भारतले तिब्बतका ३० ठाउको नाम परिवर्तन गर्दै

काठमाडौँ । भारतको लोकसभा चुनावमा एनडीएको जितपछि विदेशमन्त्री एस जयशंकरले पदभार सम्हाल्ने बित्तिकै चीनविरुद्ध ठूलो कदम चालेका छन् ।द डिप्लोमेटको रिपोर्टका अनुसार भारतले अब चीनलाई टक्कर दिन तिब्बतका ३० भन्दा बढी ठाउँको नाम परिवर्तन गर्न लागेको छ ।

 

 

भारतीय सेनाले चाँडै नै स्थानहरूको सूची सहित चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) को नयाँ नक्सा जारी गर्ने तयारी गरेको छ । चीनले गत अप्रिलमा अरुणाचल प्रदेशका ३० ठाउँको नाम परिवर्तन गरेको थियो । चिनियाँ सरकारले यी क्षेत्रहरूलाई आफ्नो क्षेत्र दाबी गर्दै आएको छ । चीन को यो कारबाहीको जवाफ दिन भारत सरकारले यो निर्णय गरेको हो ।

भारतीय भाषामा पुराना नामहरूमा आधारित नाम परिवर्तन

तिब्बतका क्षेत्रहरूको नाम परिवर्तन गर्न धेरै अनुसन्धान गरिएको थियो । भारतीय भाषामा पुरानो नामको आधारमा यी ठाउँहरूको नयाँ नाम राखिएको छ । भारतीय सेनाको सूचना युद्ध डिभिजनलाई क्षेत्रहरूको नाम परिवर्तन गर्ने जिम्मा दिइएको थियो । यो त्यही डिभिजन हो जसले गहिरो अनुसन्धानपछि चीनले अघि सारेको अरुणाचल प्रदेशका नयाँ नामलाई पनि अस्वीकार गर्छ ।

 

 

जानकारी अनुसार तिब्बतको नयाँ नामको सूची छिट्टै सार्वजनिक गरिने छ । रिपोर्टमा भनिएको छ, पछिल्ला केही हप्तामा भारतीय सेनाले अरुणाचल प्रदेशका ती क्षेत्रहरूको पनि भ्रमण गरेको थियो जसलाई चीनले आफ्नो दाबी गर्दै आएको छ ।

 

 

अप्रिल १ मा चीनले अरुणाचल प्रदेशका ३० स्थानको नाम परिवर्तन गरेर आफ्नो हिस्सा घोषणा गरेको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार यसमा ११ आवासीय क्षेत्र, १२ पहाड, ४ नदी, एउटा पोखरी र पहाडबाट निस्कने बाटो समावेश छ । यद्यपी यी ठाउँको नाम के हो भन्नेबारेमा केही जानकारी दिइएको छैन । यी नामहरू चिनियाँ, तिब्बती र रोमन भाषाहरूमा जारी गरिएका थिए ।

 

 

विगत ७ वर्षमा चीनले अरुणाचलका ठाउँहरूको नाम परिवर्तन गर्दा ४ पटक यस्तो भएको थियो। चीनले अप्रिल २०२३ मा आफ्नो नक्सामा अरुणाचलका ११ स्थानको नाम परिवर्तन गरेको थियो । यसअघि चीनले २०२१ मा १५ स्थान र २०१७ मा ६ स्थानको नाम परिवर्तन गरेको थियो।

 

 

अरुणाचलमा बढ्दो चिनियाँ हस्तक्षेप र यहाँका ठाउँहरूको नाम परिवर्तनमा भारतको अडान स्पष्ट छ । भारतले अरुणाचललाई आफ्नो हिस्सा मान्छ । अप्रिल २०२३ मा विदेश मन्त्रालयले भनेको थियो– हामीले यसअघि पनि चीनको यस्तो कार्यको रिपोर्ट पाएका छौं । हामी यी नयाँ नामहरूलाई ठाडै अस्वीकार गर्छौं । अरुणाचल प्रदेश भारतको हिस्सा थियो, छ र रहनेछ । यसरी नाम परिवर्तन गर्दा यथार्थ परिवर्तन हुदैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९