निर्माणाधीन बर्दिवास रेल्वेको कारण १४ घरपरिवारको विचल्ली

महोत्तरी ।  महोत्तरी बर्दिवासमा उमेरले ९१ बर्ष पुगेकी अम्बिका देवि अधिकारी आजकाल आफ्नै घर हेर्दै टोलाउछिन । हातमा रेल्वेले अधिग्रहण गरिसकेको चिठी उन्ले साथमा नै वोकेकी छन । पढेलेखेका कोही बस्तिमा आए भने सोही चिठी गोजीवाट निकाल्छिन अनि पढन लगाउछिन । चिठिमा लेखिएको हुन्छ – `रेल्वे स्टेसन र रेल्वे ट्र्याकवेड निर्माणार्थ यो जग्गा अधिग्रहण गरिएको छ ।´वरपर जग्गा भएका झण्डै ३० घरधुरीले अधिग्रहणवापत सरकारले निर्धारण गरेको मुआब्जा प्राप्त गरिसकेका छन तर बर्दिवास-१४ स्थित यहीँ ठाउँमा बसोबास गर्ने अधिकारी अझै मुआब्जाको पर्खाईमा छिन ।उन्ले  बस्तिमा आधा सतक बिताईसकेकी छन ।  तर सरकारले सार्वजनिक जग्गामा बसोबास गरिरहेको र व्यक्तिगत लालपुर्जा नभएको आधार देखाएर मुआव्जा दिन आनाकानी गरिरहेको छ ।  जग्गाको नाममा अधिकारीको यो नै सवथोक हो । रेल्वेले अधिग्रहण गरेवापत मुआब्जा दिदा अन्यन्त्र स्तान्तरण हुन उनी तयार छिन तर बिस्तारै निर्माणको क्रममा रेल्वेले जग्गा र घर भत्काउने चेतावनी दिएपछी अधिकारी आजकाल रामरी सुत्न नी पाएकी छैनन ।आँखाभरी आँसु वनाउदै अधिकारीले भनिन – ` निक्कै हारगुहार मागीसके, यो उमेरमा सडकमा आउनुपर्ने अवस्था छ ।´   अधिकारी लौरो टेक्दै कयौ पटक सरोकारवाला निकायसम्म पुगेकी छन तर आस्वासन वाहेक अहिलेसम्म केही पाईनन । उन्ले भनिन – `प्रमुख जिल्ला अधिकारीलाई पनि भेटेको छु, यता नगरप्रमुखलाई पनि भेटेको छु तर कुनै सुनुवाई हुन सकेन । अब बुढेसकालमा के गर्ने होला ?´अधिकारीको जस्तै अन्य १४ घर परिवारको पीडा पनि उस्तै छ । पक्की घर वनाएर बसोबास गर्दै आएका १४ घर परिवारका २ सय भन्दा बढी सदस्य रेल्वेले जग्गा अधिग्रहण गरेपछी सडकमा आईपुगेका छन ।

 

 

 

 

रेल्वे स्टेसन निर्माणार्थ सोही वस्ती भएर अहिले  दैनिक सयौ टिपरहरु नदीजन्य पदार्थ बोकेर आवतजावत गर्छन । विहान देखि रातभरी काम संचालन हुदा एकातिर सुत्न समस्या वनिरहेको छ भने अर्कोतिर घरवारविहीन वनेपछी के गर्ने होला भन्ने चिन्ताले पिरोलिरहेको छ  ।`साना नानिहरुमा अभिभावकहरुको चिन्ताले मानसिकरुपमा असर परेको छ । पठनपाठनमा ध्यान दिन छाडेका छन ।´ पिडित निर्मला सिंहले भनिन । `बिस्तारै बस्तिमा ठूलो समस्या सिर्जना हुँदै छ ।´

 

 

 

