मस्कले ट्रम्पसँग जोडिरहेका ‘यौनदुराचारी’ एपस्टेन को हुन् ? जान्नुहाेस्

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क बीच अहिले तिब्र लडाई सुरू भएको छ । अहिले मस्क ट्रम्पका बिरूद्दमा ब्यक्तिगत तहमा नै उत्रेर आरोप लगाइरहेका छन । कतिपय आरोप त निकै संगिन पनि रहेका छन् । सोही सन्दर्भमा मस्कले ट्रम्पको नाम ‘बाल यौनदुराचारी र बिबादस्पद ब्यापारी’ जेफ्री एपस्टेन फाइलमा रहेको भन्दै त्यसैकारण रिलिज नगरिएको दाबी गरेका छन् । यससँगै ट्रम्प र एपस्टेन (ट्रम्प–एप्सटिन फ्रेन्डशिप) को पुरानो तस्विर पनि भाइरल भइरहेको छ। जसमा ट्रम्प उनको काँधमा हात राखेर मुस्कुराउँदै गरेको देखिन्छ ।

 

यसैबीच, सबैजना जान्न चाहन्छन् कि एपस्टेन को हुन् ? यदि उनी ट्रम्पको साथी थिए भने मस्कले किन यस्तो आरोप लगाइरहेका छन्। जेफ्री एपस्टेन र ट्रम्पको मित्रतादेखि शत्रु बन्नेसम्मको बिवरण चाँही यस्तो रहेको छ। जेफ्री एपस्टेन एक अमेरिकी फाइनान्सर थिए। अमेरिकालगायत अन्य देशका सेलिब्रेटीहरूसँग उनको घनिष्ठ सम्बन्ध रहेको थियो।  उनीमाथि नाबालिगलाई वेश्यावृत्तिमा लगाउन बाध्य पारेको आरोप लागेको थियो । एपस्टेनले मिस स्वीडेन इवा एन्डरसन डुबिन र प्रकाशक रोबर्ट म्याक्सवेलकी छोरी घिसलेन म्याक्सवेल जस्ता महिलासँग डेट गरेका थिए, यद्यपि उनले कहिल्यै विवाह भने गरेनन्।

 

तर, अचानक उनी यौन अपराधी ठहरिए पछि १० वर्ष जेल सजाय भोग्दै गर्दा उनी १० अगस्ट २०१९ मा न्यूयोर्कको जेलमा मृत फेला परेका थिए। उनले आत्महत्या गरेको बताइएको छ । एपस्टेनको जन्म न्यूयोर्कमा जन्म भएको थियो। १९७० को दशकमा उनले स्कूलमा बच्चाहरूलाई गणित र भौतिक विज्ञान पढाएका थिए। र, यो पनि भनिन्छ कि उनका एक विद्यार्थीको पित उनीसँग यति प्रभावित भए कि उनले एपस्टेनलाई वाल स्ट्रीट इन्भेष्टमेन्ट बैंक बियर स्टर्न्सको एक वरिष्ठ साझेदारसँग परिचय गराईदिए।

 

त्यसको ४ वर्ष भित्र एपस्टेन आफैं यसको साझेदार बन्न सफल भए । सोही बलमा उनले १९८२ मा आफ्नै अलग्गै फर्म जे एपस्टेन कम्पनी खडासमेत गरेर काम गर्न सुरू गरे। तर, उनी यौनदुराचारीको रूपमा अन्तिम समयमा कुख्यात भएर जेलमा नै मृत्युबरण गरेका थिए । सन् २००२ मा ट्रम्प र एपस्टेनबीचको मित्रतालाई ट्रम्प आफैंले स्वीकार गरेका थिए । दि न्युयोर्क पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले जेफ्रीलाई १५ वर्षदेखि चिनेको बताएका थिए । ‘उहाँ धेरै अद्भुत व्यक्ति हुनुहुन्छ, उनीसँगै बस्दा पनि निकै रमाइलो लाग्छ, ट्रम्पले उनी पनि आफू जस्तै सुन्दर महिलाहरू मन पराउनु हुन्छ, यीमध्ये धेरै युवतीहरू रहेका छन्’ उनले भनेका थिए ।

 

सन १९९७ मा जेफ्री एपस्टेन र ट्रम्प बीचको मित्रता निकै नै बढ्दै गयो। ट्रम्पले पाम बिचमा उनको काँधमा हात राखेर तस्बिर पनि खिचेका थिए, जसमा उनी मुस्कुराउँदै गरेको देखिन्छन् । दुवैको सामाजिक अवस्था उस्तै थियो । ट्रम्प र एपस्टेन दुवैलाई केटीहरूमा विशेष रुचि थियो। यी सबै कुरामा समानता भएका कारण उनीहरुको मित्रता वर्षौंसम्म टिकिरहेको भनिन्छ । उनीहरू दुवैले धेरै क्लब पार्टीहरूमा सँगसँगै भाग लिए, धेरै लञ्च र डिनरसमेत गरेको अनुभव रहेको छ । दुवैजना धेरै पार्टीमा सँगै देखिएका थिए । उनीहरूको नजिकको कारण उनीहरूको समान सामाजिक स्थिति र केटीहरूमा विशेष चासो नै प्राथमिक रहेको जनाइन्छ ।

 

तर, सन २००४ त्यो वर्ष थियो, जब ट्रम्प र एपस्टेन बीचको दशकौं पुरानो मित्रतामा अचानक दरार आयो। दुबै अर्बपति व्यवसायी, जो एक समय न्यूयोर्क देखि पाम बिचसम्म सँगै यात्रा गर्थे। क्लबहरूमा धेरै पार्टी गर्थे। लंच र डिनर सँगै खान्थे ।  सम्पत्तिको कारोबारको बिषयलाई लिएर दुवै एकअर्काका कट्टर शत्रु बन्न पुगे । यौन दुर्व्यवहारको आरोपमा २० वर्षको जेल सजाय भोगेका एपस्टेनले २०१९ मा जेलमै आत्महत्या गरेका थिए। ट्रम्पजस्तै एपस्टेन पनि अर्बपति हुन चाहान्थे । एक समय थियो, जब उनी र ट्रम्पलाई मिल्ने साथी मानिन्थ्यो। सामाजिक सञ्जालमा पनि उनीहरुको मित्रताका धेरै कथाहरु उपलब्ध रहेका छन् ।

 

र, ट्रम्प राष्ट्रपति चुनाव लड्दै गर्दा एक अमेरिकी अदालतले केही कागजातहरू जारी गरेको थियो। जसमा एपस्टेनमाथि यौन शोषणको आरोप लगाउने महिलाले पनि ट्रम्पको कालो कारनामीको पर्दाफास गरेकी थिइन् । उनले आफूसँग बिल क्लिन्टन, प्रिन्स एन्ड्रयु र ट्रम्पजस्ता सेलिब्रेटीको सेक्स टेप रहेको दाबी गरेकी थिइन ।

 

कागजातहरूमा भनिएको छ कि यी टेपहरू ट्रम्पका साथी एपस्टेन आफैंले रेकर्ड गराएका थिए।  ती महिलाले ट्रम्पको बारम्बार न्युयोर्कस्थित एपस्टेनको घरमा जाने गरेको पनि बताएकी थिइन् । उनै एप्स्टिन र ट्रम्पबीचको ‘कुख्यात मित्रता’ को चर्चा फेरि एकपटक अहिले भइरहेको छ किनभने मस्कले ट्रम्पको नाम एपस्टेन फाइलमा रहेको दाबी गरिरहेका छन्, त्यसैले उनीहरुलाई रिलिज नगरिएको भनेर पनि लेखेका छन, ‘अब ठूलो बम खसाल्ने समय आएको छ।’ मस्कको यो दाबी पछि अमेरिकी राष्ट्रपतिको बाल यौन दुर्ब्याबहार गर्ने व्यक्तिसँगको पुरानो सम्बन्ध फेरि छानबिनको दायरामा आउने देखिएको छ । तर, अहिलेसम्म ट्रम्पको तर्फबाट यस विषयमा केही भनिएको छैन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९