एक हजार एक सय वढी पृष्ठको संग्रहणीय पुस्तक सार्वजनिक

काठमाडौं । इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठद्धारा रचित अन्तरङ्गका तरङ्गहरु (इतिहास, संस्कृति र पुरातत्वहरु) नामक ऐतिहासिक पुस्तक सोमबार एक भव्य कार्यक्रमवीच विमोचन भएको छ ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित) ले पुस्तकको विमोचन गरेका हुन् ।पुस्तकमा एक सय एक वटा लेखहरुको संकलन रहेको छ । पुस्तक एक हजार एक सय ३६ पृष्ठको मोटो छ । पुस्तकको मूल्य पाँंच हजार राखिएको छ । पुस्तकको प्रकाशन भक्तपुर इटाछेंस्थित संचित बचत तथा श्रृण सहकारी संस्था लिमिटेडले गरेको छ । लेखक प्राडा श्रेष्ठले पुस्तक आफनो जीवनको कमाई भएको बताए । ४० वर्षदेखिको मेहेनतको फलको रुपमा पुस्तक प्रकाशन भएको उनको भनाई थियो । आफूले लेखेका लेखहरुका थप परिमार्जन, पुनर्लेखनसहित थप तथ्य र तथ्यांकका साथ पुस्तक प्रकाशन गरेको उनले जनाए । पुस्तकमा लेखहरुसँंगै सम्वन्धित तस्वीरहरु पनि रहेका छन् । पुस्तक विमोचन समारोहका वक्ता विशिष्ट व्यक्तित्वहरुले पुस्तक इतिहास, संस्कृति अनि पुरातत्वका विषयमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि एउटा दस्तावेजको रुपमा रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पुस्तक भावी पुस्ताका लागि उपयोगी संग्रहणीय रहेको बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संस्कृति शिरोमणि हरिराम जोशी, वौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा त्रिरत्न मानन्धर, प्राध्यापक हेमन्तशमसेर राणा, वरिष्ठ साहित्यकार तथा भ्रष्टाचार विरुद्धका अभियन्ता भरतमणि जंगम, अर्थविद् निरञ्जनकुमार टिबरेवालालगायतले पुस्तक संग्रहणीय रहेको भन्दै लेखकप्रति आभारी प्रकट गरे । कार्यक्रममा प्रकाशित पुस्तककाबारेमा त्रिभुबन विश्वविद्यालय नेपाल भाषा केन्द्रिय बिभागका प्रमुख राजनलाल (रास) जोशीले प्रकाशित पुस्तकको समिक्षा गर्दै पुस्तक हेरक हिसावले उत्कृष्ट देखिएको जनाए । साहित्यकार एवं भाषाविद् सूर्य लाकोजूले समिक्षा गर्दै झट हेर्दा नामले पुस्तक र्रगिविरंगी कुराको हो कि जस्तो लागे पनि पुस्तकका नामको कोष्ठभित्र इतिहास, संस्कृति र पुरातत्वहरु शव्द थपिंदा पुस्तकको नाम सार्थक रहेको बताए । इतिहास, संस्कृति र पुरातत्वका विषयमा लेखकको अनुसन्धान मात्रै नभई त्यसमाथि लेखको विचार, विश्लेषणसहितको घोत्लाइ रहेकाले पुस्तकको नाम उपयुक्त भएको विश्लेषण गरे । सामान्य भाषा, बाक्य संरचना र भाषाशैलिको मिठासले पुस्तकमा गहिरो कुरा रहे पनि सवैले बुझने किसिमका रहेको पाइएको बताए ।

कार्यक्रममा पुस्तक तयार गर्न साथ दिने लेखकका मित्र विनोदराज शर्माद्धारा लेखकलाई सम्मानका साथै लेखकमार्फत् पुस्तक तयार पार्न सहयोग गर्ने मित्र तथा विद्यार्थीलाई पुस्तक उपहार दिइएको थियो । लेखक प्राडा श्रेष्ठ ख्वप कलेज देकोचा भक्तपुरका इतिहास एवं संस्कृति विषयका प्राध्यापक पनि हुन् । कार्यक्रम प्रकाशक संस्था संचित बचत तथा श्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष योगेन्दबहादुर खर्वुजाको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार एवं अधिवक्ता गजेन्द्रशंकर तिमिला र धन्यवाद संस्थाका अर्का सल्लाहकार विनोदचरण रायले गरेका थिए । विमोचन समारोहमा काठमाडौं, ललितपुर, भक्तपुरलगायतका जिल्लाका इतिहास, संस्कृति, पुरातत्वलगायत अन्य विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।  लेखक प्राडा श्रेष्ठका यसअघि पनि एक दर्जन वढी पुस्तकहरु प्रकाशित भइसकेका छन् । उनी इतिहास एवं संस्कृतिका विषयमा निरन्तर अध्ययन, अध्यापन र अनुसन्धान गरिरहेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९