राष्ट्रियसभा निर्वाचनः जनमतको उम्मेदवारीले गठबन्धनमा असन्तुष्टि

जनकपुरधाम । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले राष्टिय सभाको निर्वाचनमा सत्ता गठबन्धनसंग एक सिट माग गर्दै आएको थियो । तर  सिट नपाएपछि मधेस प्रदेशमा र लुम्बनी प्रदेशमा एक एक सिटमा उम्मेदवारी दर्ता गराएका छन । सत्ता गठबन्धनमा नै रहेर जनमत पार्टीले आफनो छुटटै उम्मेदवारी दर्ता गराएपछि गठबन्धन भित्रमै रहेका दलहरु बिचमा असन्तुष्टि देखिएको छ । सत्ता गठबन्धनमा जनमत पार्टीले संघमा एक मन्त्री सहित योजना आयोगको सदस्य पद समेत पाएका छन ।

 

त्यसैगरि मधेस प्रदेशमा दुई मन्त्री र निति आयोगमा एक जना सदस्य पाएका छन । सत्ता गठबन्धनमा निकै लाभ लिदै आएको जनमतले भने रहेक निर्वाचनमा गठबन्धनको विरुद्धमा आफनो उम्मेदवारी दिदै आएको छ । यसले समेत सत्ता गठबन्धनमा रहेका अन्य दलहरुले जनमतको क्रियाकलापबाट असंतुष्टि जनाएको छ । मधेस प्रदेशमा राष्टिय सभाको दुई सिट मध्ये जनमतले अन्य तर्फ राम शंकर महासेठलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट सो पदमा नेपाली काग्रेसका आनन्द प्रसाद ढुगाना उम्मेदवार बनेका छन । मधेस प्रदेशमा जनमतले सत्ता गठबन्धनको उम्मेदवार ढुगानालाई मत नदिदा समेत गठबन्धनको दुई उम्मेदवारको जित सुनिश्चित जस्दै देखिएको छ ।महिला तर्फ जसपा नेपालका उम्मेदवार पुजा चौधरी चुनावी मैदानमा छन ।

मधेस प्रदेशमा दलहरुको मतभार हेर्दा नेपाली काग्रेस पहिलो शक्ति हो । काग्रेससंग मात्रै ३ हजार १ सय ६१ मत भार रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसंग २ हजार ३ सय ५५ मतभार छ । जनमत पार्टीको मतभार ७ सय ४६ छ । गठबन्धनमा रहेका दलहरु नेपाली काग्रेस,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,एकिकृत समाजवादी पार्टी ,नेकपा माओवादी केन्द्र ,नागरिक उन्मुक्ति पार्टीको मतभार जोडदा ७ हजार ५सय ४१ पुग्छ ।   यस्तोमा जनमतले गठबन्धनमा रहेरै उम्मेदवारी दिदा समेत कुनै फरक पर्ने अवस्था भने देखिदैनन । तर पनि गठबन्धनमा रहेर जनमतले आफनो उम्मेदवारी दिएर मधेसको अधिकार र पहिचानको लागि आफु जहा रहेर पनि विद्रोह गर्ने सन्देश दिने प्रयासमा छन ।

 

सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी सहभगि भएपनि चिढिएका छन । गत निर्वाचनमा सहयात्री रहेको नेपाली काग्रेसंगको सहकार्य तोडेर माओवादी केन्द्रले नेकपा एमालेसंग सहकार्य गरेपछि जनमत माओवादी एमालेको गठबन्धनमा सहभािगता जनाएको थियो । नयां गठबन्धनको निर्माण भएपछि जसपाले अहिलेको सत्ता गठबन्धनको साथ नछाडेपनि समय समयमा गठबन्धनको निर्णयको विरुद्धमा आफनो छुटटै उम्मेदवारी दिदै आएको छ । जनमतले उपराष्टपतिको निर्वाचनमा उम्मेदवारी दिएका थिए भने गठबन्धनका साझा उम्मेदवार रहेका बारा २ मा उपेन्द्र यादवकै विरुद्धमा उम्मेदवारी दिएका थिए । मधेस केन्द्रित दलमा देखिएको तिक्ता कै कारणले जनमत गठबन्धनको धेरै जसो निर्णयमा असहमति राख्दै आएको छ ।

 

नेपाली काग्रेसका सह महामन्त्री महेन्द्र यादवले जनमत पार्टीमा राजनितिक परिपक्ताको आभाव देखिएको बताए । उनले संघ देखि प्रदेश सम्मको गठबन्धनमा नेपाली काग्रेसकै कारणले जनमत गठबन्धनमा अहिले सम्म टिकेको तर राष्टिय सभाको निर्वाचनमा उम्मेदवारी दिएर उसले फेरि एक पटक राजनितिक परिपक्ताको आभाव देखिएको बताए ।

 

ज्नमत पार्टी सबै भन्दा बढि आक्रमक रुपमा जसपा प्रति प्रस्तुत हुदै आएको छ । मधेसमा जनमतले आफनो प्रतिस्पर्धी शक्तिको रुपमा बुझने गरेका छन । ३ गते मुख्यमन्त्रीको कार्यक्रममा गरेको विरोध प्रदर्शन समेत यसैका रुपमा लिइएको छ । जनता समाजवादी पार्टीका नेता एवं मुख्यमन्त्री सरोजकुमार यादवले जनमतलाई केन्द्रमै बनेको गठबन्धनको आधारमा प्रदेशमा समेत राखिएको बताउदै उसले रहेक निर्वाचनमा गठबन्धनको विरुद्धमा जाने गरेको कारणले गठबन्धनमा सहभागि दलले उसको क्रियालकापको विषयमा सोच्नुपर्ने समय आएको बताए । उनले जनमत पार्टी राजिनितिक प्रचारवाजीमा बढि विश्वास गर्ने गरेको कारणले हार्दै छु थाहा पाउदा पाउदै राजनितिक प्रचारवाजीकै लागि यस्तो कार्य गर्ने गरेको बताए ।

 

जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले गठबन्धनमा रहेका दलहरुले आफनो धर्म निर्वाह नगरेको कारणले आफुहरुले उम्मेदवारी दिएको बताए । उनले माधव नेपाल जीको पार्टी राष्टिय पार्टीपनि हैन जसपा भन्दा आफुहरुको मत पनि विगतको निर्वाचनमा बढि छ तर उहाहरुलाई सिट दिने जनमतलाई नदिने गठबन्धन दलको रवैयाको कारणले उम्मेदवारी दिएको जिकिर गरे । उनले हार र जित भन्दा पनि जनम आफनो सम्मान र मुल्यममान्यताको आधारमा अगाडि बढनुपर्छ भन्ने विचारमा अडिग छ भन्ने सन्देश दिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९