टोमाथि बार्सिलोना २-१ ले विजयी

काठमाडौँ । बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले पोर्टोलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न समूह एच अन्तर्गतको खेलमा बार्सिलोनाले पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । त्यस्तै पोर्टोका लागि पेपेले गोल गरेका थिए ।

 

त्यसैगरी यसै समूहको अर्को खेलमा शख्तर डोनेटास्कले बेल्जियन क्लब आन्टवेर्पलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।  यो जितपछि समूह एचमा बार्सिलोनाको ५ खेलमा १२ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै पोर्टोको भने ५ खेलमा ९ अंक रहेको छ । त्यस्तै यस समुहमा शख्तर डोनेटास्कको पनि ५ खेलमा ९ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ । त्यसै गरि आन्टवेर्पले भने आफ्ना सबै खेल हारेको छ ।अब समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले अन्टवेर्पको सामना गर्ने छ भने अर्को खेलमा पोर्टो र शख्तर डोनेटास्कबिच भिड्ने छन्  ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!