ट्रम्पको सरकारमा को कसको नाम छ चर्चामा ?

काठमाडौँ । डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा विजयी भएपछि अब उनको टिममा को को हुन्छन् भन्ने विषय चर्चामा रहेको छ । ट्रम्पले ह्वाइट हाउसको प्रशासन सम्हाल्नुअघि आफ्नो पहिलो औपचारिक नियुक्ति गरिसकेका छन् । आफ्नो चुनावी अभियानकी सह-अध्यक्ष रहेकी सुसान वाइल्सलाई ‘चीफ अफ स्टाफ’ बनाएका छन् । सुजन ट्रम्पको २०२४ को चुनावी अभियानको सह-अध्यक्ष थिइन् । नवनिर्वाचित राष्ट्रपतिको संक्रमण टोली जनवरी २०, २०२५ देखि ह्वाइट हाउसमा फर्कनु अघि ठुलो संख्यामा गरिने नियुक्ति र आफ्ना नीतिहरुलाई लिपिबद्ध गर्ने काममा व्यस्त हुनुपर्ने छ ।

 

२०१६ देखि २०२० सम्म राष्ट्रपति रहेका ट्रम्पले सो अवधिमा साथमा रहेका धेरै सहकर्मी गुमाएका छन् । तर ट्रम्पले यस पटक आफुलाई निर्वाचित हुन सहयोग गर्ने र आफ्नो खराब समयमा साथ दिनेलाई नयाँ सरकारमा भूमिका दिने यसअघि नै स्पष्ट गरेका छन् । ट्रम्पले आफ्नो भनाईलाई सहि साबित गर्दै चुनावी अभियानलाई व्यवस्थित र अनुशासित बनाउन भूमिका खेलेकी वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफ’ नियुक्त गरेका छन् । उनको भूमिका राष्ट्रपतिको शीर्ष सहयोगीको रुपमा मात्र होइन राष्ट्रपति कार्यालयका कर्मचारी व्यवस्थापन र दैनिक कार्यहरूको निरीक्षण समेत रहेका छन् । अमेरिकामा राष्ट्र्पतिको कामको प्रमुख जिम्मेवारको रुपमा ‘चिफ अफ स्टाफ’ लाई हेर्ने गरिन्छ ।

 

६७ वर्षीय वाइल्सले दशकौंदेखि रिपब्लिकन राजनीतिमा काम गरेकी छन् । यसमा सन् १९८० मा रोनाल्ड रेगनको चुनावी अभियानदेखि लिएर सन् २०१० मा व्यापारी रिक स्कटलाई फ्लोरिडाको गभर्नर बनाउने अभियानमा उनको भूमिका रहेको छ । त्यसैगरी ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा महत्त्वपूर्ण निर्णय न्याय विभागको प्रमुखको नियुक्तिसँग सम्बन्धित छ । वास्तवमा, ट्रम्पको पहिलो कार्यकालमा महान्यायाधिवक्ता भएका जेफ सेसन्स र विलियम बारसँग ट्रम्पको सम्बन्ध असन्तुलित थियो । यस्तो अवस्थामा यस पटक ट्रम्पले यस्तो व्यक्तिलाई यस पदमा नियुक्त गर्ने अपेक्षा गरिएको छ जसले आफूलाई विश्वास गर्ने मात्र नभई आफ्ना आलोचक र विपक्षीहरूलाई सजाय दिन एजेन्सीको शक्ति प्रयोग गर्नेछ ।

 

मन्त्रिपरिषद्को पदका लागि अगाडि आएका नाममध्ये एउटा नाम टेक्सासका महान्यायाधिवक्ता केन प्याक्सटनको पनि हो, जसलाई पनि महाभियोग लगाइएको थियो । उनी बाहेक ट्रम्पको पहिलो कार्यकालमा तीन महिना महान्यायाधिवक्ताको भूमिका निर्वाह गरेका म्याथ्यु व्हिटेकरको नाम पनि चर्चामा छ । यी बाहेक दक्षिणपन्थी कार्यकर्ता मानिने माइक डेभिसको नाम पनि चर्चामा रहेको छ । त्यस्तै ट्रम्पको दोस्रो कार्यकालमा महत्वपूर्ण पद होमल्यान्ड सेक्युरिटी अफ सेक्रेटरीको रहने छ । ट्रम्पले चुनावमा प्रमुख मुद्धा बनाएको अनिधिकृत आप्रवाशीलाई देशबाट निकाल्ने काम गर्नसक्ने व्यक्तिलाई यस पदमा नियुक्ति गर्नुपर्ने छ ।

 

यस पदका लागि ट्रम्पको पहिलो कार्यकालमा अध्यागमन र भन्सार प्रवर्तन विभागको कार्यकारी निर्देशकको रूपमा काम गरेका टम होमनको अगाडी आएको छ । उनको छनोट हुने सम्भावना प्रबल छ । ६२ वर्षीय होमनले गैरकानूनी क्रसिङलाई रोक्न आप्रवासी बालबालिकालाई आफ्ना आमाबुवाबाट अलग गर्न समर्थन गरेका छन् र अध्यागमन शताब्दीका नीतिहरूलाई समर्थन गर्ने राजनीतिज्ञहरूलाई अपराधको अभियोग लगाइनुपर्ने बताउदै आएका छन् । यद्यपि उनले ट्रम्पको कार्यकालमा २०१८ मा पदबाट राजीनामा दिएका थिए । तर, उनी ट्रम्पको समर्थक भने रहिरहेका छन् । त्यस्तै २०१९ देखि २०२० सम्म कार्यवाहक होमल्याण्ड सचिवको रूपमा काम गरेका चाड वुल्फको नाम पनि अगाडी आएको छ । उनीबाहेक होमल्याण्ड डिपार्टमेन्टका पूर्व कार्यवाहक जनरल काउन्सिल भइसकेका चाड मिजेल पनि दौडमा छन् ।

त्यस्तै स्टीफन मिलरलाई ट्रम्पको अध्यागमन एजेन्डाको वास्तुकार मानिन्छ । उनलाई फेरि एकपटक ह्वाइट हाउसमा वरिष्ठ सल्लाहकारको भूमिका दिइने अपेक्षा गरिएको छ । त्यस्तै ट्रम्प सरकारमा विदेशमन्त्रीको भूमिकामा को हुने भन्ने अनुमान निकै भइरहेको छ । विदेशमन्त्रीको दौडमा अहिलेसम्म फ्लोरिडाका सिनेटर मार्को रुबियोको नाम सबैभन्दा अगाडी रहेको छ । उनलाई उपराष्ट्रपति बनाउने विषयमा पनि छलफल भएको थियो । ५३ वर्षीय रुबियोले २०१६ को रिपब्लिकन प्राइमरीमा ट्रम्पको विरोध गरेका थिए तर पछि आफ्नो मतभेदलाई सुधारेका थिए । उनी सिनेटको विदेश सम्बन्ध समितिका वरिष्ठ सदस्य र चेम्बरको इन्टेलिजेन्स प्यानलका उपाध्यक्ष हुन् ।

 

यस पदका लागि अन्य दावेदारहरूमा ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायन, टेनेसी सिनेटर बिल हेगर्टी, ब्रायन हुकको नाम अगाडी आएको छ । हेगर्टी ट्रम्पको पहिलो कार्यकालमा जापानका लागि राजदूत थिए । हुक इरानका लागि विशेष राजदूत भइसकेका छन् । त्यस्तै जर्मनीको राजदुत बनिसकेका ट्रम्पका विश्वासपात्र रिचर्ड ग्रेनेलको नाम पनि विदेशमन्त्रीको रुपमा अगाडी रहेको छ । ५८ वर्षीय ग्रेनेल २०२० मा ट्रम्पको पराजयको नतिजालाई उल्टाउने प्रयासमा संलग्न थिए । जब डोनाल्ड ट्रम्पले सेप्टेम्बरमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए, ग्रेनेल उनीसँगै थिए । ग्रेनेलको कार्यशैलीले उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिकाका लागि उपयुक्त बनाउन सक्छ ।

 

ट्रम्पको दोस्रो कार्यकालमा सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए)को प्रमुखको रुपमा काश पटेलको नाम चर्चामा रहेको छ । ४४ बर्षिय पटेलले ह्वाइट हाउसमा ट्रम्पको पछिल्लो केही महिनामा चिफ अफ स्टाफको रूपमा पनि काम गरेका थिए । त्यस्तै ट्रम्प सरकारको रक्षा मन्त्रीको रुपमा छलफल भइरहेका दुई नामहरूमा  फ्लोरिडाका सांसद माइकल वाल्ट्ज र रोबर्ट ओब्रायन रहेका छन् । त्यस्तै मुखर ट्रम्प समर्थकको रूपमा उभिएकी एलिस स्टेफानिकलाई ट्रम्पले संयुक्त राष्ट्र संघका लागि प्रतिनिधि बनाउन सक्ने बताइएको छ । साथै यस पदका लागि विदेश मन्त्रालयका पूर्व प्रवक्ता मोर्गन ओर्टागस, इजरायलका लागि ट्रम्पका राजदूत डेभिड फ्राइडम्यान र ट्रम्पको कार्यकालमा संयुक्त राष्ट्रसङ्घका राजदूतका रूपमा काम गरिसकेका केली क्रफ्टको नाम पनि चर्चामा रहेको छ ।

