कामपा वडा नम्बर ३० का विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्राप्त गर्न सकिने ‘सिसिटिभी क्यामरा’ जडान

काठमाडौँ, काठमाडौ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका ती २९ क्यामरा एआई प्रविधिमा आधारित रहेका छन् ।

 

 

सूचना प्रविधिका नवीनतम् उपकरण उत्पादन गर्दै आएको चीनकोे विश्वप्रसिद्ध आइटी कम्पनी ‘हिक भिजन ब्राण्ड’ द्वारा उत्पादित क्यामरा हुन् । अति विकसित शहरमा विशेष गरेर शान्ति सुरक्षा, सडक दुर्घटना लगायत अन्य जानकारीका लागि यस्ता क्यामरा जडान गरेर सहायता लिइन्छ ।

 

 

ती ‘क्यामरा एआई’ प्रबिधिमा आधारित ‘ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम’ (ओएनभीआइएफ) प्रोटोकलका भएका ‘हिक भिजन ब्राण्ड’ को नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिनुभयो ।

 

 

उहाँका अनुसार आठ ‘मिगापिक्सेल’ र चार ‘मेगाापिक्सेल’का ती क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्दछन् । अत्याधुनिक ‘बुलेट क्यामरा’ले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् । उहाँले भन्नुभयो “इन्बिल्ट एआई फिचर भएका यी क्यामराले सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस सहित सवारी साधनको आवत जावत हेर्न, गणना गर्न र स्थिति स्पष्ट देख्न सकिन्छ । साथै पिटिजेड (स्वचालित रुपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन र जुम आवट ) हुने यी क्यामराबाट महत्वपूर्ण जानकारी , सूचना प्राप्त गर्न सहज हुने छ ।”

 

 

अङग्रेजी नयाँ वर्षको उपलक्ष्यमा हालै आयोजित कार्यक्रममा ती क्यामरा काठमाडौ महानगरपालिका वडा नम्बर ३० को कार्यालयलाई हस्तान्तरण गरिएको म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालीका निर्देशक कमल तामाङले जानकारी दिनुभयो ।

 

 

सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगरलाई प्रविधि मैत्री बनाईँदै लगिने नीति अनुसार महानगर भित्र फाइबर सञ्चालन प्रणाली (तार रहीत) बाट सिसिटिभी मार्फत् निगरानी गरिने लक्ष्य रहेको जानकारी दिनुभयो । काठमाडौ महानगरपालिका –३० का वडाध्यक्ष दलबहादुर कार्कीले अब सुरक्षाका अवस्था र अन्य निगरानीका काम सिसिटिभी क्यामरा मार्फत निगरानीकक्षबाट गर्न सकिने बताउनुभयो ।

 

 

काठमाडौ महानगरपालिका–३० का वडा सचिव देवराज जोशीका अनुसार करिव ७० लाख रुपैयाँका लागतमा नयाँ किरण अल नेपाल जेभीबाट सिसिटिभी जडानका काम गराइएको हो । महानगरीय प्रहरीवृत्त माली गाउँका प्रमुख प्रहरी नायब उपरीक्षक धनबहादुर बोहरा सिसिटिभी क्यामरा तेस्रो आँखा भएको बताउनुभयो । उहाँका अनुसार यस्ता क्यामराबाट कुनै स्थानमा घटना भएमा, अपराध भएमा त्यस्ता अपराधिलाई पक्राउ गर्ने, दुर्घटना भएमा तत्काल उद्धार गर्ने लगायतका काममा सहज हुन्छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९