नेपाल रेडक्रस सोसाइटीेको वार्षिक साधारणसभाद्वारा संशोधित मस्यौदा विधान पारित

काठमाडौँ,  नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन र केन्द्रीय सभाको वार्षिक साधारणसभाले संस्थाको संशोधित मस्यौदा विधान, २०८२ लाई सर्वसम्मतिले पारित गरेको छ । विधानको मूल मर्म, रेडक्रसका सिद्धान्त, प्रचलित कानुन तथा अन्तरराष्ट्रिय मान्यतासँग मेल खाने गरी संस्थाको संशोधित विधान तयार पारिएको जनाइएको छ ।

 

हालै चितवनको सौराहामा सम्पन्न सस्थाको साधारणसभाले पारित सो विधानले दीर्घकालीन संस्थागत समस्या समाधान, सुशासन सुदृढीकरण र संस्थाको गरिमा पुनःस्थापना गर्न कोशेढुङ्गाको काम गर्ने जनाइएको छ । साथै सो सभालाई नेपाल रेडक्रसको इतिहासमा एक निर्णायक चरणका रूपमा लिइएको छ ।

 

संशोधित विधान तयार गर्नेक्रममा नेपाल सरकारका मापदण्ड र सुझावसहित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) को राय लिएको जनाइएको छ । संशोधित विधान संस्थालाई परिवर्तित, गतिशील, पारदर्शी र समसामयिक हुन महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
सभाको बन्द सत्रमा महामन्त्री मीनबहादुर मल्लद्वारा संशोधित विधानसहित सोसाइटीको आव २०८१÷८२ को वार्षिक प्रतिवेदन तथा चालु आव २०८२÷८३ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष लोकदर्शन श्रेष्ठद्वारा आव २०८१÷८२ को आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन तथा चालु आव २०८२÷८३ को बजेट सभा समक्ष पेस गर्नुभएको थियो ।

 

यस अगाडि सभाको शुभारम्भसत्रमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले विधान संशोधन तथा वार्षिक साधारणसभा संस्थाको भविष्य सुनिश्चित गर्ने ऐतिहासिक अवसर भएको बताउनुभयो । सदस्य डा गङ्गाधर अधिकारीले रेडक्रसको असहज परिस्थितिको समाधानका लागि विधान संशोधन र निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्नु अपरिहार्य रहेको स्पष्ट पार्दै तदर्थ कार्यसमितिले ९० दिनको कार्यादेश प्राप्त गरी जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै रेडक्रसको महिमा र गरिमा जोगाउन सबैले एकताबद्ध भएर हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

 

पूर्वमहामन्त्री पीताम्बर अर्यालले पारदर्शिता, सुशासन र नैतिक आचरणबिना संस्था बलियो हुन नसक्ने जनाउँदै सबै रेडक्रसकर्मीमा पारदर्शिता र प्रतिबद्धता अनिवार्य रहेको धारणा व्यक्त गर्नुभएको थियो । पूर्वउपमहामन्त्री हरि न्यौपानेले रेडक्रसले विगतमा थुपै्र आरोह अवरोह पारगरेकोे स्मरण गर्दै अब सबै मिलेर यसको साख र गरिमा बचाउनुपर्नेमा जोड दिनुभयो ।

 

पूर्वअध्यक्ष सञ्जिव थापाले समयानुकूल सुधार आवश्यक भए पनि विधानको मूल मर्ममा आँच नआउने गरी संशोधन गर्नुपर्नेमा जोड दिँदै सबै प्रतिनिधिलाई एक ढिक्का भएर विधान पारित गर्न आह्वान गर्नुभयो । पूर्वअध्यक्ष डा नेत्र तिम्सिनाले रेडक्रसको विधान संशोधनका लागि आफ्नो कार्यसमितिले सक्दो प्रयास गरे पनि जटिल अवस्थाबाट गुज्रनुपरेको स्मरण गर्दै सभाप्रति आफूले अपनत्व लिएको र सभाले विगतका तितता मेटाउँदै आपसी सौहार्दपूर्ण वातावरण सिर्जना गरेको अनुभूति व्यक्त गर्नुभयो ।

 

रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसीआरसी) का नेपाल प्रमुख सन्देश श्रेष्ठले सबै पक्ष मिलेर रेडक्रसको अन्तरराष्ट्रिय साख र विश्वास जोगाउनुपर्नेमा जोड दिनुभयो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरले रेडक्रसको अन्तरराष्ट्रिय मापदण्ड, सिद्धान्त र मानवीय मूल्यअनुसारको व्यवस्था संशोधित विधानमा समेटिनु आवश्यक रहेको सुझाव दिनुभयो ।

 

केन्द्रीय तदर्थ कार्यसमितिका सदस्य कान्ती राजभण्डारीले सभालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको चितवन जिल्ला शाखाप्रति विशेष धन्यवाद व्यक्त गर्दै सम्पूर्ण सहभागीहरूप्रति आभार प्रकट गर्नुभयो । विधान संशोधन छानबिन समितिका संयोजक तथा केन्द्रीय तदर्थ समितिका उपाध्यक्ष हरिप्रसाद बरालले प्रस्ताव छानबिन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

सभाको समापन समारोहमा रेडक्रस कास्की जिल्ला शाखाका सभापति उर्मिला खड्काले आफू महिला भएकै कारण सभापतिसम्म पुग्नका लागि धेरै कसरत गर्नपरेको स्मरण गर्दै पारित भएको विधानले महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गर्ने काम गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

 

लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पङ्गेनीले पारित भएका निर्णयहरूले स्वयंसेवकको भावना, मर्म र योगदानलाई सही रूपमा आत्मसात् गरेको विश्वास व्यक्त गर्नुभयो । उहाँले विधान संशोधन तथा वार्षिक साधारणसभाले संस्थागत सुदृढीकरण, आपसी सौहार्द र भविष्यप्रति स्पष्ट मार्गनिर्देशन दिएको बताउनुभयो । चितवन जिल्ला शाखा सभापति हरिप्रसाद पौडेलले आफ्नो जिल्लाले महत्वपूर्ण कार्यक्रम आतिथ्यता गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

 

सभामा नेपाल रेडक्रस सोसाइटीको निमित्त कार्यकारी निर्देशक मोना अर्यालले सोसाइटीद्वारा सञ्चालित  मानवीय सेवाका गतिविधिमाथि जानकारी दिनुभएको थियो । सभामापूर्व सोसाइटीका महामन्त्रीहरू दीपेन्द्र ढकाल, पूर्वउपमहामन्त्री हरिप्रसाद न्यौपानेलगायतका पूर्वपदाधिकारीहरू, सातै प्रदेश र ७७ वटै जिल्लाका २५४  सभासद् तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै केन्द्रीय तदर्थ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदार संस्थाका प्रतिनिधि सहभागिता थियो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९