 

त्यसैगरी ट्रम्पको अर्थमन्त्रीको रुपमा रोबर्ट लाइटहाइजरको नाम चर्चामा छ । त्यस्तै अमेरिकी व्यापार र रोजगारी सृजनाको क्षेत्रको प्रतिनिधित्व गर्नेहरूमा ट्रम्पको सङ्क्रमण टोलीको प्रतिनिधित्व गर्ने लिन्डा म्याकमोहनको नाम व्यापारमन्त्रीको रुपमा सबैभन्दा अगाडि छ । ट्रम्पको पहिलो कार्यकालमा लिन्डाले साना व्यापार मामिलाहरूको प्रशासकको भूमिका खेलेकी थिइन् । त्यस्तै साउथ डकोटाका गभर्नर क्रिस्टी नोएमको नाम इन्टेरियर मन्त्रीको रुपमा चर्चामा रहेको छ । यस विभागले सार्वजनिक जग्गा र प्राकृतिक स्रोतहरूको व्यवस्थापन गर्दछ । त्यस्तै उर्जामन्त्रीको रुपमा डग बर्गमको नाम अगाडी रहेको छ । उनले अमेरिकाको ऊर्जा नीतिमा पनि परिवर्तन गर्ने विश्वास गरिन्छ । उनी एक सफ्टवेयर उद्यमी हुन्, जसले आफ्नो सानो कम्पनी माइक्रोसफ्टलाई २०११ मा बेचेका थिए ।

 

त्यस्तै ट्रम्प सरकारमा मन्त्री बन्नेमा धेरै चर्चा भएका व्याक्तिहुन रोबर्ट एफ केनेडी जूनियर । उनलाई वातावरणीय वकिलको रूपमा चिनिन्छ । उनी पूर्व राष्ट्रपति जोन एफ केनेडीका भतिजा हुन् । उनले ट्रम्प सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाउने चर्चा छ । ट्रम्पको ‘मेक अमेरिका हेल्दी अगेन’ अभियान सफल बनाउन उनको भूमिका रहेको बताइन्छ । उनीसँग आफ्नो नामसँग कुनै चिकित्सा योग्यता संलग्न नभए पनि उनले स्वास्थ्य तथा मानव सेवा विभाग, कृषि विभाग, वातावरण संरक्षण एजेन्सी, रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरू, खाद्य तथा औषधि सुरक्षा प्रशासनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने बताइन्छ । ट्रम्पका प्रखर समर्थकको रुपमा अगाडी आएका केनेडी जुनियर ट्रम्पलाई राष्ट्रपतिमा विजयी बनाउन भूमिका खेल्ने सिमित व्यक्ति मध्ये एक मानिन्छ ।

 

त्यस्तै विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्रम्पलाई पुनः निर्वाचित गराउन करोडौं डलर खर्च गरेका छन् । मस्क ट्रम्पलाई खुलेर समर्थन गर्ने सिमित अरबपति व्यापारी मध्ये एक हुन् । ट्रम्प निर्वाचित भएपछि अब मस्कले उनका कम्पनीहरू टेस्ला, स्पेसएक्स र एक्सलाई असर गर्ने नियमहरूलाई कमजोर वा आकार दिने र त्यसको लाभ उठाउने आशंका पनि गरेका छन् ।

 

मस्कले ट्रम्प सरकारमा ‘सरकारी दक्षता विभाग’ को नेतृत्व गर्ने यसअघिनै बताएका छन् र ट्रम्पले पनि आफुलाई जिताउन मस्कले खेलेको भूमिकाको सार्बजनिक रुपमा नै प्रशंसा गरेका छन् । साथै उनले आफ्नो सरकारमा मस्कलाइ ठुलो भूमिका दिने संकेत समेत गरेका छन् । राष्ट्रपति निर्वचित भएपछि ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन कुराकानी गर्दा मस्कलाई पनि साथमा राखेर कुरा गरेको प्रसंगले पनि मस्कको ट्रम्पको दोस्रो कार्यकालमा ठुलो भूमिका हुने बुझ्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

त्रिवेणी (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ ।जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पु¥याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९