पारिश्रमिक नपाएपछि शिक्षकद्वारा परीक्षा बहिष्कार, ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित

 

रौतहट। लामो समयदेखि अनेक विवादको घेरामा रहेको रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरुले तलबको लागि बार्षिक परीक्षा बहिष्कार गरेपछि ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित भएका छन्।शिक्षकको बहिष्कारको कारण नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका बार्षिक परीक्षा दिनबाट वञ्चित भएका हुन्।

 

 

नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा केहीबेर अघि माध्यामिक विद्यालय दुधिअवाको प्राङ्गणमा सम्पन्न बैठकले बुधबार निर्णय गरिएअनुसार बार्षिक परीक्षा बहिष्कार यथावत राख्ने सहमति भएको हो।फतुवा बिजयपुरमा नगरपालिका स्थापना भएदेखि नै आफ्नै तलब पाउन प्रत्येक बर्ष आन्दोलन गर्नुपर्ने बाध्यताको अन्त्यका लागि यसपटक परीक्षा बहिष्कार गर्ने भएको निर्णयलाई सर्वसहमतिले कार्यान्वयन  गर्ने बैठकमा सल्लाह भएको शिक्षा संयोजक यादवले जानकारी दिएका छन्।

 

 

 

बैठकमा मा.बि दुधिअवा प्रधानाध्यापक रवीन्द्र साह, मावि बिजयपुर शंकर राय, हिमालीवास बाबुराम आचार्य, शितलपुर माविका बुनिलाल यादव, निमावि डुमरियाका सन्ताेष जयसवाल, निमावि भैसहीका अशाेक जयसवाल, निमावि लक्ष्मिनियाका जयकिशाेर साह, निमावि बैरगनियाका प्रधानाध्यापक रामनाथ यादव लगायत शिक्षकहरूको सहभागिता रहेको थियो।

 

 

फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ मावि ४ निमावि र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउन देखि हालसम्म तलब पाएका छैनन्।होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू बुधबार बिहान १० बजेदेखि नगरपालिका अगाडि धर्नामा बसेका थिए। नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा बसेको बैठकले जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन बार्षिक परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको थियो।

 

 

कार्यवाहक मेयर अम्बेया खातुन र नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले ६ हजार विद्यार्थीको भविष्यको लागि बार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरू लाई आग्रह गरेका थिए।नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते कोलेनिका बाट खातामा जाने निश्चित भएकाले तलबको बिषय लिएर अब कुनै प्रकारको विवाद आन्दोलन नगर्न खातुनले आग्रह गरेकी थिइन्।

 

 

 

खातुनले न्युज कारखानासँग कुरा गर्दै आफू कार्यवाहक मेयरको जिम्मेवारी पाएदेखि नै केही जनप्रतिनिधि बिभिन्न भ्रम फैलाएर असफल बनाउने पटकपटक षडयन्त्र गर्दै आएकाले कसैको बहकावामा नपरी बालबालिकाको भविष्यको लागि बार्षिक परीक्षा सञ्चालन गर्न खातुनले सम्पूर्ण शिक्षक कर्मचारीसँग अनुरोध गरेकी थिइन्।त्यसैगरी फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले आगामी ४ गते नगरक्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब खातामा जाने दोहाेर्‍याएका थिए।

 

 

‘लामो समयदेखि अवरुद्ध नगरको काममा लागि रहेका छौं , शिक्षक कर्मचारीको तलब निकासाको प्रक्रियाअगाडl बढेको छ, तथापि ४ गते आइतबार सबैको खातामा जानेछ,’ उपसचिव प्रधानले पुनः प्रतिवद्धता जनाए ।फतुवा बिजयपुरमा नेपाली कांग्रेस बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेण्डरमा दोषी ठहर भएर अख्तियार द्वारा दण्डित भई उनको पद रिक्त भएपछि गत आर्थिक वर्षदेखि सोही पार्टी बाट निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।११ वडा रहेको फतुवा विजयपुरमा ८ वडा सहित कांग्रेस पूर्ण बहुमतमा रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

प्रतिनिधिसभाः ‘ऊर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको मुख्य आधार बनाएका छौँ’

प्रतिनिधिसभाः ‘ऊर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको मुख्य आधार बनाएका छौँ’...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९