शैक्षिक अवस्थामा सुधार ल्याउन अतिरिक्त कक्षा

मान्म (कालीकोट),  कालीकोटको रास्कोट नगरपालिकाले एसइईमा शैक्षिक सुधार ल्याउनका लागि आवासीय सुविधासहितको अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।नगरपालिकाभित्रका चार माध्यमिक विद्यालयमा एसइई दिने विद्यार्थीका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको हो । यही शैक्षिक सत्रमा हुने एसइई नतिजा सुधारका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको हो ।

 

 

नगरपालिकाका चारवटै माध्यमिक विद्यालयले यस वर्षदेखि ३०९ विद्यार्थीलाई एसइई तयारीका लागि आवासीय व्यवस्थापन गरेर विद्यालयमै राखेर दिउँसो नियमित पढाइका साथै बिहान बेलुकी थप तयारी कक्षा सञ्चालन गरिरहेको रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताउनुभयो ।“विद्यार्थीबाट केही रकम लिएर आवासीय कक्षा सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “आर्थिक रुपमा विपन्न केही विद्यार्थीलाई विद्यालयले शुल्क मिनाहा पनि गरेका छन् ।”

 

बडीमालिका माध्यमिक विद्यालय रास्कोटले ५६ छात्र र ४८ छात्राबाट प्रतिव्यक्ति मासिक रु चार हजार शुल्क, कालाशिल्ला माध्यमिक विद्यालयले ४४ छात्र र ३७ छात्रालाई प्रतिविद्यार्थी मासिक रु चार हजार ९५० शुल्क, जनजागृति माध्यमिक विद्यालय फुकोटले ३७ छात्र र ४४ छात्रालाई मासिक रु चार हजार शुल्क तोकेको प्रमुख शाहीले जानकारी दिनुभयो ।

 

त्यस्तै, मोतीराम माध्यमिक विद्यालय सिप्खानाले २० छात्रा र २३ छात्रबाट नगद रु तीन हजार र १५ किलो चामल र दुई किलो दालका दरले शुल्क उठाएर आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको शाखा प्रमुख शाहीले बताउनुभयो ।

 

“नगद तिर्न नसक्ने विद्यार्थीले उक्त मूल्य बराबरको चामल, दाल, तरकारी र दाउरा उपलब्ध गराउनसक्ने व्यवस्था गरेको छ” उहाँले भन्नुभयो, “आवासीय विद्यालयका लागि नगरपालिकाले प्रतिविद्यालय रु दुई लाख तथा द्रुत सिकाइअन्तर्गत प्लान इन्टरनेशनल र हुरेन्डेकको सहकार्यमा सञ्चालित सशक्त बालिका परियोजनाले रु ५० हजारका दरले शिक्षकको पारिश्रमिक र परीक्षण परीक्षाका लागि व्यर्होने छन् ।”

 

विद्यार्थीबाट उठाइने शुल्कबाट बिहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खानासहित प्रत्येक शनिबार मासु खुवाउने मेनु बनाइएको कालाशिल्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज चौलागार्इंले बताउनुभयो । गत वर्ष आफ्नो विद्यालयको एसइई नतिजा कमजोर भएकाले यस वर्ष आवासीय सुविधासहित पढाउन थालिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो ।

 

“नगरको बडिमालिका माध्यमिक विद्यालयले मात्र विगतमा आवासीय रुपमा विद्यार्थी राखेर थप कक्षा सञ्चालन गर्दा नतिजामा सुधार आएकाले यस वर्षदेखि चारवटै माध्यमिक विद्याालयले आवासीय रुपमा विद्यार्थी राखेको हो”, उहाँले भन्नुभयो, “शैक्षिक सुधारमा नगरपालिकाले बिषे प्रकारले कामको थालनी गरेको छ । यसले के नतिजा ल्याउँछ हेर्न बाँकी नै छ ।”

 

जिल्लाका नौ स्थानीय तहमध्ये अन्य आठ स्थानीय तहका एसइई परीक्षा दिने विद्यार्थी, जिल्लाका अन्य स्थानीय तहका विद्यार्थी ट्युसनको खोजीमा जिल्ला सदरमुकाम मान्म, सुर्खेतलगायत ठाउँ जान बाध्य छन् ।राष्ट्रिय समचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९