Baigyanik Media

Advertisment

SKIP THIS

सिरियाली राष्ट्रपति असद कहाँ छन्, अझै लागेन पत्ता

दमास्कस। बिद्रोहीहरूले राजधानी सहर गरे पछि सिरियाली राष्ट्रपति असद कहाँ छन्, अझै स्पष्ट हुन सकेको छैन् ।

 

 

 

दमास्कसमा उनको शाषन पतन भए पछि राष्ट्रपति असद कहाँ छन्, उनी अझै फेला परेका छैनन । न त उनले कुनै सार्बजनिक अभिब्यक्ति नै दिएका छन् ।

 

 

 

सिरियामा धेरैले बसर अल असदको लामो शासनको अन्त्यको उत्सव मनाइरहदाँ उनको ठेगानाको बारेमा अफवाहहरू फैलिरहेको छ ।

 

 

 

असदकाे निकै पुरानो र घनिष्ट साथी राष्ट्र रुसले भनेकाे छ कि उनी सिरियाबाट भागेका छन त भनेको छ तर वास्तवमा कहाँ छन भन्ने अहिलेसम्म स्पष्ट खुलाइएको छैन। शान्तिपुर्ण रूपमा सत्ता हस्तान्तरणका लागि उनले देश छाडिसकेकाे रूसले बताएकाे थियाे ।

 

 

 

विद्रोहीहरूले राजधानीमा व्यापक आक्रमण र प्रमुख स्थानहरू कब्जा गरेपछि दमास्कसलाई असद मुक्त घोषणा गरेदेखि असदलाई देखेको वा सुनिएको छैन। उनकी श्रीमती र दुई छोराछोरीको अवस्थाका बारेमा पनि कसैलाइ थाहा छैन, त्यहाँको सरकारले पनि कुनै जानकारी दिएको छैन ।

 

विद्रोह सुरु भएदेखि र विद्रोहीहरूले देशमा द्रुत गतिमा अगाडि बढेपछि असदले आफुलाइ कमै रूपमा प्रस्तुत गरेका थिए ।

 

गत साताको अन्त्यमा इरानका विदेशमन्त्रीसँग भेट गरेपछि उनले आतंकवादी संगठनहरू विरुद्ध लड्ने वाचा गरेका त थिए तर आइतबार बिहान विद्रोहीहरूले प्रमुख शहरहरू कब्जा गरेपछि कुनै पनि टिप्पणी गरेका छन ।

 

 

शनिबार, विद्रोहीहरूले दमास्कसलाई घेरेका थिए तर बिद्रोहीहरूले पनि असदलाइ राजधानी शहरमा कतै फेला नपारेको जानकारी दिएका छन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation