Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरियाको खैरेनीमा प्रहरीको छापा मध्यरातमा समातिए ११ जुवाडे

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा मध्यरातमा प्रहरीले जुवाखालमा छापा हानेको छ । सोमबार राति २ बजे पालिका–३ का जीवन खत्रीको घरमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।

 

सो क्रममा जुवातास खेलिरहेको अवस्थामा भेटिएका खत्रीसहितका ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका– १ का तपेन्द्र खड्का, बिनोद अधिकारी, केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक छन्पा भने सोही पालिका-३ का सुरज ओली, मोहन खत्री सुुर्खेतको चौकुुने गाउँपालिकाका तिलकबहादुर बन्तोला र घोडाघोडी नगरपालिका–२ का कटक थापा रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

 

उनकाअनुसार उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद गरिएको छ ।उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation