राहुल गान्धीमाथी ६ वटा आरोपमा छानबिन गरिने, पर्न सक्छन् पक्राउ

नयाँ दिल्ली। दिल्ली पुलिसले कांग्रेस नेता राहुल गान्धी विरुद्ध संसद परिसरमा धक्का मारेको आरोपको अनुसन्धान गर्न दिल्ली प्रहरीले अपराध शाखालाई बिवरण बुझाएको छ। दिल्ली प्रहरीका एक अधिकारीका अनुसार बिपक्षी नेता गान्धी माथी अब अपराध शाखाले अनुसन्धान गर्नेछ ।

 

बिहीबार दिल्ली पुलिसले संसद परिसरमा भएको धक्का को सम्बन्धमा राहुल गान्धी विरुद्ध एफआईआर दर्ता गरेको थियो। संविधान निर्माता बीआर अम्बेडकरको कथित अपमान गरेको भन्दै बिहीबार सत्तारुढ दल र प्रतिपक्षी दलका सदस्य संसद भवनको मकर गेट नजिकै आमनेसामने भएका थिए, जहाँ कैही सांसदहरु पनि घाइते भएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सो क्रममा विपक्षी दल र एनडीए सांसदबीचको झडपमा पूर्वमन्त्री प्रतापचन्द्र सारंगी र लोकसभा सदस्य मुकेश राजपूत घाइते भएका थिए ।

 

संसद परिसरमा  भएको धकेलाधकेलको समयमा शारीरिक आक्रमण र उत्तेजनामा संलग्न भएको आरोप लगाउँदै भाजपाले राहुल गान्धी विरुद्ध पुलिसमा उजुरी दायर गरेको थियो । जसअनुसार गान्धी माथी कानुनका ६ वटा धारा उलङ्गघन गरेको आरोप लगाईएको थियो । जसअनुसार धारा ११७ को स्वैच्छिक रूपमा गम्भीर चोट पुर्‍याउने, धारा ११५ को स्वैच्छिक रूपमा चोट पुर्‍याउने, धारा १२५ को अरूको जीवन वा व्यक्तिगत सुरक्षालाई खतरामा पार्ने कार्य, धारा १३१ को भारतीय न्याय संहिताविरुद्ध संसद मार्ग, धारा ३५१ आपराधिक बल, धारा ३५१ आपराधिक धम्की र ३ (५०) साझा अभिप्राय भन्ने आरोपमा प्रहरीमा उजुरी गरिएको थियो ।

 

संसद परिसरमा धक्का को सम्बन्धमा कांग्रेस नेता गान्धी विरुद्ध मुद्दा दर्ता भएको एक दिन पछि स्रोतहरूले भने कि, ‘घटनामा घाइते भएका दुई सांसदहरूको बयान लिने र विपक्षी नेतालाई पक्राउ गरी सोधपुछ गर्ने सम्भावना रहेको छ ।’उनले भने कि दिल्ली पुलिसले संसद सचिवालयलाई पत्र लेखेर कथित घटना भएको क्षेत्रको सीसीटीभी फुटेजको माग गर्न सक्छ। एक अधिकारीले भने कि वरिष्ठ प्रहरी अधिकारीहरूले स्थानीय प्रहरीबाट अपराध शाखालाई मुद्दा हस्तान्तरण गर्न पनि विचार गर्न सक्छन्।

 

बिहीबार भाजपा सांसद प्रताप सारंगी र मुकेश राजपूत संसद भवनको सिढीबाट खसेर घाइते भएका थिए । ती सांसदहरूले आरोप लगाएका छन कि कांग्रेस सांसद राहुल गान्धीले उनलाई धक्का दिए, त्यसपछि उनी लडेर घाइते भएका हुन ।  सांसद प्रताप सारंगीले भनेका छन कि, ‘म सिँढीमा उभिएको थिएँ, त्यसपछि राहुल गान्धीले एक सांसदलाई धक्का दिए र उनी ममाथि खसे, जसका कारण म लडेर घाइते भए ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९