सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म

काठमाडौँ,  सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलन र प्राकृतिक विपद् प्रभावित क्षेत्रहरूमा पुनर्निर्माण, पूर्वाधार सुधारलगायत काम तीव्र रूपमा अघि बढाइएको बताउनुभएको छ । उहाँले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सयदिन पूरा भएको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी मन्त्रालयमार्फत सम्पादित कामको विवरण सार्वजनिक गुर्नभएको हो ।

 

मन्त्री घिसिङका अनुसार आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सहरी पूर्वाधार विस्तार, फोहोर व्यवस्थापन, नदी संरक्षण र दीर्घकालीन सहरी योजना निर्माणमा उल्लेखनीय काम अघि बढाइएको छ । यस अवधिमा मन्त्रालयअन्र्तगतका चार रुग्ण ठेक्का तोडिएको छ ।
जेनजी आन्दोलनका कारण क्षति पुगेका सरकारी संरचनामध्ये सामान्य क्षति (हरियो स्टिकर) भएका १४० भवनको पुनर्निर्माण अन्तिम चरणमा पुगेका मन्त्री घिसिङले जानकारी दिनुभयो । आंशिक क्षति (पहेँलो स्टिकर) भएका २४९ र पूर्ण क्षति (रातो स्टिकर) भएका ५१ भवनको विस्तृत क्षति मूल्याङ्कन ‘फास्ट ट्र्याक’मा भइरहेको बताउँदै उहाँले पुसभित्र पुनर्निर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाइने उल्लेख गर्नुभयो ।

 

खेल पूर्वाधारतर्फ त्रिवि क्रिकेट रङ्गशालाको पहिलो चरण निर्माण तथा ‘हाइमास्ट फ्लडलाइट’ जडान सम्पन्न गरी हस्तान्तरण गरिएको छ । साथै कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत भई दोस्रो चरणको निर्माणका लागि रु १० अर्ब बराबरको स्रोत सुनिश्चितताको प्रक्रिया सुरु गरिएको मन्त्री घिसिङले बताउनुभयो ।

 

उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको अवरोध वार्तामार्फत समाधान गरी बञ्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ । मन्त्री घिसिङले आफ्नो कार्य सम्पदानबारे जानकारी दिँदै स्थानीयवासीसँग विगतका सरकारी सम्झौताहरू कार्यान्वयन सुरु गरिनुका साथै दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको बताउनुभयो ।
मेलम्ची खानेपानीको मुहान बन्द गराइएकामा वार्ताबाट समाधान गरी उपत्यकामा पानी वितरण पुनः सुरु गरिएको मन्त्री घिसिङले बताउनुभयो । उहाँका अनुसार बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजनाको अवधारणापत्र स्वीकृत गरी अर्थ मन्त्रालयमा पठाइएको छ । काठमाडौँ भिजनअन्तर्गत उपत्यकाको एकीकृत सहरी विकास मार्गचित्रलाई अन्तिम रूप दिने काम भइरहेको छ ।
निर्माण क्षेत्र सुधारका लागि बाँस संरचना डिजाइन मार्गदर्शन-२०८२, भवन निर्माण मार्गदर्शन-२०८२ र भूकम्पप्रतिरोधी भवन निर्माण संहिता परिमार्जन जारी गरिएको छ । स्वास्थ्य पूर्वाधारतर्फ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, बेनी अस्पताल, सुर्खेत र धनगढी प्रादेशिक प्रयोगशाला तथा कञ्चनपुर प्रसूति तथा बालरोग अस्पताल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ ।
बागमती नदी सफाइ अभियानअन्तर्गत गोकर्णेश्वरबाट गुह्येश्वरीसम्म ढलमुक्त गर्ने कार्य, नदीबाट लेदो हटाउने, गौरीघाटमा ‘ट्र्यास बेरियर’ जडान र थप पाँच स्थानमा जडान प्रक्रिया अघि बढाइएको छ । नदी करिडोर क्षेत्रमा ‘हाइमास्ट फ्लडलाइट’ र ‘स्मार्ट लाइटिङ’ जडानका लागि टेण्डर गरिएको छ ।

 

झोलुङ्गे पुलतर्फ बाढीपहिरोबाट क्षतिग्रस्त ४५ पुल पुनर्निर्माणका लागि स्रोत सुनिश्चित र कर्णाली नदीमा दौलतपुरघाट मल्टिस्पान झोलुङ्गे पुल निर्माण सुरु तथा राष्ट्रिय झोलुङ्गे पुल नीति-२०८२ मन्त्रिपरिषद् पेसको प्रक्रियामा रहेको छ ।
नीतिगत सुधारअन्तर्गत आवासको अधिकार नियमावली-२०८२, बागमती कार्ययोजना (२०२५-४५), नगर विकास कोषसम्बन्धी कानुन संशोधन, ग्रामीण पूर्वाधार विकास नीति तयारी प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९