‘अमेरिका फर्स्ट’ भन्ने ट्रम्पले नै जब सपथमा लगाए बिदेशी ब्रान्डको सुट

काठमाडौं । डोनाल्ड ट्रम्पले गत सोमबार अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ लिएका छन् । ट्रम्पले सपथ लिएको केही समयपछि ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्राथमिकता ‘अमेरिका फर्स्ट’ रहेको बताए । तर ट्रम्पको यो नीति उनले पदभार ग्रहण गर्नेबित्तिकै आलोचनामा परेको छ किनभने उनले आफ्नो सपथ ग्रहण समारोहमा ब्रोनीको सूट लगाएका थिए, जुन इटालियन ब्रान्डको महँगो कपडा मानिन्छ ।,

 

डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिको अर्थ अमेरिकालाई फेरि सुरक्षित बनाउनु, देशलाई आर्थिक रूपमा सक्षम बनाउनु, ऊर्जाको क्षेत्रमा अगुवा बनाउनु र अमेरिकी मूल्यमान्यताको पुनर्स्थापना गर्नु हो। साथै, सीमा सुरक्षित गर्न र अमेरिकी समुदायको रक्षा गर्न साहसी कदम चाल्न उनी पछि हट्ने छैनन् भन्ने उनले प्रस्ट सन्देश दिए । सपथ ग्रहणपछि ट्रम्पले विभिन्न कार्यकारी निर्णयको घोषणा गर्दै अमेरिकाको ‘स्वर्णयुग’ सुरु भएको पनि बताए । तर, अमेरिकन फर्स्ट भन्ने ट्रम्प भने बिदेशी ब्रान्डको सुट लगाएर सपथ समारोहमा उपस्थित भए ।

 

खासमा जर्ज वाशिंगटनले पदको सपथ लिएदेखि नै राष्ट्रपतिहरूले उद्घाटनको दिनमा अमेरिकी निर्मित लुगा लगाउने चलन रहेको छ। जो बाइडेनले टाउकोदेखि खुट्टासम्म राल्फ लरेन लुगा लगाएर पदको सपथ लिएका थिए। उनको सूट, टाई, ओभरकोट र कोविड मास्क पनि रोचेस्टर, न्यूयोर्कमा हिकी फ्रिम्यानको कारखानामा बनाइएको थियो। त्यस्तै, बराक ओबामाले सुट, ओभरकोट लगाएका थिए र त्यस दिन पछि हार्ट स्याफनर मार्क्सको टक्सिडोको ब्रान्ड लगाएका थिए, जुन शिकागो बाहिर कम्पनीको कारखानामा बनाइएको थियो।

 

तर, सपथ ग्रहणका लागि डोनाल्ड ट्रम्पको पोशाक कसले बनाएको औपचारिक रूपमा खुलाइएको छैन । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले प्रायः जसो लक्जरी इटालियन ब्रान्ड ब्रियोनीको सूट लगाएका थिए। यसबाट उनले सोमबार पनि ब्रियोनीको सुट लगाएका होलान् भन्ने अनुमान गरिएको छ । उनले लगाएको कोट क्लासिक अमेरिकी शैलीको थिएन। एक अमेरिकी पब्लिकेशन हाउसले भने कि स्क्वायर काँधको कोटले यो सूट पनि ब्रियोनीले नै बनाएको हुनसक्ने संकेत गरेको छ किनभने यसको लुक इटालियन टेलरिङ लेबल जस्तो देखिन्थ्यो।

 

डोनाल्ड ट्रम्पले लामो समयदेखि ब्रोनी लुगा लगाएको तथ्य सबैलाई थाहा छ। २००४ मा प्रकाशित आफ्नो पुस्तक ‘थिंक लाइक अ मिलियनेयर’ मा ट्रम्पले कपडाको कुरा गर्दा ब्रोनी सबैभन्दा राम्रो ब्रान्ड भएको सल्लाह दिए। उनले लेखेका थिए, ‘सबैभन्दा राम्रो लगाउनुहोस्, आफ्नो ब्यक्तित्वको स्तर माथि देखिने छ।’

 

उनले लेखेका छन,  ‘यसैले मैले ब्रोनी रोजेँ। मैले धेरै वर्षहरूमा धेरै उत्कृष्ट सूट लगाएको छु तर अब म ब्रोनीलाई रुचाउँछु। ब्रोनीका सूटहरू पूर्ण रूपमा फिट हुन्छन्, त्यसैले तिनीहरू उत्कृष्ट देखिन्छन्। ” ट्रम्पले ‘बेस्ट टाई’का लागि ब्रोनी र हर्मिसको नाम सुझाएकासमेत थिए । ब्रियोनी इटालीको ७५ वर्ष पुरानो लक्जरी फेसन हाउस हो। यो पुरुषको लुगा, छालाका सामान, जुत्ता, चश्मा र अत्तरका लागि परिचित छ। ब्रोनीलाई विश्वको सबैभन्दा महँगो कपडा ब्रान्डमा गनिन्छ। यसको मुख्यालय रोममा छ र यसको विश्वभरि धेरै शोरूमहरू छन्। ब्रोनीका सूटहरू ग्राहकको रोजाइ अनुसार बनाइन्छ। ब्रोनीका अनुसार ट्रम्प लामो समयदेखि उनको ग्राहक हुन् ।

 

ब्रोनीले पनि भनिसकेको छ कि ट्रम्पको सूटहरू अनुकूलित छन्। ‘उनलाई आफ्नो व्यक्तिगत आवश्यकता अनुसार कपडा मन पर्छ।’ ब्रोनीले वाशिंगटन, डीसीमा आफ्नै बुटिक खोलेको छ। यो ट्रम्प इन्टरनेशनल होटलमा स्थित छ। कम्तिमा नयाँ राष्ट्रपतिले सूट किन्न टाढा जानु पर्दैन।

 

ब्रियोनीको सूटको मूल्य ५ हजार डलर देखी १७ हजार डलरसम्म पर्न जान्छ। मूल्य सामान्यतया कपडा र फिनिसिङमा निर्भर गर्दछ जुन तपाईले चाहानुहुन्छ।अमेरिकाको प्रसिद्ध फेसन साइट चिटसिट डटकमको रिपोर्ट अनुसार पनि जब ट्रम्प टिभीमा आफ्नो शो ‘द एप्रेन्टिस’ प्रस्तुत गर्न सुरू गरे, सन २००४ देखि यसका लागि ब्रियोनी प्रयोग गरिरहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९