स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयमा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ नहटाइएको सम्बद्ध क्षेत्रका विज्ञहरूले स्पष्ट पारेका छन्। केही व्यक्तिले पाठ्यक्रम अध्ययन नै नगरी प्रायोजित प्रकारको विरोध गर्दै पुलमुनि बसेर फोहोरी पानी खेलाइरहेको टिप्पणी उनीहरूको छ।पहिलोपटक देशभरका प्राध्यापकको रायसल्लाह लिएर पाठ्यक्रम बनाउँदा पनि केही व्यक्तिहरूले उल्टै स्रष्टामाथि अवमूल्यन गरिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पाठ्यक्रम समयानुकूल र सबै पक्ष समेटेर बनाइएको दाबी उनीहरूको छ।

 

 

त्रिविले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा नेपाली विषयको नयाँ पाठ्यक्रम लागू गरेको छ। स्नातकोत्तर तह पठन अवधि चार सेमेस्टरको हुन्छ। पाठ्यक्रम चारै सेमेस्टरको तयार भई लागू भएको त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालयका अधिकारीहरूले बताएका छन्।सोही पाठ्यक्रमका केही पक्षलाई लिएर केही व्यक्तिहरूले भ्रामक प्रचारबाजी गरेपछि विज्ञहरूले चासो व्यक्त गरेका हुन्।

 

 

 

पाठ्यक्रम निर्माणमा सहभागी विज्ञ प्रा.डा. ध्रुव भट्टराईका अनुसार स्नातकोत्तर तहमा यसअघि पारिजात, विश्वेश्वरप्रसाद, विजय मल्ल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षुजस्ता स्रष्टाहरूको व्यक्तिपरक अध्ययन ऐच्छिक रूपमा पठनपाठन हुँदै आएको थियो। यसपटक भने सरोकारवालाहरूकै रायसुझावका आधारमा व्यक्तिपरक विशेष अध्ययन हटाइएको भट्टराईले बताए।एउटा लेखकलाई फरकफरक विधामा पढ्नुपर्ने र विशेष अध्ययनमा पनि तिनै व्यक्तिका बारेमा अध्ययन गर्नुपर्ने भएकाले व्यक्तिपरक अध्ययन हटाइएको उनले स्पष्ट पारे।

 

 

 

भट्टराईले भने, ‘धारागत रूपमा सबैको प्रतिनिधित्व गराउने, जुन साहित्यिक प्रवृत्ति र धाराको जो छ त्यहीअनुसार पठनपाठन गराउने तर केही विशिष्ट साहित्यकारका बारेमा भिन्नै ऐच्छिक विषयका रूपमा समावेश नगर्ने भन्ने सुझावका आधारमा यस्तो गरिएको हो। ती स्रष्टा पाठ्यक्रमबाट हटाइएको होइन।’भट्टराईका अनुसार पहिला व्यक्तिपरक अध्ययन हुँदै आएको थियो, अब प्रवृत्तिपरक अध्ययन हुन थालेको छ। उनले भने, ‘मनोवैज्ञानिक यथार्थवादी धाराअन्तर्गत विश्वेश्वरप्रसाद कोइराला र उनको सुम्निामा उपन्यास तथा प्रगतिवादी धाराअन्तर्गत पारिजात र उनको शिरीषको फूल उपन्यास समावेश गरिएको छ। एमए नेपालीको पाठ्यक्रममा न पारिजात हटाइएको छ न त विश्वेश्वरप्रसाद।’

 

 

 

नेपाली विषयमा पारिजात हटाइएको भनेर केही व्यक्तिहरूले डिन कार्यालय, विभाग र रेक्टर कार्यालयमा डेलिगेसन गएका थिए। यसैगरी पारिजात अध्ययन केन्द्र र प्रगतिशील लेखक संघले भिन्नाभिन्नै विज्ञप्ति निकालेर चासो व्यक्त गरेका छन्। केही व्यक्तिहरूले पारिजात हटाएर महिलाविरोधी पाठ्यक्रम बनाइएको भन्नसमेत भ्याएका छन्।पाठ्यक्रम निर्माणमा सहभागी एकजना विज्ञ भन्छन्, ‘यसरी गलत भ्रम फैलाउनेले पाठ्यक्रम राम्ररी पढेको देखिएन। उनीहरूले पाठ्यक्रमको मर्म पनि बुझेका छैनन्। भ्रामक विषयलाई केही मिडियाले स्पेस दिनु झन् लाजमर्दो विषय हो।’पारिजात हटाइएको भनेर विरोध गर्नेहरूले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, ध्रुवचन्द्र गौतमजस्ता स्रष्टाको व्यक्तिपरक अध्ययन हटाइएको विषयमा भने कसैले एक शब्द पनि बोलेका छैनन्।

 

 

 

पाठ्यक्रम निर्माण मस्यौदा समितिका सदस्य डा. दुर्गाबहादुर घर्ती मगर पाठ,  नेपाली साहित्यको इतिहास र नेपाली साहित्यको उत्तरवर्ती चरणको अध्ययन भन्ने पत्रमा उनै स्रष्टाहरूको अध्ययन दोहोरिने भएकाले स्रष्टापरक अध्ययन हटाइएको बताउँछन्।उनका अनुसार स्रष्टापरक अध्ययनका ठाउँमा एसियाली साहित्यको अध्ययन, आप्रवासी साहित्यको अध्ययन, लोकवार्ता, नाटक र चलचित्रको अध्ययन, भाषाविज्ञानजस्ता विषय राखिएका छन्। घर्ती मगरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्नातकोत्तर नेपालीको पाठ्यक्रमबाट पारिजात हटाएको भन्ने साँचो होइन, पाठमा उनको उपन्यास राखिएको छ। पाठ्यक्रमको मस्यौदा तयार गर्दा सकेसम्म प्राप्त भएका सुझावलाई आधार बनाइएको छ।’

 

 

 

त्रिभुवन विश्वविद्यालयका सहायक डिन एवम् मस्यौदा समितिका सदस्य डा. गोविन्दप्रसाद शर्माले सरोकारवालाहरूले दिएको सुझावका आधारमा व्यक्तिपरक अध्ययनलाई संशोधन गरेर प्रवृत्तिपरक अध्ययन समावेश गरी पाठ्यक्रम तयार भएको बताए। उनले कतिपय साहित्यकारका बारेमा स्नातकमै पढाइ भइसकेकाले स्नातकोत्तरमा नदोहोर्‍याइएको बताए।शर्माले भने, ‘स्नातकमा भएका कुरा स्नातकोत्तरमा नराखिएको हो। पारिजात कहाँ हटेको छ र? उनका कथा र उपन्यास त पढाइ भइहाल्छ। व्यक्ति अध्ययनलाई भन्दा प्रवृत्तिलाई महत्त्व दिएर पाठ्यक्रम बनाइएको हो।’

 

 

 

पाठ्यक्रम एउटा व्यक्तिले निर्माण गरेको नभई विज्ञहरूको समूहले विभिन्न रायसुझाव लिएर निर्माण गरिएकाले यसमा विरोध गर्नुको औचित्य नरहेको उनको बुझाइ छ। शर्माले भने, ‘नयाँ पाठ्यक्रम धेरै फरक ढंगले आएको छ। यसमा साहित्यमा देखापरेका पछिल्ला प्रवृत्ति समेटिएको छ।’मस्यौदा समितिका सदस्य प्रा.डा. लक्ष्मणप्रसाद गौतमले ‘पारिजातको मात्रै होइन पुनरावृत्ति भएका अन्य स्रष्टाको पनि व्यत्तिपरक अध्ययन हटाइएको बताए। उनले भने, ‘एउटा लेखकलाई कवितामा पढाइन्छ, निबन्धमा पढाइन्छ, खण्डकाव्य, महाकाव्यमा पढाइन्छ र फेरि विशेष अध्ययनमा पनि तिनकै व्यक्तिपरक विषय पढाइन्छ भने त पुनरावृत्ति भयो नि। पुनरावृत्ति नहोस् भनेर हटाइएको हो।’

 

 

 

लोकसाहित्य र लोकवार्ताको पाठ्यक्रम निर्माणमा सहभागी प्रा.डा. षडानन्द पौडेलले पनि विज्ञ प्राध्यापकहरूको सुझावका आधारमा व्यक्ति प्रतिभाको विशेष अध्ययन नराखी कृतिकार र प्रवृत्तिको अध्ययन समावेश गरिएको बताए। उनले नेपाली साहित्य व्यापक भएकाले केही कुरा छुटेका भए त्यसलाई परिमार्जन गर्न सकिने बताए।पाठ्यक्रम निर्माणको संयोजन गरेका नेपाली विषय मूल समितिका पूर्वअध्यक्ष एवम् त्रिवि नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल स्नातकोत्तर नेपालीमा पारिजात र विश्वेश्वरप्रसाद कोइराला हटाइयो भनेर भ्रम फैलाउने काम भइरहेको बताउँछन्।

