बंगलादेशमा हसिनालाई सत्ताच्युत गरेर ‘मन्त्री’ बनेका २ विद्यार्थी बारेमा जान्नुहोस् !!!

ढाका । बंगलादेशमा अन्तरिम सरकार  गठन भएको छ। बिहीबार राति नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उनको टोलीका दुई विद्यार्थी नेतासहित १७ सदस्यले सपथ लिएका छन् । एम नाहिद इस्लाम र आसिफ महमूद साजिब भुइया विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नाम हुन् ।

 

उनीहरु दुवैलाई त्यहाँ भएको ‘कु’को मुख्य अनुहार मानिन्छ। दुवै अहिले नयाँ सरकारमा सहभागी भएका छन् । मोहम्मद युनुस सेना समर्थित सरकारको सल्लाहकार बने पनि त्यहाँ प्रधानमन्त्री भने निर्वाचित भएका छैनन् । तर उनको हैसियत प्रधानमन्त्रीको जस्तै छ । जबकि उनको सल्लाहकार परिषदमा परेका सदस्य मन्त्रीको हैसियतमा रहने छन् ।

 

आउनुहोस, जानौं मन्त्री भएका दुई बिधार्थी नेताका बारेमा, 

को हुन् नाहिद इस्लाम ?

नाहिद इस्लाम धेरै दिनदेखि बंगलादेशमा आरक्षण विरुद्ध चलिरहेको विद्यार्थी आन्दोलनको मुख्य अनुहार हुन्। नाहिद एक बंगलादेशी विद्यार्थी कार्यकर्ता हुन्, उनी बंगलादेश कोटा सुधार आन्दोलनका प्रमुख नेताहरू मध्ये एक थिए। विद्यार्थीको यो आन्दोलन पछि असहयोग आन्दोलनमा परिणत भयो । यो आन्दोलन शेख हसिना सरकारको पतनको कारण बन्न पुग्यो । विद्यार्थी नेता नाहिदकै कारण आन्दोलन यति हिंसात्मक बनेको थियो भने शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । नाहिद पनि मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न मनाउने व्यक्ति हुन्।

नाहिद इस्लामको जन्म सन् १९९८ मा ढाकामा भएको थियो । उनी ढाका विश्वविद्यालयबाट २०१- १७ ब्याचका समाजशास्त्रका विद्यार्थी हुन्। उनी मानवअधिकारकर्मी तथा विद्यार्थी संगठन ‘विभेद विरुद्ध विद्यार्थी’का संयोजक पनि हुन् । उनका बुबा शिक्षक र आमा गृहिणी हुन्। नाहिद विवाहित र एक कान्छो भाइ छन्।

 

को हुन् आसिफ महमूद ?
बंगलादेशको अन्तरिम सरकारका सदस्य आसिफ महमूद विद्यार्थी आन्दोलनको अर्को ठूलो अनुहार हुन  । आसिफ भेदभाव विरोधी विद्यार्थी आन्दोलनका मुख्य संयोजक हुन् । कुमिल्लाका आसिफ ढाका विश्वविद्यालयको २०१७(१८ ब्याचका भाषा अध्ययनका विद्यार्थी हुन्। उनी जून महिनामा आरक्षण विरुद्धको राष्ट्रव्यापी विद्यार्थी आन्दोलनमा सामेल भए। आसिफ महमूद जम्मा २६ वर्षका छन् ।

 

आसिफ महमूदले नख्खलपारा हुसेन अली हाई स्कूलबाट पढेका थिए । र, २०१५ मा एसएससी पास गरेका थिए। उनले सन् २०१७ मा आदमजी क्यान्टोन्मेन्ट कलेजबाट एचएससी पास गरेका थिए । आसिफ कलेजको बीएनसीसी प्लाटुनका पूर्व क्याडेट सर्जेन्ट थिए। उनी ढाका विश्वविद्यालयको विद्यार्थी अधिकार परिषद्का अध्यक्ष पनि थिए।

 

यी हुन बंगलादेशको अन्तरिम सरकारका १७ सदस्य
१. डा. मोहम्मद युनुस
२. डा सलेहुद्दीन अहमद
३. ब्रिगेडियर जनरल (सेवानिवृत्त) एम सखावत हुसेन
४ डा. एमडी नजरुल इस्लाम (आसिफ नजरुल)
५. आदिलुर रहमान खान
६. एएफ हसन आरिफ
७. मोहम्मद तौहिद हुसेन
८. सैयदा रिजवाना हसन
९. सुप्रदीप चकमा
१०. फरिदा अख्तर
११. विधान रञ्जन राई
१२. शर्मीन मुर्शिद
१३. एएफएम खालिद हुसेन
१४. फारुक ए आजम
१५. नूरजहाँ बेगम
१६. नाहिद इस्लाम
१७. आसिफ महमूद

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९