एउटा यस्तो देश, जहाँ छ १० मध्ये ९ जनासँग बिधुतीय सवारी

ओस्लो । पेट्रोल र डिजेलका सवारीसाधनलाई छाडेर अहिले विश्वका धेरै देशले विद्युतीय सवारीसाधनतर्फ बढी चासो देखाइरहेका छन् । यही कारणले गर्दा अहिले धेरै देशमा मानिसहरू पेट्रोल र डिजेलका सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधन बढी मात्रामा खरिद गरिरहेका छन् । यसैस सन्दर्भमा युरोपेली देश नर्वेमा विद्युतीय कारले हलचल मच्चाएको छ । नर्वेजियन रोड फेडेरेसन (ओएफभी) ले एक प्रतिवेदन सार्वजनिक गरेको छ, जसअनुसार देशमा विद्युतीय कारको खरिद बिक्रीमा ह्वात्तै वृद्धि भएको छ । सन् २०२३ मा ८२.४ प्रतिशत ईभी खरिद गरिएको थियो भने सन् २०२४ मा ८८.९ प्रतिशत विद्युतीय कार खरिद गरिएको तथ्यांक सार्बजनिक भएको छ । सन् २०२४ मा १० जनामध्ये ९ जनाले विद्युतीय सवारीसाधन किनेको उसले तथ्यांक सार्बजनिक गरेको हो ।

 

मुलुकमा विद्युतीय सवारीसाधनको आकर्षण बढ्दै गएको अवस्थामा वातावरणलाई पनि फाइदा पुगेको छ । यो शून्य उत्सर्जन सवारीसाधनतर्फ देशको संक्रमणमा अर्को कोसेढुङ्गा भएको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ । हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार २०२३ को तुलनामा २०२४ मा देशमा कार खरिदको संख्या १.४ प्रतिशतले बढेको छ । सन् २०२४ मा १ लाख २८ हजार ६९१ कार खरिद गरिएको थियो । २०२४ मा खरिद गरिएका सवारी साधनमध्ये १ लाख १४ हजार ४ सय विद्युतीय सवारीसाधन खरिद गरिएको थियो ।

 

विद्युतीय सवारीसाधनतर्फ देशको परिवर्तनले सन् २०२५ को शून्य उत्सर्जन लक्ष्य हासिल गर्न नजिक ल्याउने विश्वास त्यहाँको सरकारले गरेको छ । ‘हामीले सन् २०२५ को लक्ष्य हासिल गर्न सकेका छैनौं तर नर्वे जत्तिकै अन्य कुनै पनि देश आउन सकेको छैन,’ ओएफभीका निर्देशक ओविन्ड सोल्बर्ग थोर्सनले पत्रकार सम्मेलनमा भने । विद्युतीय कारको बिक्री ह्वात्तै बढदा लक्ष्य नजिक पुग्न खोृजिरहेको पनि उनले बताए । तर अब पूर्ण दश प्रतिशत प्राप्त गर्न यसरी नै बिक्री कायम गर्नु पर्नेछ ।

 

कुन ब्रान्डका  सबैभन्दा धेरै बिक्री
सन् २०२४ मा नर्वेजियन बजारमा सबैभन्दा चर्चित ब्रान्डको प्रभुत्व रहनेछ, जसमा एलन मस्कको टेस्लाले १८.९ प्रतिशतसम्म बिक्री गर्‍यो, त्यसपछि फोक्सवागन र टोयोटा, भोल्भो र बीएमडब्ल्यू सबैभन्दा बढी बिक्री भएको बिधुतीय सवारी साधानमा गनिएको छ । यसका साथै चिनियाँ विद्युतीय कार ब्रान्ड प्रति पनि नर्बेजियन जनताको झुकाव बढेको देखिन्छ । जस्तो कि एमजी, बिवाइडी, पोलस्टार, एक्सपेङ जस्ता चिनिया ब्रान्डको पनि उत्तिकै मात्रामा बिक्री बढेको छ। सन् २०२४ मा देशमा बिक्री हुने शीर्ष १५ ब्रान्डमा चिनियाँ ब्राण्डहरू पनि परेका छन् ।

 

नर्वेमा कसरी आयो विद्युतीय सवारी साधन

नर्वेले २०१६ देखि शून्य उत्सर्जन वाहनहरूको लागि काम गरिरहेको छ। सन् २०१६ मा मुलुकले सन् २०२५ सम्ममा पेट्रोल र डिजेल सवारी साधनको बिक्री पूर्णरुपमा अन्त्य गर्ने लक्ष्य राखेको थियो । यसका लागि नर्वेले कर छुट, कम टोल, निः शुल्क पार्किङ र सब्सिडी चार्जिङलगायतका सबै कुरालाई जनतालाई विद्युतीय सवारीसाधनतर्फ लैजान लागू गरेको थियो । सेप्टेम्बर २०२४ मा ओएफभी ले रिपोर्ट भनेको थियो नर्वे पहिलो देश हुनेछ, जहाँ सडकमा विद्युतीय कारहरूको संख्या पेट्रोल डिजेल गाडीहरू भन्दा बढी मात्रामा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९