आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन (पाल्पा),  यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको छ । नगरले यहाँका कृषक र महिलालाई केन्द्रित गरी सीपमूलक तालिममार्फत आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन लागेको हो ।

 

नगरपालिकाले सीपमूलक व्यवसायिक तालिमअन्तर्गत महिलाका लागि धूप बनाउने तालिम दिएको छ । सिर्जना आमा समूहसँगको समन्वयमा महिलालाई बटारे धूप बनाउने तालिम दिएको हो । महिलाले स्थानीयस्तरमा पाइने सुकेका विभिन्न फूलबाट तयार गर्न सकिने बटारे धूप बनाउन सिकेका छन् ।

 

तालिममा सहभागी विमला ओस्ती, विद्या अर्याल र शोभा भण्डारीले सीप सिकेसँगै मेहनतका साथ व्यवहारमा लागू गर्ने बताउनुभयो । उहाँहरूले समूहमार्फत सिकेको सीपलाई आयआर्जनको स्रोत विकासमा उपयोग गर्ने उल्लेख गर्नुभयो ।

 

नगरले कृषकलाई कफीखेतीसम्बन्धी तालिम दिएको छ । कफीखेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै कृषकलाई उत्प्रेरणात्मक तालिम दिइएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । रामपुरमा कफीखेतीको सम्भाव्यता र महत्व, रोपण र उत्पादनको अवस्था, कफीखेतीको व्यवसायी प्रवर्द्धनका लागि स्थानीय तहले गरेको नीतिगत व्यवस्था र कार्यान्वयनको पक्षलगायत विषयमा जानकारी गराइएको छ ।

 

कफीखेतीका लागि आवश्यक वातावरण निर्माण, लगाउने तरिका, यसबाट हुने उत्पादन, व्यावसायिक सम्भावना र फाइदा, यसको व्यावसायिक प्रवर्द्धनका लागि स्थानीय तहले खेल्नुपर्ने भूमिकालगायत विषयमा तालिम दिइएको कार्यवाहक नगरप्रमुख बालकुमारी थापाले जानकारी दिनुभयो ।

 

महिलालाई व्यावसायिक बनाई आत्मनिर्भर बनाउन सहयोग पु¥याउने उद्देश्यले उहाँहरूका लागि तालिम सञ्चालन गरिएको थापाले बताउनुभयो । महिला चुलोचौकोमा मात्र सीमित हुने र आर्थिक रूपमा अरुसँग निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य गर्न सीपमूलक तालिममा केन्द्रित गरिएको उहाँको भनाइ छ ।

 

कार्यवाहक नगरप्रमुख थापाले भन्नुभयो, “हामी नगरवासीलाई सीपसँग जोडेर आत्मनिर्भरतातर्फ लैजाँदै छौँ । हिजोका दिनमा भएका तालिम र आजभोलि हुने तालिमको प्रभावकारिता मूल्याङ्कन गरी व्यावसायिकतामा जोड्ने नगरको योजना र कार्यक्रम छ ।” उहाँले कफीको माग बढ्दो रहेकाले यसको व्यावसायिक उत्पादन र प्रवर्द्धन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

माग बढ्दा बजारको समस्या नहुने भन्दै कार्यवाहक नगरप्रमुख थापाले व्यावसायिक कफीखेती गरी मनग्य आम्दानी लिन कृषकलाई आग्रह गर्नुभयो । उहाँले कोसेली घरमार्फत रामपुरमा उत्पादन भएको कफीखेतीको बजारीकरण नगरपालिकाले गर्दै आएको जानकारी दिनुभयो । थापाले नगरपालिकाभित्रका कृषकले व्यावसायिक कृषि गर्न चाहेमा ब्याज अनुदान दिने उल्लेख गर्नुभयो ।

 

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले कफीखेतीको विस्तृत सम्भावना अध्ययन गरेर विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भौगोलिक हिसाबले नेपालको मध्यपहाडी क्षेत्रमा कफीखेतीको सम्भावना रहेको भन्दै अन्यभन्दा कफीखेतीबाट बढी आम्दानी लिन सकिने धारणा राख्नुभयो ।

 

विगतमा प्रशोधनका लागि प्रविधि र बजारको समस्या भए पनि अहिले क्याफे र कफी संस्कृति बढ्दो रहेकाले सजिलै बिक्री गर्न सकिने पुरीले बताउनुभयो । पहाडी क्षेत्रमा बाँदरको समस्या भए पनि बाँदरले नखाने र तुलनात्मक रूपमा अन्यभन्दा कफीखेतीबाट लाभ बढी लिन सकिने उहाँले उल्लेख गर्नुभयो ।

 

बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले राम्रो हेरचाह र व्यवस्थापन गरेर कफीखेती गर्नसके रोजगारी सिर्जनासँगै आम्दानीको प्रभावकारी स्रोत बन्ने बताउनुभयो । यसले रोजगारीका साथै आयआर्जन वृद्धि गर्नुका साथै स्थानीयलाई आत्मनिर्भर बनाउने उहाँको भनाइ छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९