 

 

 

पाठ्यक्रम मस्यौदा समितिका संयोजकसमेत रहेका लुइटेल भन्छन्, ‘केही तत्त्वले पारिजात हटाइयो भनेर वामपन्थीहरूको सहानुभूति लिन खोजेका छन्, विश्वेश्वरप्रसाद कोइराला हटाइयो भनेर प्रजातन्त्रवादीहरूको सहानुभूति लिन खोजेका छन्। गलत बुझाइका कारण यस्तो भएको हो।’ प्रा.डा. लुइटेलले महिला स्रष्टा र तिनका कृति हटाइयो भनेर पनि भ्रामक प्रचारबाजी भइरहेको बताए। उनका अनुसार पाठ्यक्रम निर्माणमा सहभागी केही व्यक्तिहरूबाटै भ्रामक कुरा फैलाएर तल्लो स्तरको काम भइरहेको छ।

 

 

 

लुइटेलले भने, ‘सबैबाट पाएको सुझाव र पाठ्यक्रमको संरचनामा कुनै पनि व्यक्तिविशेषको विशेष अध्ययन नगर्ने भन्ने धारणा आएको थियो। त्यो सुझावको सबै प्रति विभागमा सुरक्षित छ। त्यहाँ हेर्न सकिन्छ।’  पारिजात, विश्वेश्वरप्रसाद, भवानी भिक्षुजस्ता स्रष्टाहरूको विशेष अध्ययन नराखौँ, पुनरावृत्तिमात्रै हुन्छ भनेर सबैतिरबाट रायसुझाव आएपछि सोहीअनुसार गरिएको लुइटेलले जानकारी दिए। उनका अनुसार विभागीय बैठकमा त्यही निर्णय भयो, विषय समितिमा पनि त्यसमै सहमति भयो।’

 

 

महिला स्रष्टा र तिनका कृति समावेश नगरिएको भनेर आलोचना भइरहेको छ नि भन्ने जिज्ञासामा लुइटेलले भने, ‘अधिकांश नेपाली महिला साहित्यकार र तिनका कृतिबारे स्नातक तहमा पढाइ हुन्छ। एएमको पाठ्यक्रममा तिनै विषय दोहोर्‍याउँदा क्रेडिट आवर पुग्दैन। एमएमा तोया गुरुङका कविता राखिएको छ। तोया गुरुङ राख्नु हुँदैनथ्यो अर्की महिला राख्नुपर्दथ्यो भन्नेमा कुनै तर्क छैन।’

 

 

 

प्रा.डा. लुइटेलले व्यक्तिपरक अध्ययनको सट्टा प्रवृत्तिपरक अध्ययनका नयाँ विषय थपिएको बताए। नयाँ पाठ्यक्रममा नेपाली भाषा, साहित्य र लोकसाहित्यका सबै पक्ष समेटिएको उनको भनाइ छ। लुइटेलले भने, ‘लोकसाहित्य राख्नै हुँदैनथ्यो र भाषा राख्न हुँदैन भनेर जसले विरोध गरिरहेका छन्, तिनीहरू भनेका पहिला भाषा बिगार्ने तत्त्वहरू हुन्। तिनै मान्छेले अहिले पाठ्यक्रमको विरोध गरिरहेका छन्। उनीहरूबाट नेपाली भाषा र संस्कृतिलाई ध्वस्त पार्ने प्रयत्न भइरहेको छ।’

 

 

 

यसैगरी उनले त्रिविले जुनसुकै विषयमा स्नातक गरेका व्यक्तिले पनि नेपालीमा स्नातकोत्तर अध्ययन गर्न पाउने व्यवस्था गरेपछि सोहीअनुसार पाठ्यक्रम परिवर्तन गरिएको जानकारी दिए।प्रा.डा. भट्टराई साहित्यमा हजारौँ लेखक हुने भएकाले सबैलाई समेट्न असम्भव रहेको बताउँछन्। उनले भने, ‘प्रवृत्तिको प्रतिनिधि चयन मुख्य कुरा हो। एक सय जना राम्रा साहित्यकारमध्ये १० जना चयन गर्दा तेरो पर्‍यो वा मेरो पर्‍यो भनेर विरोध आउनुको तुक छैन।’ उनले विश्वविद्यालयले चाहेमा फेरि सुरु प्रक्रियाबाट पाठ्यक्रम संशोधन प्रक्रिया अगाडि बढाउन सक्ने बताए।

