बुधबार, चैत्र ६, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित

काठमाडौँ । आर्सनलले लेस्टर सिटीमाथि जित हासिल गरेको छ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लेस्टर सिटीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।आर्सनलले ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गर्दै जित हासिल गरेको थियो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्डले २ गोल गरेका थिए बने गाब्रियल मार्टिनेली र काइ हार्भेटले एक एक गोल गरेका थिए । त्यसैगरी लेस्टर सिटीका लागि दुवै गोल जेम्स जस्टिनले गरेका थिए । यो जितपछि आर्सनलको ६ खेलमा १४ अंक भएको छ र शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको बराबरी गरेको छ । सिटी गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ ।त्यसैगरी लेस्टर सिटीको भने ६ खेलमा ३ अंक रहेको छ र लिगमा १६औ स्थानमा छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation