आप्रवासी प्रति अनुदार ट्रम्पको दुइ श्रीमती ‘विदेशी, पहिली चेकोस्लािभायकी, तेस्री स्लोभेनियाली

काठमाडौं। अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् ।उनी खासमा प्रवासी तथा आप्रावासीको बिषयमा अनुदार देखिएका छन । उनले राष्ट्रपतिमा निर्वाचित भए पछि हिजो लिएको पद तथा गोपनियताको सपथ ग्रहण पछि गरिएको घोषणा मेक्सिकोसँग जोडिएको दक्षिणी सिमामा संकटकाल घोषणा गरेका छन र अबैध आप्रावासीलाइ देश निकाला गर्नेसमेत जनाइ सकेका छन् ।

 

सपथ पछि दिएको ३० मिनेट लामो भाषणमा उनले झन्डै चार दर्जन बढी घोषणासमेत गरेका थिए । जसमा अबैध आप्रवासीलाइ देश निकाला, मेक्सिको बोर्डरमा संकटकाल, पनामा नहरमा स्वामित्व ग्रहण गर्ने, देशमा तेल र ग्याँस उत्पादन बढाउनेलगायतका धेरै नयाँ कुरा घोषणा गरिसकेका छन ।

 

 

खासमा उनको बैबाहिक जीवन पनि निकै रोचक छ । हाल उनी आप्रवासी र प्रवासी प्रति अनुदार देखिए पनि उनकी पहिलो श्रीमती भने चेकोसलाभियाकी थिइन् । भ्यानिटी फेयर म्यागजिनका अनुसार यो त्यो ठाउँ थियो, जहाँ मोडलहरूले डेटिङका ​​लागि धनी पुरुषहरू खोज्थे। एक साँझ ट्रम्प यसको बियर बारमा आए। यहाँ उनको नजर चेकोस्लोभाकियाकी मोडेल इभाना माथी पर्यो।

 

ट्रम्पले उनलाई १०० गुलाब पठाए र बाहिर घुम्न लगेका थिए । इभानाले आफ्नो पुस्तक ‘रेजिङ ट्रम्प’ मा लेखेकी छिन् कि ट्रम्पले उनलाई त्यसपछि ३ महिनासम्म हरेक दिन फोन गरे र दुवैले एकअर्कासँग धेरै महिना डेटसमेत गरेका थिए ।

 

सन् १९७७ को नयाँ वर्षको पूर्वसन्ध्यामा ट्रम्पले इभानालाई विवाहको प्रस्ताव राखेका थिए । ट्रम्पले भने, ‘यदि तिमीले मसँग बिहे गरेनौ भने तिम्रो जीवन बर्बाद हुनेछ ।’ इवाना विवाहमा सहमत भइन् र दुवैले अन्ततः ९ अप्रिल १९७७ मा विवाह गरेका थिए । तर, ट्रम्पले आफ्नो एक साथीलाई आफुले ५ सन्तानको पीता हुन चाहेको बताएका थिए । ताकि कम्तिमा एक बच्चा तिनीहरू जस्तै हुन् । ट्रम्पले इभानालाई ५ सन्तान जन्माउन मनाउन थाले, ट्रम्पले उनलाई प्रत्येक बच्चाका लागि २.५ लाख डलर उपहार पनि दिए । तर, इभाना र ट्रम्पका ३ सन्तानमात्रै भए  यसमा डोनाल्ड जूनियर, छोरी इभान्का र कान्छो छोरा एरिक रहेका छन्। तर, तीन सन्तान जन्माइसके पछि विवाहको ८ वर्षपछि मात्रै उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो ।

 

यसैबिच, सन् १९८५ मा ट्रम्पले उता मोडल मार्ला म्यापल्सलाई टेनिस खेलको क्रममा भेटेका थिए । यसपछि दुवैको अफेयर सुरु भयो । १९८९ मा इभाना क्रिसमस बिदाहरू बिताउन एस्पेन, कोलोराडो पुगेकी थिइन । मार्ला म्यापल्स पनि त्यहाँ पुगेकी थिइन । मार्लाले इभानासँग आफ्नो परिचय दिईन् र भनिन्– ‘म मार्ला हुँ, म तिम्रो श्रीमानलाई माया गर्छु, के तिमी पनि उसलाई माया गर्छौ ?’

