शिभिल अस्पतालका संचालक साह पक्राउ

रौतहट । चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकमध्येका एकजना पक्राउ परेका छन् । गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्डविपरीत सञ्चालन नभएको र दर्तासमेत नभएको पाइएपछि अस्पताल बन्द गर्ने पत्र थमाएका थिए ।

 

मुख्यमन्त्री सिंहले सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न भन्दै बन्द गर्ने पत्र थमाएको भए पनि सो अस्पतालका सञ्चालकले अस्पताल खोलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिभिल अस्पतालका सञ्चालक मध्यका एकजना राजन साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए  ।

 

अस्पताल नखोल्न पटकपटक सम्झाई बुझाई गर्दा समेत साहले अटेर गरी अस्पताल खोलेपछि सोमबार बिहान उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको डिएसपी राईले बताए । चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल , पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, एपोलो अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले पत्र दिएका थिए ।

 

 

सिभिल अस्पताल तथा रिसर्च सेन्टरले सामान्य बिरामी भएर जाँदा पनि अनावश्यक रुपमा जाँच गराई विभिन्न शीर्षकमा लुट्ने गरेको स्थानीयको गुनासो छ । मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनको क्रममा त्रुटि नै त्रुटि फेला परेको सो अस्पतालले अस्पतालसम्बन्धी हुनुपर्ने कुनै पनि मापदण्ड पूरा गरेको नपाइएको बताउँदै तत्काल अस्पताल बन्द गर्न चिठी काटेका थिए । उनले अस्पतालले आइसियु तथा अप्रेशन सञ्चालन गरेपनि त्यसको आधारभूत मापदण्ड पनि पूरा नगरेको भन्दै सञ्चालक राजनकुमार साहसँग झोक्किएका थिए ।  उनले बिना दर्ता अस्पताल सञ्चालन गरेको भन्दै तत्काल त्यहाँ उपचाररत बिरामीहरू अन्य अस्पतालमा सारेर अस्पताल बन्द गर्न निर्देशन दिएका थिए । तर सञ्चालक साहले अटेर गरेर अस्पताल खोलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

अस्पतालमा एकपटक उपचार गरेपछि बिरामीहरू फर्केर नजाने भएकाले अस्पतालले अनावश्यक महँगो शुल्क जोडेर लिने गरेको गुनासो व्याप्त भएपनि कारबाहीको लागि कुनै पनि निकायले चासो नदिएको भन्दै गुनासो बढेको थियो । शनिबार मुख्यमन्त्री सिंहलाई एक पीडितले अस्पतालको बिल देखाउँदै आफूमाथि अन्याय भएको गुनासो गरेका थिए । सिंहले हेर्दै सुविधा केही पनि नभएको तर काठमाडौँको उच्च सुविधायुक्त अस्पतालको शुल्क लिएको भन्दै आश्चर्य व्यक्त गरेका थिए । सो बिलमा मापदण्ड विपरीत सञ्चालन गरिरहेको आइसियु बेडको प्रतिदिनको ४५ सय जोडिएको छ ।

 

 

सवारी दुर्घटनामा परेर सो अस्पतालमा पुगेका उक्त बिरामीको अप्रेसन शुल्क ६५ हजार, एनेस्थेसिया शुल्क २० हजार, इमर्जेन्सी म्यानेजमेन्ट शुल्क २० हजार, स्टिलको ५५ हजार, अप्रेसन थिएटर सामग्रीको शुल्क २० हजार, मोनिटर शुल्क ९ हजार, उपचारात्मक शल्यक्रिया शुल्क १० हजार, ड्रेसिङ शुल्क ३ हजार, अक्सिजन शुल्क ६ हजार लिएका छन् । विविध मनलाग्दी शीर्षकमा महँगो शुल्क लिएर उक्त बिरामीको २ लाख ६५ हजार ९ सय रुपैयाँको बिल बिरामीलाई थमाइदिएपछि बिरामीहरु के गर्ने भन्ने अन्योलमा परेका छन्। मुख्यमन्त्री सिंहसँग बिरामीका आफन्तले गुनासो गर्दै आफूहरूलाई न्याय प्रदान गर्न हारगुहार गरेका थिए। मुख्यमन्त्री सिंहले तत्काल अनावश्यक शुल्क हटाएर बिरामीलाई डिस्चार्ज गर्न अस्पताल सञ्चालक साहलाई निर्देशन दिएका थिए । मुख्यमन्त्री गएपछि साहले किन गुनासो गरेको भन्दै थर्काएका थिए ।

 

 

सो अस्पतालले प्रहरी, एम्बुलेन्स चालक तथा  ईरिक्साचालकसँग सेटिङ मिलाएर रौतहट जिल्लामा आसपासमा भएका सडक दुर्घटनाका घाइतेहरूलाई अस्पतालमा ल्याउने र उपचारको नाममा मनलाग्दी शुल्क असुल्ने गरेको आरोप पनि लाग्ने गरेको छ । अस्पतालले दुर्घटनाको बिरामी ल्याइदिएबापत एम्बुलेन्स चालकलाई ३५ सय , इरिक्सा चालकलाई ५ सय तथा प्रहरीलाई बिलको १० देखि २० प्रतिशतसम्म कमिसन दिने गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

दमौली (तनहुँ),  यहाँको भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९