अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप

काठमाडौँ । अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ । इजरायलले यी बमहरू राफाहमा सञ्चालन भइरहेको सैन्य कारबाहीमा प्रयोग गरेको हुन सक्ने बताउदै बमसहित हतियार रोकेको हो ।बीबीसीका अनुसार अमेरिकामा विद्यार्थी आन्दोलन निरन्तर बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो ।

 

 

अमेरिकाले अप्रिलको सुरुदेखि नै इजरायलले रफाहमा आक्रमण गर्न प्रयोग गर्न सक्ने हतियारको समीक्षा गरिरहेको थियो । पछिल्लो ८ महिनामा अमेरिकाले इजरायललाई हतियार पठाउन रोकेको यो पहिलो पटक हो ।इजरायलले रफाहमा सैन्य कारबाही सुरु गरेको बेला यो जानकारी बाहिर आएको हो । अप्रिल ७ मा, इजरायली सेना ट्याङ्कहरू सहित दक्षिणी गाजाको रफाह क्षेत्रमा प्रवेश गरेको थियो । यसले इजिप्टसँगको गाजाको सिमाना कब्जा गरेको छ । तर, इजरायली सेनाले रफाहबाट १ लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने पनि बताएको छ ।

 

 

 

अमेरिकाले बम ढुवानी रोक्ने सम्बन्धमा इजरायलले भने सहयोगीहरूले पर्दा पछाडिको कुनै पनि असहमतिलाई समाधान गर्ने बताएको छ । इजरायलले अमेरिका सुरुदेखि नै आफ्नो सहयोगी भएको बताउदै इजरायलको सुरक्षा हितको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ ।

 

 

 

तर, अमेरिकाको विरोधका बाबजुद इजरायलले रफाहमा सैन्य कारबाही गरिरहेको छ । अमेरिकी अधिकारीहरूले इजरायललाई यो सहरमा शरणार्थीहरूको संख्या उच्च रहेको भन्दै चेतावनी दिएका छन् । जसका कारण सैनिक कारवाही सुरु भएमा यहाँ ठूलो संख्यामा मानवीय क्षति हुनसक्छ । इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त गरेपछि मात्र आराम गर्ने बताएको छ।

 

 

अमेरिकाले सुरुदेखि नै रफाहमा इजरायलको सैन्य कारबाहीको विरोध गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सहयोग गरेकोमा विरोधको सामना गरिरहेका छन् । अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइनको समर्थनमा लगातार प्रदर्शनहरू भइरहेका छन्।

 

 

धेरै अमेरिकी सांसदहरूले पनि इजरायललाई पठाइएको सहायतामाथि प्रश्न उठाएका छन्। यस्तो अवस्थामा अमेरिकाले पहिलो पटक यस कारणले इजरायलमा पठाइने हतियारको खेपमा रोक लगाएको छ । यद्यपि पेन्टागन र अमेरिकी सरकारी अधिकारीहरूले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

 

 

रफाहमा इजरायलले सैन्य कारबाही सुरु गर्नुअघि पश्चिमा राष्ट्र र राष्ट्रसंघले इजरायललाई चेतावनी दिएका थिए। उनले शहरमा ठूलो मात्रामा आक्रमण गर्दा मानवीय विपत्ति निम्त्याउन सक्ने बताए । यस अघि विभिन्न मध्यस्थकर्ताले तयार गरेको युद्धविराम प्रस्तावमा हमासले सहमति गरेपनि इजरायलले भने त्यसलाई अस्वीकार गर्दै पुन: आक्रमण शुरु गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९