 

 

 

भट्टराईले भने, ‘पहिलो सत्रको पढाइ सुरु भइसकेको छ। त्यो चरण पार गर्न कम्तीमा पनि ६ महिना लाग्छ। एउटा सत्र के गर्ने? भन्ने समस्या हुन्छ।’कसरी गरिएको थियो पाठ्यक्रम परिमार्जन?त्रिभुवन विश्वविद्यालयले प्रत्येक १० वर्षमा पाठ्यक्रममा पुनरावलोकन गर्दै आएको छ। त्यहीअनुसार परिमार्जन गरिएको प्रा.डा. भट्टराईले बताए। उनले भने, ‘सुरुवात विषय समितिबाट हुन्छ। पाठ्यक्रम परिमार्जनको मस्यौदा तयार गर्नका लागि एउटा समिति गठन गरी प्रक्रिया अगाडि बढाइन्छ। रायसुझाव लिएरै मस्यौदा निर्माण गरियो। प्रारूप तयार गरिसकेपछि मलाई पनि मस्यौदा माग गरिएको थियो।’

 

 

 

मस्यौदा समितिका संयोजक प्रा.डा. लुइटेलका अनुसार पाठ्यक्रम निर्माणका लागि पहिला नेपाली विषय स्थायी समितिको बैठक बसेको थियो। त्यसले एक तहको निर्णय गरेपछि दोस्रो तहमा त्रिवि नेपाली केन्द्रीय विभागमा कार्यरत प्राध्यापकहरू, उपत्यकाका क्याम्पसहरू र देशभर नेपाली एमए पढाइ हुने क्याम्पसका प्राध्यापकहरूबाट रायसुझाव संकलन गरिएको थियो।उनले भने, ‘त्यसपछि विभागीय बैठक बसेर सबैलाई सात दिनको समय दिई पाठ्यक्रम संरचना तयार पार्न लगाइएको थियो। त्रिवि नेपाली केन्द्रीय विभागका सबै प्राध्यापकहरूले संरचना ल्याएर बुझाउनुभयो। उपत्यकाभरिका सबै क्याम्पसका नेपाली विभागीय प्रमुख पनि पाठ्यक्रमको स्पष्ट संरचनासहित नेपाली केन्द्रीय विभागमा आउनुभयो।’

 

 

देशभरबाट आएका, उपत्यकामा संकलित र विभागका प्राध्यापकहरूबाट उपलब्ध सबै संरचना संकलन गरेर एकीकृत रूपमा एउटा खाका बनाइएको थियो। लुइटेलले भने, ‘अहिले जोजो मानिस विरोधमा उत्रनुभएको छ, ती मान्छेहरू सबैलाई मैले उहाँहरू जुनजुन क्षेत्रमा विज्ञ हुनुहुन्छ, जुन विषय पढाउनुहुन्छ, सोहीअनुसार पाठ्यक्रम निर्माणको जिम्मा दिइएको थिएँ।’

 

 

यस्तो प्रक्रिया नेपाली विषयमा पहिलोपटक भएको उनले बताए। ‘कसले कुन पाठ्यक्रमको खाका निर्माण गर्‍यो भन्ने जानकारी विभागसँग सुरक्षित छ। कुनकुन चरण ककसले कस्ता राय दिए भन्ने प्रमाण पनि विभागको फाइलमा सुरक्षित छ’, प्रा.डा. लुइटेलले भने।

 

 

विषय समिति, विद्या परिषद्, प्राज्ञिक परिषद्ले अन्तिम रूप दिएपछि पाठ्यक्रमले अन्तिम रुप पाउने व्यवस्था छ।एमए नेपालीको पाठ्यक्रम मस्यौदा समितिमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, डा. गोविन्दप्रसाद शर्मा र डा. दुर्गाबहादुर घर्ती थिए। साथै विषय समितिका १९ जना विज्ञ पनि पाठ्यक्रम निर्माणमा सहभागी थिए।यसका अतिरिक्त नेपाली विषय पढाइ हुने काठमाडौँ उपत्यकाभित्र र बाहिरका सबै क्याम्पसका नेपाली विभागका प्रमुखको रायसुझावका आधारमा पाठ्यक्रम तयार पारिएको मस्यौदा समितिका सदस्यहरू बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

प्रतिनिधिसभाः ‘ऊर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको मुख्य आधार बनाएका छौँ’

प्रतिनिधिसभाः ‘ऊर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको मुख्य आधार बनाएका छौँ’...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९