पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न राससको तालिम केन्द्र

काठमाडौँ,  राष्ट्रिय समाचार समिति (रासस)ले पत्रकारिता क्षेत्रमा व्यावसायिक एवं दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरी चितवनको भरतपुरमा ‘तालिम केन्द्र भवन’ निर्माण गरेको छ ।आमसञ्चारसँग सम्बन्धित सैद्धान्तिक, व्यावहारिक र प्राविधिक ज्ञान दिने उद्देश्यले सो तालिम केन्द्र भवन निर्माण गरेको हो । भरतपुर महानगरपालिका–१० मा राससको आफ्नै जमिनमा भूमिगत पार्किङसहित चार तलाको भवन तयार भएको छ । त्यसमाथि अझै दुई तला थप गर्नसकिने गरी भवन निर्माण तथा नक्साङ्कनको व्यवस्थासमेत गरिएको छ ।

 

 

भवनमा १३ वटा आवासीय कक्ष, स्टुडियो, प्रयोगशाला, तालिम कक्ष, चमेना गृह, कार्यालय कक्षलगायतका सुविधासम्पन्न पूर्वाधार निर्माण गरिएका छन् । सो भवनमा ३० जनालाई आवासीय सुविधासहितको तालिम दिन सकिने व्यवस्था छ ।

 

विसं २०८० जेठ ८ गते निर्माण सम्झौता भई काम सुरु गरिएको सो केन्द्रको नवनिर्मित भवन अहिले हस्तान्तरणको चरणमा पुगेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, भरतपुरले रु पाँच करोड ७६ लाख ७१ हजारमा भवन निर्माण गरेको छ ।

 

 

यसैगरी बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘एयरकण्डिसन’ जडानका लागि रु १७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । त्यस्तै भरतपुर महानगरपालिकाले रु नौ लाख सहयोग गरेको छ ।

 

 

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तालिम केन्द्रले व्यावसायिक पत्रकारिताको दायर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । सो भवनको निरीक्षण गर्नुहुँदै सञ्चारमन्त्री खरेलले भन्नुभयो, “व्यावसायिक पत्रकारिताको कुरा गरिरहँदा त्यसका लागि क्षमता विकास, तालिम, अनुभव साटासाट तथा कार्यशाला आवश्यक पर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको अभाव थियो, यस्तो अवस्थामा बनेको राससको तालिम केन्द्र अतिउपयोगी हुनेछ ।”

 

 

उहाँले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका पत्रकार मात्र होइन, निजीक्षेत्रका सञ्चार माध्यमका पत्रकारहरूका लागि पनि तालिम आयोजना गर्दा विभिन्न होटलमा जानुपर्ने बाध्यात्मक अवस्थामा आधुनिक स्टुडियोसहितको तालिम केन्द्र सञ्चालनमा आएपछि मुलुकका आमसञ्चारमाध्यम र सञ्चारकर्मी लाभान्वित हुने विशवास व्यक्त गर्नुभयो ।

 

 

सञ्चारमन्त्री खरेलले सो तालिम केन्द्रका लागि आवश्यक सामग्री खरिदका क्रममा सहजीकरण एवं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आवागमनका हिसावले उपयुक्त स्थानमा तालिम केन्द्र निर्माण भएकाले यसबाट समग्र पत्रकारहरु लाभान्वित हुने विश्वास व्यक्त गर्दै उहाँले व्यवस्थित ढङ्गबाट तालिम केन्द्र सञ्चालन गरी यसलाई उपलब्धिमूलक बनाउन रासस व्यवस्थापनको ध्यानाकर्षण गर्नुभयो ।

 

महानगर प्रमुख रेनु दाहालले पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि महानगरपालिकाले सक्दो सहयोग गरिरहेको बताउँदै आधिकारिक समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका रहेको राससको भरतपुरस्थित तालिम केन्द्र निर्माणमा ‘टोकन मनि’का रुपमा सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी रहने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “देशभरका पत्रकारको क्षमता अभिवृद्धिका लागि भरतपुरमा तालिम केन्द्र बन्नु हाम्रा लागि गौरवका विषय हो, सहयोग र सहकार्यका अवधारणाबमोजिम राससलाई सहयोग गर्न महानगरपालिका तयार छ ।”

 

यसैगरी जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राससको नवनिर्मित भवन आकर्षक, बलियो, राम्रो र बहुउपयोगी रहेको बताउनुभयो । उहाँले तालिम केन्द्रमा पत्रकारिताका साथै अन्य क्षेत्रका तालिम गोष्ठीसमेत आयोजना गरी बहुउपयोगी बनाउन सुझाव दिनुभयो ।

