विधान अनुमोदन गर्दै सुपसमाज माल्टाले गर्यो कार्यनयन गर्ने प्रतिवद्धता

माल्टा (यूरोप) ।  सुदूरपश्चिम सेवा समाज माल्टाले विधान अनुमोदन गरी कार्यनयन गर्ने प्रतिवद्धता जनाएको छ । पुस ४ गते बुधबार माल्टामा सम्पन्न भएको आप्रवासी नेपालीहरुको आत्मीयता आदानप्रदान एवम् विधान अनुमोदन कार्यक्रमका सहभागीहरुले विधान अनुमोदन गर्दै कार्यनयन गर्ने प्रतिवद्धता जनाएकाहुन् ।समाजका अध्यक्ष दिपक सिंह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पत्रकार, मानवअधिकारकर्मी, साहित्यकार एवम् मनोसामाजिक परामर्शकर्ता धनराज विक (अविरल) रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अविरलले सुदूरपश्चिम सेवा समाज माल्टामा आवद्ध रहेका सबैले विधानलाई आत्मसाथ गरी समाजको हितको लागि नीति नियमको पालना गरेर गर्नुपर्ने बताएका थिए । उनले भने, “वैदेशिक रोजगारमा रहेका आप्रवासी नेपालीहरुको मानवअधिकारको रक्षा र अफ्ठयारोमा परेका नेपालीहरुको उद्धार गर्नेकाम सरकारको भएकोले नेपाल सरकार आफ्ना नागरिकको अधिकारको पक्षमा जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका थिए । समाजले गरेका राम्रा कामको प्रशंसा गर्दै युरोपको माल्टामा रहेका सबै नेपाली र विभिन्न संघसंस्थाको संग समन्वय र सहकार्य गरी सुदूरपश्चिम सेवा समाज माल्टाको हितमा काम गर्नुपर्ने अविरलले बताएका थिए । समाजका अध्यक्ष दिपक सिंह ठगुन्नाले संस्थागत विकासको लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् । संस्था स्थापनाको छोटो समयामा मानवीय परोपकारी काम गरेर समाजले पहिचान बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद् दिएका थिए ।नेपालबाट सुदूरपश्चिम सेवा समाज माल्टाका लागि विधान निमार्ण गरी विधान लगायतका आवश्यक सामाग्री लेटरप्याड, सदस्यताकार्ड, नगदी रसिद्, स्टयामप्याड र ब्यानर बनाई माल्टासम्म ल्याई सहयोग गरेकोमा पत्रकार तथा मानवअधिकारकर्मी धनराज अविरललाई समाजको तर्फबाट धन्यवाद् समेत व्यक्त गरेका थए । अध्यक्ष ठगुन्नाले नेपालमा सामाजिक क्षेत्रमा सक्रिय रहेर काम गरेका अविरलको सामाजिक योगदान र व्यक्तित्वको बारेमा प्रकाशपार्दै प्रंशसा गरेका थिए । उनले भने,“सुदूरपश्चिम सेवा समाज माल्टालाई संस्थागत विकास गर्दै प्रभावकारी रुपमा अगाडी बढाउनको लागि धनराज अविरललाई आजको कार्यक्रमबाट संस्थाको प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।”

 

समाजका वरिष्ठ उपाध्यक्ष जनक कुँवरले अतिथिहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्दै संस्थालाई उचाईमा पुगाउन अझैं राम्रा काम गर्नुपर्ने बताए । कार्यक्रमको औचित्यमाथि प्रकाशपार्दै कोषाध्यक्ष दिनेश नगरीले समाजका लागि सकारात्मक सोच राखेर विधानलाई मानेर काम गर्नुपर्ने बताए । त्यसैगरी सल्लाहकार सदस्य बलदेव भण्डारीले संस्थाको विकासका लागि सबै एकभई मिलेर काम गर्नुपनेृमा जोड दिए ।

 

कार्यक्रमस्थलमा नेपालको राष्ट्रिय झण्डा राखेर ज्ञातअज्ञात सहिदप्रति मौनधारण गर्दै नेपालको राष्ट्रिय गीत बजाएर राष्ट्रप्रति सम्मान प्रकट गरी कार्यक्रम संचालन गरिएको थियो । समाजका सम्पूर्ण पदाधिकारीलाई यस समाजका सल्लाहकार संयोजक नरेन्द्र पाण्डेले विधान बमोजिम सपथ ग्रहण गराएका थिए ।

 

करिब ३० जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रममा कार्यसमिति केही सदस्य फेरबदल गरिएको थियो । कार्यक्रममा विविध प्रश्तावमाथि छलफल गरी निर्णय पारित गरिएको कार्यक्रम संचालक महासचिब शिव विक (शिशिर) ले बताए । विभिन्न उपसमितिहरु गठन गरी आगामी कार्ययोजना समेत तयार पारी कामगर्ने विषयमा छलफल भएको उपाध्यक्ष तबिता क्षेत्रीले बताएकीछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९