बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप

काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कु’ प्रयास गरेको आरोप लागेको छ । प्रहरीले ब्राजिलको सर्वोच्च अदालतमा सन् २०२२ को यो घटनाको अनुसन्धानको नतिजा पेश गरेपछि यस्तो खुलासा भएको हो । अनुसन्धानको रिपोर्टमा बोल्सोनारोले आफ्नो प्रतिद्वन्द्वी, वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा (वर्तमान राष्ट्रपति) लाई २०२२ मा भएको चुनावमा पराजयको बाबजुद पदमा रहन खोजेका थिए ।

 

 

पूर्व राष्ट्रपति बोल्सोनारो विरुद्धको आरोपको सम्बन्धमा, ब्राजिल प्रहरीले पूर्व राष्ट्रपति जैर बोल्सोनारो र अन्य ३६ जना व्यक्तिलाई ‘कू’ को प्रयास गरेको आरोप लगाएको छ । जस अनुसार २०२२ को चुनावमा पराजयपछि पदमा रहन बोल्सोनारोले आफ्ना सहयोगीहरूसँग मिलेर कूको प्रयास गरेका थिए ।

 

 

 

यस विषयमा वर्तमान राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले त्यति बेला आफुलाई विष खुवाउने प्रयास समेत भएको खुलासा गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले आफूलाई ‘विष’ दिने प्रयास सफल नभएको बताएका हुन् । लगभग दुई वर्ष अघि राष्ट्रपति बनेपछि यो पहिलो पटक हो ।

 

 

 

लुलाले सार्वजनिक रूपमा ‘सन् २०२२ मा उनको हत्या गर्ने कथित षड्यन्त्रको बारेमा टिप्पणी गरेका छन् । ७९ वर्षीय लुलाले जनवरी २०२३ मा दोस्रो पटक ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि अहिलेसम्म यस विषयमा कुनै बयान दिएका थिएनन् । लुला सन् २००३ देखि २०११ सम्म राष्ट्रपति पनि थिए ।रिपोर्टका अनुसार प्रहरीले आफ्नो अनुसन्धानको नतिजा ब्राजिलको सर्वोच्च अदालतमा पेश गरेपछि अब यी आरोप स्वीकार गरेमा पूर्व राष्ट्रपतिविरुद्ध मुद्दा चलाइनेछ।

 

 

बोल्सोनारोविरुद्ध ब्राजिलमा हीरा गहना तस्करीमा समेत सामेल भएको विषयमा अनुसन्धान भएको बताइएको छ । प्रहरीका अनुसार गहनाहरु कुनै जानकारी नदिई ब्राजिल ल्याइएको थियो । यसबाहेक आफ्ना मातहतका कर्मचारीलाई दबाब दिएको पनि आरोप छ । यस आरोपका अनुसार, बोल्सोनारोले मानिसहरूलाई कोरोना महामारीको समयमा आफ्नो र अरूको कोभिड खोपको स्थितिलाई झूटो बनाउन निर्देशन दिएको आरोप छ ।

 

 

बोल्सोनारोले यी सबै मामिलामा संलग्नता अस्वीकार गरेका छन् ।मंगलबार, संघीय प्रहरीले कथित रूपमा चार सैन्य कर्मचारी र एक संघीय प्रहरी अधिकारीलाई पक्राउ गरेको छ । उनीहरुमाथि २०२२ मा ‘कु’ षड्यन्त्र गरेको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९