बिमान कम्पनि बोइङ बित्तिय संकटमा, हटाउँदैछ १७ हजार कर्मचारी

काठमाडौं । बोइङले आफ्नो प्रोफेशनल एयरोस्पेस लेबर युनियनका ४०० भन्दा बढी सदस्यहरूलाई काम छोड्ने सूचना पठाएको छ। वित्तीय संकट, नियामक चुनौती र ८ हप्ताको मेसिनिस्ट युनियन हडतालको सामना गरिरहेको बेला बोइङलले कर्मचारी कटौतीको यो सुचना पठाएको हो । प्रभावित कर्मचारीहरू जनवरीको मध्यसम्म तलबमा रहने जनाईएको छ ।

 

 

 

बोइङले अक्टोबरमा घोषणा गरेको थियो कि यसले आगामी महिनाहरूमा आफ्नो कार्यबलको १० प्रतिशत अर्थात लगभग १७ हजार कर्मचारी कटौती गर्नेछ। सीईओ केली ओर्टबर्गले कर्मचारीहरूलाई भने कि कम्पनीले वित्तीय वास्तविकता प्रतिबिम्बित गर्न आफ्नो कार्यबल स्तर रिसेट गर्नुपर्ने भएकाले यसो गर्न लागिएको हो ।

 

 

सोसाइटी अफ प्रोफेशनल इन्जिनियरिङ एम्प्लॉइज इन एयरोस्पेस (एसपीईईए युनियनका अनुसार बोइङको सो निर्णय लगत्तै ४३८ कर्मचारी प्रभावित हुन पुगेका छन । प्रभावित ४३८ कामदारहरू मध्ये प्रोफेशनल यूनिट एकाइका सदस्यहरू छन्, जसमा इन्जिनियरहरू र वैज्ञानिकहरू रहेका छन्।

 

 

 

यी बाहेक प्राविधिक इकाईका सदस्यहरू छन्, जसमा विश्लेषक, योजनाकार, प्राविधिक र दक्ष ट्रेड व्यक्तिहरू छन्। योग्य कर्मचारीहरूले तीन महिनाको लागि क्यारियर ट्रान्जिसन सेवाहरू र सब्सिडित स्वास्थ्य सेवा सुविधाहरू प्राप्त गर्नेछन्। स्थानीय च्याप्टरमा १७ हजार बोइङ कर्मचारीहरू छन्, अधिकतर वाशिंगटनमा रहेको कार्यालयमा कार्यरत छन भने केही केही ओरेगन, क्यालिफोर्निया र यूटामा रहेका उधोगमा कार्यरत थिए ।

 

 

 

गत जनवरीमा अलास्का एयरलाइन्सको बोइङ ७३७–९ म्याक्स उडानको आपतकालीन निकासको ढोका १६ हजार ३२ हजार फिटको उचाइमा फुटेर हावामा उडेको थियो । भर्जिनियाको अर्लिङ्गटनमा रहेको बोइङ यस घटनापछि आर्थिक र नियामक समस्यामा परेको छ । उत्पादन दर घटेको छ ।

 

 

बोइङले सन् २०१५ मा ७३७ म्याक्स विमान निर्माण गरेको थियो । संघीय उड्डयन प्राधिकरणले म्याक्स ७३७ लाई २०१७ मा उडान अनुमति दिएको थियो । त्यसयता यो संसारमा सबैभन्दा बढी प्रयोग हुने विमान बनेकोसमेत थियो । तर २०१८ मा यो विमान पहिलो पटक इन्डोनेसियाली एयरलाइन्स अन्तर्गत उडान गर्दा दुर्घटनाग्रस्त भयो। त्यतिबेला करिब १८९ जनाको मृत्यु भएको थियो ।

 

 

यसपछि मार्च २०१९ मा अर्को बोइङ ७३७ म्याक्स विमान दुर्घटना भएको थियो । जसमा १५७ जनाको मृत्यु भएको थियो। तीन दिनपछि एफएएले यो विमानको उडानमा प्रतिबन्ध लगाएको थियो । २०२१ मा बोइङले अमेरिकी न्याय विभागलाई २.५ बिलियन डलर जरिवाना तिर्यो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९