जग्गा दर्ता भएपनी १४ घर-परिवार वस्ने झण्डै ३ विघा जग्गाको धनिपुर्जा भने छैन परिणामस्वरूप सरकारले धनिपुर्जा भएकाहरुलाई मुआव्जा प्रदान गरिसकेको छ । तर आधा सतक भन्दा बढी समयदेखी भोगचलन गरेर यहीँवाट जिविकोपार्जन गर्दै आएकाहरुलाई राज्यले विभेद गरेको आरोप लागेको छ ।उनिहरु वसोवास गर्ने उक्त जग्गालाई भोगचलन गर्दै आएका स्थानियहरु कै नाममा नगरपालिकाले समेत प्रमाणित गरिदिएको छ । बर्दिवास नगरपालिकाको अनुसार यो जग्गा २०२२ सालमा सर्वे नापी समेत भैइसकेको छ । लालपुर्जा लिन मात्र वाकी रहेको उक्त जग्गालाई लिएर सरकारले मुआब्जाको विवाद निकाल्नु उचित नभएको नगरपालिकाले मुआव्जा निर्धारण समितिलाई पत्र समेत पठाएको छ ।

 

 

 

 

 

२०८० साल चैत्र १९ गते रेल्वेलाई पठाएको पत्रमा साविकको २५ नं बहादुरगंज कित्ता नं १८,२०,२४,२६,२९ र ३० को जग्गा १४ घरधुरीको नै भएको दावी गरिएको छ ।फिल्डवुकमा स्थानिय जमिन्दार नीर वहादुर हमालको नाममा रहेको उक्त कित्ताहरु बसोबास गरिरहेका स्थानियहरुलाई दिन मन्जुरीनामा समेत दिइसकिएको छ तर सरकारले धनिपुर्जालाई नै आधार वनाएर मुचुल्का सहित पठाएका फाईलहरु मन्त्रालयमा अडकाएर राखेको छ ।

 

 

 

अहिले बस्तिमा जताततैवाट खुलाईएका वाटोको कारण ढलनिकासमा समेत समस्या छ । थोरै वर्षा हुदा पनि वरपर डुवानमा पर्ने चिन्ता स्थानियहरुलाई पिरोलिरहेको छ । तर सरोकारवाला निकायहरुको मौनताले १४ परिवारको दयनिय अवस्था विकराल वनिरहेको छ ।`हामिले सवै फाइल मन्त्रालय पठाएका छौ । प्रक्रियामा नै छ सायद: छिट्टै हुन्छ होला ।´ प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले भने । `वँहाहरुप्रती हाम्रो पनि सम्मान छ सरकारका पनि त आफ्नै प्रक्रिया छन ।´

 

 

 

तर सरकारले स्थानियहरुको संवेदनशीलतामाथी वेवास्ता गरिरहेको स्थानिय नेता पोषण थापा वताउछन । मुआव्जा दिनुपर्ने प्रसस्त आधारहरु भएतापनी प्रक्रिया अगाडि नबढाउनु गलत भएको उन्को भनाई छ ।यता चलनचल्तीको मूल्य अनुसार सरकारले मुआब्जा प्रदान नगरे पिडितहरुले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन । यसअघि पिडितहरुले रेल्वेको काम समेत रोकेका थिए ।

 

 

 

रेल्वेले अधिग्रहण गरेको जग्गालाई यसअघि मुआब्जा निर्धारण समितिले ३२ भागमा विभाजन गरेको थियो । जग्गाको अवस्था हरेर त्यस्को लागि सरकारले झण्डै २ अर्व ३० करोड रुपैया मुआव्जा वितरण गर्नुपर्ने हुन्थ्यो । यसमध्ये १४ घरपरिवारलाई छाडेर अन्य घरधुरीलाई भने लगभग  मुआव्जा वितरण भैइसकेको मुआब्जा निर्धारण समितिले जनाएको छ ।

 

 

 

 

पुर्वमा रातु खोलादेखि पश्चिममा भप्सी खोलासम्मको जग्गालाई कठ्ठाको न्युनतम ७ देखि अधिकतम ८१ लाखसम्म ५९ बिघा जग्गाको दररेट निर्धारण भएअनुसार मुआब्जा वितरण गरिएको रेल्वेको भनाई छ । वाकी रहेको ३ विघा जग्गाको समबन्धित मन्त्रालयवाट टुंगिएपछी वितरण गरिने पनि रेल्वेले प्रष्ट वनाएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

दमौली (तनहुँ),  यहाँको भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९