लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ मिलन चोक बस्ने ३४ वर्षीय सरोज चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढी, प्रहरी चौकी त्रिनगर र लागूऔषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

 

 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरिया डेरा गरी बस्ने कञ्चनपुर लालझाडी गाउँपालिका-१ बस्ने १९ वर्षीय सन्तोष चौधरी समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

 

 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सुमित घिमिरेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

 

 

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४८ एम्पुल, नुफिन ४८ एम्पुल र फेनारगन ४८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३३ लेखनाथ बस्ने २८ वर्षीय मनिस थापा मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १८०४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

 

 

महोत्तरी, लोहारपट्टी नगरपालिका-२ मधेपुरा बस्ने ५२ वर्षीय सुरेन्दर यादवलाई अवैध लागूऔषध गाँजा करिब ४ सय ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लोहारपट्टीबाट खटिएको प्रहरीले यादवले आफ्नै घरमा संचालन गरेको किराना पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

 

 

 

मकवानपुर, थाहा नगरपालिका-११ टिस्टुङस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २१ किलो ६ सय ग्राम र अफिम जस्तो देखिने पदार्थ करिब ३ किलो ५ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत हिसार राज्य हरयाना ग्राम पंचायत गोबिन्द नगर थाना सदर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार रहेका छन्। इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले नौखण्डेबाट नौबिसेतर्फ जाँदै गरेको डिएल ८ सिएक्स १२२४ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको दुवै साईडको ढोका र च्यासिसको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी कार चालक कुनाल र कारमा सवार मनिसलाई पक्राउ गरेको हो।

 

 

सुनसरी, ईटहरी उपमहानगरपालिका-४ आईतबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९० ट्याब्लेट, स्पास्पेन ३ सय ९० ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१४ बस्ने २९ वर्षीय रूपेश नारायण चौधरी, सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय बिसाल रसाईली, २० वर्षीय सबिन विश्वकर्मा र सोही उपमहानगरपालिका-१ बस्ने २० वर्षीय सेभिज भण्डारी रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

घान्द्रुकमा पर्यटकीय चहलपहल

गण्डकी,  कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बाक्लिएको हो ।घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सप्ताहन्तमा दैनिक एक हजारदेखि एक हजार २००...

राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी,  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।     आगामी जेठभित्र...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

सामुदायिकवनको आम्दानीको बेत बाँस

भजनी (कैलाली),  कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिकवन बेत बाँसका लागि प्रख्यात छ । सामुदायिक वनले बर्सेनि लाखौँको बेत बाँस सङ्कलन गर्दै आएको छ ।वनको प्रमुख आम्दानीको स्रोत नै बेत बाँस  हो ।  आर्थिक हिसाबले सम्पन्न सामुदायिक वनले बेत बाँसको सङ्कलनमा दर्जनौँ स्थानीयलाई...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

सम्पर्कविहीन कर्ण जित साउँद सकुशल घर फर्किए

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।   राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलको वार्षिक परीक्षा नतिजा सार्वजनिक, रिदम पौडेल स्कुल प्रथम

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ स्थित एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलले वार्षिक परीक्षा नतिजा सार्वजनिक गरेको छ। शिक्षक अभिभावक संघका संयोजक गोपाल पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक अभिभावक गज बहादुर बम रहनु भएको कार्यक्रममा विशिष्ट अतिथिमा जेष्ठ नागरिक...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९