 

इभानाले आफ्नो पुस्तकमा लेखेकी छिन्– ‘यो प्रश्न सुनेर म छक्क परें ।’ मैले तुरुन्तै भनेँ– ‘हो,। म मेरो श्रीमानलाई माया गर्छु। मैले मार्लालाई जवाफ दिएँ, तर म स्तब्ध भएँ।’ उनका अनुसार सो भेटघाटको केही समयपछि उनले  ट्रम्पसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेंकी थिइन । ट्रम्प र इभानाको झगडा देशभर लोकप्रिय भयो। हरेक दिन ट्रम्प, इभाना र मार्लासँग सम्बन्धित समाचार पत्रपत्रिकामा हेडलाइन बन्ने गरेका थिए ।

 

 

यसैबीच, अखबारमा एउटा हेडलाइनले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको थियो, जसमा लेखिएको थियो, ‘ट्रम्पसँग मेरो जीवनको सबैभन्दा राम्रो शारीरिक सम्बन्ध थियो’ मार्लाले नै मिडियालाई यो बताइन् । यसले ट्रम्प र इभनाको बिचमा थप दरार उत्पन्न भयो । जसका कारण ट्रम्प–इभाना मुद्दा अदालतमासमेत तानिएको थियो । कतिसम्म भने, इभानाले ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी थिइन् । अन्ततः उनीहरुको सम्बन्धविच्छेद सन् १९९० को डिसेम्बरमा भएको थियो । त्यतिबेला ट्रम्पले इभानालाई करोडौं रकम दिएका थिए ।

 

दोस्रो बिबाह

इभनासँग डिभोर्स भए पछि ट्रम्पले मार्लासँग विवाह गरे, जुन बेला उनीहरू बिच बिबाह भयो, त्यो बेला मार्ला भने  ७ महिनाकी गर्भवती थिइन् । दुई महिना पछि ट्रम्पको चौथो सन्तान टिफनीको जन्म भयो। तर, मार्ला र ट्रम्पबीचको सम्बन्ध ३ वर्ष मात्र टिक्यो । दुवैले सन् १९९७ मा एकअर्कासँग सम्बन्धविच्छेद गरेका थिए ।

 

सम्बन्धविच्छेद पछि न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा मार्लाले भनेकी थिइन्,  ‘मैले बिहे गर्न चाहेको व्यक्ति डोनाल्ड थिएनन, ट्रम्प र उनको संसार मेरो लागि एलियन थियो। उसवाट अलग भएकोमा म अहिले धेरै खुसी छु।’

 

तेस्रो बिबाह

डोनाल्ड ट्रम्प र मार्लाबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको बेला ट्रम्पले स्लोभेनियाली मोडल मेलानिया नाउसलाई भेटेका थिए। पोलिटिकोको रिपोर्टका अनुसार यी दुईबीच पहिलो भेट सन् १९९८ मा न्यूयोर्कमा एउटा पार्टीको क्रममा भएको थियो । यहाँ ट्रम्पले मेलानियासँग उनको फोन नम्बर पनि मागेका थिए । सन् २००४ मा मेट गालामा ट्रम्पले मेलानियालाई प्रस्ताव राखेका थिए ।

 

 

अन्ततः दुवैले २२ जनवरी २००५ मा विवाह गरेका थिए । मेलानिया र ट्रम्पको ब्यारोन ट्रम्प नामको छोरा पनि छन् । सन् २०१७ मा ट्रम्प राष्ट्रपति बनेपछि मेलानिया अमेरिकाकी प्रथम महिला पनि बनिन् ।ट्रम्पको व्यक्तिगत जीवन निकै विवादमा परेको छ । न्युयोर्क टाइम्सका अनुसार ट्रम्प सैन्य विद्यालयमा पढ्दादेखि नै महिला पुरुष मानिन्थ्यो। ट्रम्पको सम्बन्ध मोडलसँग मात्र नभई पोर्न स्टारसँग पनि थियो । उनको खराब यौन जीवन व्यवहारका कारण अहिलेसम्म २७ महिलाले उनीमाथि यौन शोषणको आरोप लगाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९