ट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीले ल्यायो चार बर्षे टूर प्याकेज

काठमाडौँ । अमेरिका डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल राष्ट्रपति पदमा निर्वाचित भएपछि अनेकौं खबर आइरहेका छन् । रिपब्लिकन पार्टीले यस निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै राष्ट्रपतिसहित सिनेट र हाउस अफ रेप्रिजेनटेटिभ दुवैमा बहुमत हासिल गरेको छ । डेमोक्रेटिक पार्टी सत्ताबाट पूर्ण रुपमा बाहिरिएको छ र आगामी चार बर्ष ट्रम्पबाट शासित हुनुपर्ने अवस्था बनेको छ ।

 

यसैबीच एउटा क्रुज कम्पनीले अमेरिकीहरूलाई ह्वाइट हाउसमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालबाट चार वर्षसम्म छुटकारा दिने प्रस्ताव गरेको छ । फ्लोरिडामा धारित क्रूज कम्पनी भिल्ला भि रेसिडेन्सेसले ट्रम्पको चार बर्षे कार्यकाल छल्नका लागि चार बर्षे प्याकेजको घोषणा गरेको छ । ‘टुर ला भि’ कार्यक्रम सुरुवातको घोषणा गर्दै कम्पनि यात्रुहरूलाई १४० भन्दा बढी देशहरूमा चार वर्षसम्म बिताउन अनुमति दिँने र संयुक्त राज्य अमेरिकाबाट टाढा रहन सकिने अफर सार्बजनिक गरेको छ ।

 

टुर ला भी यात्राले ‘भिल्ला भी ओडीसे’ मा एक वर्षको ‘एस्केप फ्रम रियालिटी’ क्रूज, दुई वर्षको ‘मिड-टर्म सिलेक्शन’ क्रूज, तीन-वर्षको ‘एभर्वेयर बट होम’ सहित विभिन्न प्रकारका विस्तारित बसाइहरूको विकल्प दिएको छ ।  न्यूजवीकसँग कम्पनीका सीईओ मिकेल पेटर्सनले आफुहरुलाई कसले जित्छ भनेर थाहा नभएपनि जसले जितेपनि आधा जनसंख्या निराश हुने अनुमान गर्दै यो अफर लिएर आएको बताएका छन् ।

 

यस टूरको शुल्कभने एक बर्षका लागि  ४० हजार डलरबाट शुरु रहेको छ । त्यस्तै एक जनाको लागि क्याबिन लिएमा चार बर्षको लागि २ लाख ५६ हजार डलर रहेको छ भने डबल क्यबिनका लागि ३ लाख २० हजार रहेको जानकारी दिएको छ । यस शुल्कमा सबै प्रकारका खाना, इन्टरनेट र मेडिकल सुबिधा पनि समावेश रहेको बताइएको छ । साथै सोहि शुल्कमा हाउस किपिङ हरेक साता र कपडा धुने सुबिधा १५ दिनमा एक पटक समावेश रहेको बताइएको छ । त्यस्तै टूरका क्रममा अल्कोहल डिनरको समयमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ ।

 

यात्रुहरुले एक महिना क्यारेबियन समुन्द्रमा बिताउन पाउने छन् भने दुई पनामा नहर ट्रान्जिट, दुई वटा विश्वका आश्चर्य, चिली फजोर्ड्स, अन्टार्कटिक सेल-बाई, रियोमा कार्निभल र चार महिनाको दक्षिण अमेरिकाको यात्रा गर्ने अवसर पाउने छन् भने आठ दिन अमेजन नदीमा बिताउन पाइने उल्लेख छ ।

 

यस यात्रामा जाने अमेरिकी नागरिकका लागि २०२६ मा हुने अमेरिकी मिडटर्म निर्वाचन र २०२८ मा हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्ने व्यवस्था समेत गरिएको छ । नोभेम्बर ७ मा यो अभियान घोषणा गरेपछि ठुलो मात्रामा यात्रुहरुले जाने चाहना व्यक्त गरेको कम्पनिले जनाएको छ । कम्पनिले ६०० यात्रु रहेको भिल्ला भिई ओडिसीले भर्खरै विश्वभर आफ्नो १५ वर्षको भ्रमणको दोस्रो महिनामा प्रवेश गरेको छ । जहाजले सबै सात महादेश, १३ विश्व आश्चर्य र १०० भन्दा बढी उष्णकटिबंधीय टापुहरूको भ्रमण गर्ने कम्पनीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९