शुक्रबार, बैशाख २१, २०८१

गोरखमा पनि एक जनामा कोरोना पुष्टि

गोरखा । गोरखामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।शहिद लखन गाउँपालिका-७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ। भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्ने बारे भने पुष्टि नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन्।ज्वँरो र रुघाखोकी लागेर सोमबार अस्पतालमा उपचार गराउन आएकोमा कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनले बताइन्।उनलाई होम आइसोलेसनमा बस्न भनिएको अस्पतालले जनाएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation