चन्द्रमा-मंगल मिशनका लागि निर्मित अहिलेसम्मकै शक्तिशाली स्टारशिपको चौथो परीक्षण सफल

काठमाडौँ । चन्द्रमा-मंगल मिशनका लागि निर्मित विश्वको सबैभन्दा शक्तिशाली अन्तरिक्ष स्टारशिपको चौथो परीक्षण सफल भएको छ । टेक्सासबाट लन्च गरिएको यस स्टारशिपलाई अन्तरिक्षमा लिएर यसलाई पृथ्वीमा फिर्ता ल्याइयो र हिन्द महासागरमा सफल अवतरण गराइएको थियो ।

 

 

यस पटकको परीक्षणको मुख्य लक्ष्य पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्टारशिप बाँच्न सक्छ कि सक्दैन भनेर हेर्नु थियो । स्टारशिप बनाउने कम्पनी स्पेसएक्सले सोसल मिडिया प्लेटफर्म एक्समा पानीमा सफल ल्यान्डिङ भएको जानकारी दिएको थियो । यो परीक्षण पछि, कम्पनीका मालिक एलन मस्कले धेरै प्रयासपछि स्टारशिपले समुद्रमा सामान्य अवतरण गर्नु ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

 

 

 

मस्कको कम्पनी स्पेसएक्सले यो रकेट बनाएको हो । स्टारशिप स्पेसक्राफ्ट र सुपर हेभी बूस्टरहरूलाई सामूहिक रूपमा ‘स्टारशिप’ भनिन्छ । यसको उचाइ ३ सय ९७ फिट रहेको छ । यो पूर्ण रूपमा पुन: प्रयोग योग्य रहेको  छ र १५० मेट्रिक टन लोड बोक्न सक्षम छ । स्टारशिप प्रणालीलाई मंगल ग्रहमा एकै पटक १०० जनालाई लैजान सक्ने गरि बनाइएको छ ।

 

 

यो स्टारसिपको चौथो परीक्षण हो । यस अघि गरिएका तीन परिक्षण विभिन्न कारणले असफल भएका थिए । यसको परिक्षण १ घण्टा ५ मिनेट ४८ सेकेन्ड सम्म गरिएको थियो ।यस परीक्षणमा, स्टारशिपलाई अन्तरिक्षमा लगियो, त्यसपछि पृथ्वीमा ल्याइयो र पानीमा अवतरण गरियो । यो पुन: प्रयोगयोग्य यातायात प्रणाली हो । स्टारसिपमा ६ र्याप्टर इन्जिन छन् भने सुपर हेभीमा ३३ र्याप्टर इन्जिन छन् ।

 

 

 

 

यो प्रक्षेपण महत्त्वपूर्ण छ किनभने यो स्पेसशिपले मात्र मानिसलाई अन्तरग्रहीय बनाउनेछ । अर्थात् यसको सहयोगमा पहिलो पटक पृथ्वीबाहेक अन्य ग्रहमा मानवले पाइला टेक्नेछ । मस्कले सन् २०२९ सम्ममा मंगल ग्रहमा मानिस पठाउन र त्यहाँ उपनिवेश स्थापना गर्ने महत्वकांक्षी योजना अन्तर्गत यो परिक्षण गरिरहेका छन् । अन्तरिक्ष यानले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनासम्म पुर्‍याउन पनि सक्षम हुनेछ ।

 

 

 

 

मंगल ग्रहमा उपनिवेश स्थापना गर्नुपर्ने आवश्यकताबारे मस्क भन्छन्- ‘पृथ्वीमा जीवन समाप्त हुने घटनाले मानवताको अन्त्य निम्त्याउन सक्छ, तर यदि हामीले मंगल ग्रहमा आफ्नो आधार बनायौं भने मानवता त्यहाँ बाँच्न सक्छ ।’ लाखौं वर्ष पहिले डायनासोरको पनि जीवन समाप्त हुने घटनाका कारण पृथ्वीमा मृत्यु भएको थियो । यसैबीच, प्रोफेसर स्टीफन हकिङले पनि २०१७ मा भनेका थिए कि यदि मानिस बाँच्न चाहन्छ भने १०० वर्षभित्र विस्तार गर्नुपर्नेछ ।

 

 

 

 

 

यो मिसन सफल हुनको लागि यो पनि महत्त्वपूर्ण छ किनभने स्टारशिप स्पेसक्राफ्ट नासाको आर्टेमिस कार्यक्रमको हिस्सा हो । यसबाट मानिस ५ दशकपछि चन्द्रमामा फर्किनेछन् । स्टारशिपले चन्द्रमाको मिशनको अन्तिम चरण पूरा गर्नेछ । अन्तरिक्ष यानमार्फत अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको कक्षमा लैजाने र चन्द्रमामा पनि अवतरण गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९