Baigyanik Media

Advertisment

SKIP THIS

सुर्खेतबाट हुम्ला ,मुगु र जुम्लामा नियमित उडान सुरू

सुर्खेत। लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा तारा एयरलाइन्सले उडान सुरू गरेको छ ।

 

बुधवार देखी सुर्खेतबाट कर्णालीका हुम्ला ,मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो।

 

तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीका अनुसार सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने उनले जानकारी दिए ।

 

त्यसका लागि सुर्खेत– सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको सुबेदीले जानकारी दिए ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation