चितवनलाई चिनाउँदै ‘चितवन राईनोज’

चितवन,  पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडा अहिले क्रिकेटको माध्यमबाट पनि चर्चामा छ । त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राईनोज’ ले खेलमार्फत् चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ ।

 

 

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणबाट खेल्दै आएको चितवन राईनोज दोस्रो संस्करणमा पनि मैदानमा उत्रेको छ । हालसम्म तीन वटा खेल खेलेको राईनोजले दुई जित हासिल गर्दै अग्रस्थानमा छ ।

 

 

पहिलो संस्करणमा चौथो स्थान पाएको राईनोजले यस पटक पहिलो बन्ने दाउमा छ । चितवन मेडिकल कलेजको भगिनी संस्थाको रुपमा स्थापित चितवन राईनोजले यहाँ बन्दै गरेको गौतमबुद्ध क्रिकेट रङ्गशाला, भरतपुर महानगरसहित समग्र चितवनलाई राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा परिचित गराएको महानगर प्रमुख रेनु दाहाल बताउनुहुन्छ ।उहाँले भन्नुभयो “अन्तरराष्ट्रियस्तरको रङ्गशाला बनिरहेको ठाउँको क्लबले ख्याती पाउदा गर्व लाग्छ ।” यहाँको खेल पर्यटनलाई चितवन राईनोजले बढावा दिने उहाँको भनाइ छ ।

 

 

खेल क्षेत्रमा महानगरले प्राथमिकता दिँदै आएको भन्दै उहाँले चितवन राईनोज महानगर र चितवनको आफ्नै क्लब भएको बताउनुभयो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका आठ वटा क्लबमध्येको एक क्लब चितवनको रहनु आफैमा गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो “चितवन जिल्लाको नाममा स्थापित यो क्लब जिल्लाका लागि गौरवको विषय हो ।”

 

 

खेलले अनुशासित बनाउने भन्दै उहाँले आम जनसमुदायलाई खेलप्रति आकर्षित गर्न यस्ता क्लब सहयोगी बन्ने बताउनुभयो । चितवन राईनोज खेल्दै गर्दा यहाँका होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा खेलप्रेमी रमाइरहेको देख्न सकिन्छ ।सडक किनारका पोलमा मात्रै होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा पनि चितवन राईनोजको लोगो अङ्कित झण्डा फहराएको देखिन्छ । जिल्ला सर्वत्र खेलमय बने जस्तो प्रतित हुन्छ ।

 

 

होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे क्लबको नामका कारण जिल्ला र पर्यटनलाई अन्तरराष्ट्रिय रुपमा परिचित गराएको बताउनुभयो । उहाँले भन्नुभयो “चितवन राईनोज सुन्नासाथ दिमाखमा चितवन राष्ट्रिय निकुञ्ज, एक सिङ्गे गैँडाको झल्को आउँछ ।” टेलिभिजन र सामाजिक सञ्जालमार्फत् चितवन राईनोजको नाम फैलिँदै गर्दा त्यसको प्रत्यक्ष फाईदा पर्यटन क्षेत्रमासमेत पुग्ने उहाँको भनाइ छ ।

 

 

अरु विषयमा मतभेद देखिएपनि चितवन राईनोजलाई प्रेरणा दिने कुरामा सबै एक ठाउँ उभिएका छन् । बुधबारको खेलमा प्रत्यक्ष दर्शक बन्नु भएका नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल जिल्लाको ईज्जत चितवन राईनोजले बढाएको बताउनुभयो ।

 

 

अन्य क्लबहरु प्रादेशिकस्तरका भए पनि जिल्लाको नामबाट चितवन राईनोज भएको भन्दै उहाँले यहाँको खेल क्षेत्रलाई चलायमान बनाउन र राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चितवनलाई चिनाउन क्लब सहयोगी भएको बताउनुभयो ।

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले चितवन राईनोजले चितवन जिल्ला र यहाँको एक सिंगे गैंडालाई विश्व जगतमा चिनाएको बताउनुभयो । उहाँले भन्नुभयो “अन्तरराष्ट्रिय खेलाडी र खेलप्रेमीसम्म यहाँको पहिचान पुग्नु पर्यटन प्रबद्र्धनमा पनि ठूलो अर्थ राख्छ ।” चितवन मेडिकल कलेजले आर्थिक हिसाबले उच्च जोखिम मोल्दै क्लब स्थापना गरेको बताउँदै उहाँले यसले आम नागरिकसँग मेडिकल कलेजलाई जोड्न समेत सहयोग पुगेको बताउनुभयो ।

 

 

चितवन राईनोज क्लब चितवन मेडिकल कलेजको भगिनी संस्था हो । क्लबका अध्यक्ष आयुष न्यौपाने हुनुहुन्छ, भने निर्देशक प्रताप देवकोटा र अरुण कोईराला हुनुहुन्छ । खेल भएका दिन ६ वटा बसले यहाँका प्रशंसक खेल मैदानसम्म लैजाने र ल्याउने गरेको छ । निर्देशक देवकोटा स्वास्थ्यसँगै खेल क्षेत्रलाई प्रवद्र्धन गर्न क्लब स्थापना गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “आर्थिक रुपमा लाभ नभए पनि समग्र चितवनलाई चिनाउन र यहाँको खेल क्षेत्रलाई अगाडि बढाउन क्लब सहयोगी बनेको छ ।”भरतपुर महानगरपालिकाले अन्तरराष्ट्रियस्तरको रङ्गशाला बनाइरहेको अवस्थामा चितवन राईनोजको चर्चाले क्रिकेटप्रति यहाँका जनसमुदायलाई आकर्षित गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

दमौली (तनहुँ),  यहाँको भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९