 

नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुलीले देशकै मध्यभागमा अवस्थित चितवनको भरतपुरमा निर्माणाधीन रासस तालिम केन्द्र सञ्चालनमा आएपछि आमसञ्चार क्षेत्रमात्र नभई समग्र क्षेत्र लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो ।

 

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आमसञ्चार क्षेत्रको विद्यार्थी, क्रियाशील आमसञ्चारकर्मी र सक्रिय प्रशिक्षकका रुपमा आफूले प्राप्त गरेको ज्ञान र अनुभवका आधारमा नियमित अध्ययन, तालिम तथा क्षमता अभिवृद्धिजस्ता कार्यक्रमको अभावमा पत्रकारितासहित कुनै पनि पेसा, व्यवसाय सफल नहुने निष्कर्षमा आफू पुगेको स्पष्ट गर्दै भरतपुरमा तालिम केन्द्रको भवन निर्माण हुनु समग्र आमसञ्चार क्षेत्रका लागि गौरवका विषय हो भन्नुभयो ।

 

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका झाले भन्नुभयो, “कार्यकारी अध्यक्ष पदमा नियुक्त भएपछि राससको बृहत्तर हितमा गर्न सकिने र गर्नुपर्ने कामका विषयमा चरणबद्ध रुपमा छलफल गर्दा विभिन्न सुझाव प्राप्त भए । त्यसक्रममा गुणस्तरीय समाचार सामग्रीमा जोड दिँदै श्रव्यदृष्य सेवाको विस्तरसहित राससको पहँुच वृद्धि गर्ने र प्रशिक्षण तथा तालिम कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने विषयलाई प्राथमिकतामा राखेँ ।

 

सोहीबमोजिम देशकै मध्यभागस्थित भरतपुरमा रासस तालिम केन्द्र स्थापना गर्ने योजना कार्यान्वयन गरी लक्ष्य पूरा गर्ने निष्कर्षसहित तत्कालीन सहरी विकाससचिव डा रमेश सिंहज्यूसँग गरिएको अनुरोधपछि बजेट व्यवस्था भई सुविधासम्पन्न भवन बन्न सम्भव भएको हो ।”

 

कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “आमसञ्चार तथा सूचनाको हकसम्बन्धी विषयमा तालिम दिनेक्रममा मुलुकका सबैजसो जिल्ला पुगेको छु । पालिका तथा जिल्ला तहमा पत्रकारको सङ्ख्या बढे पनि अपेक्षा गरिए जति जिम्मेवार तथा व्यावसायिक पत्रकारिता हुन नसकेको भन्ने आमगुनासो सुनिन्थ्यो । सूचना तथा प्रविधिको क्षेत्रमा भित्रिएको नयाँ प्रविधि एवं मूल्यमान्यतालाई आत्मसात् गर्न र आमपाठक, स्रोता तथा दर्शकको विश्वास जित्न तालिम तथा प्रशिक्षण आवश्यक छ । यसै परिवेशमा निर्माण भई सञ्चालनमा आउन लागेको रासस तालिम केन्द्र आमसञ्चारकर्मीका लागि कोसेढुङ्गा सावित हुने विश्वास लिएको छु ।”

 

सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा तालिम केन्द्र भवन निर्माण गरिएको स्पष्ट गर्दै उहाँले अब यो सञ्चालनमा आएपछि राससकर्मीसहित देशभरका सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रमले निरन्तरता पाउने र त्यसबाट मुलुकको समग्र आमसञ्चार क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

 

यसैगरी राससका महाप्रबन्धक सन्दीप राईले अधिकांश तालिम केन्द्र सुविधासम्पन्न ठूला होटल तथा काठमाडौँमा केन्द्रित रहेको सन्र्दभमा देशको मध्यभागमा पर्ने भरतपुरस्थित रासस तालिम केन्द्र सञ्चालनमा आएपछि मुलुकको आमसञ्चार क्षेत्रलाई उल्लेख्य राहत पुग्ने धारणा व्यक्त गर्नुभयो ।सङ्घीय सरकारअन्तर्गत सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरको सुपरीवेक्षणमा तयार हुनलागेको सो भवन निर्माणमा ‘ऋषि शक्ति विल्डर्स एण्ड इन्जीनियर्स प्रालि’ संलग्न छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

त्रिवेणी (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ ।जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पु¥याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९