कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

गण्डकी,  कास्कीका निर्वाचन क्षेत्र ३ ले जिल्लाका तीनवटा पालिकालाई समेटेको छ । अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको पूरै भागसँगै पोखरा महानगरपालिकाका–११ वटा वडा यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।

 

पर्वतीय पर्यटनमा विश्वव्यापी चासो र चर्चा कमाएको अन्नपूर्ण आधार शिविरदेखि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड यसै क्षेत्रमा पर्दछ । यस क्षेत्रमा पर्ने पोखरा महानगर क्षेत्र अन्तर्गत वडा नं १, २, ३, ५ र ६ पोखराका मुख्य बजार क्षेत्रमा पर्दछन् । त्यस्तै महानगरका वडा नं १८ सराङकोट, वडा नं १९ लामाचौर, पुरनचौर, वडा नं २२ पुम्दी, वडा नं २३ चापाकोट, भदौरेका केही भाग, वडा नं २४ को कास्कीकोट र वडा नं २५ को हेमजा यहाँका ग्रामीण क्षेत्रमा पर्दछन् ।

 

 

बजार क्षेत्रमा रहेका मतदाताले व्यवस्थित सुविधा सम्पन्न सहरका रुपमा विकास हुनुुपर्ने विषयलाई यस निर्वाचनका उम्मेदवारसँग प्रतिबद्धता खोज्दै छन् । त्यस्तै ग्रामीण क्षेत्रमा रहेका मतदाताले कर महानगरको तिरे त्यस अनुसारको सेवा सुविधा पाउन नसकेको विषयलाई चुनावी मुद्दा बनाउने बताएका छन् । ग्रामीण क्षेत्रमा बढ्दो बाँदरको समस्याले बस्ती नै छोडेर हिँड्नुपर्ने जस्ता विषयको दीर्घकालीन समाधानतर्फ प्रतिबद्धता खोज्ने तयारीमा मतदाता छन् । आलुु गाउँका रुपमा पहिचान बनाएको यस निर्वाचन क्षेत्रको हेमजालगायत स्थानमा कृषिको व्यवस्थित विकास गर्न सकिन्छ ।

 

 

यस क्षेत्रका अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिका धेरैजसो वडा अझै पनि सडक बाटोघाटोलगायतका पूर्वाधारको पर्खाइमा छन् भने महानगरका वडाहरू मध्ये वडा नं २२ पुम्दी, २३ चाँपाकोट र २४ कास्कीकोटका केही भागहरू अझै  धेरै किसिमको विकासको पर्खाइमा रहेका छन् ।

 

 

यहाँका स्थानीयहरू आसन्न निर्वाचनमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटनसहित जनजीविकाका सवाललाई उम्मेदवारहरूसँग प्रतिबद्धता खोज्ने बताउँछन् । यहाँका अन्नपूर्ण र माछापुुच्छ«े गाउँपालिका पूर्णरुपमा नै पर्वतीय पर्यटनका प्रचुर सम्भावना बोकेका क्षेत्र भएको स्थानीय मतदाता एवं पत्रकार टङ्कप्रसाद अधिकारी बताउनुुहुन्छ । यस क्षेत्रमा पर्यटनमैत्री पूर्वाधारहरू विकासमा जोड दिइनुपर्ने उहाँले बताउनुुभयो ।

 

 

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक, छोमरोङ हुँदै माछापुच्छ«े आधार शिविर, अन्नपूर्ण आधारशिविर (एबिसी) पर्वतीय एवं हिमाली पर्यटनका आकर्षक गन्तव्य हुन् । त्यस्तै माछापुुच्छ«े गाउँपालिकाको मर्दी पदमार्ग जस्ता पदमार्ग पदयात्रा पर्यटनको विशिष्ट गन्तव्यका रुपमा रहेको अधिकारीले बताउनुुभयो । प्राकृतिक रुपमा आकर्षक रहेर भौगोलिक विकटतासँगै जलवायुु परिवर्तनको बढ्दो असरका कारण प्राकृतिकजन्य प्रकोपले यी क्षेत्रमा बर्सेनि चुनौती थपिँदै गएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुुरुङ बताउनुुहन्छ ।

 

 

समय समयमा आउने हिमपात, हिमआँधी, हिमपहिरोको चुनौतीलाई समाधान गर्नु जरुरी रहेको बताउँदै उहाँले यस क्षेत्रमा लागि यो चुनौतीको समाना गर्नुु वर्तमानको आवश्यकता भएको बताउनुुभयो । विश्वमा नै १० उत्कृष्टमध्येको अन्नपूर्ण आधार शिविरको पदमार्ग अझै पूर्णरुपमा सबैखाले पर्यटकका लागि पहुँचयुक्त बन्न नसकेको उहाँको भनाइ छ ।

 

 

पदमार्गमा पर्ने हिंकु खोला र मोदी नदीमा स्थायी पुल आवश्यक रहेको बताउँदै सचिव गुुरुङले आसन्न निर्वाचनका उम्मेदवारसँग यी विषयमा प्रतिबद्धता खोजिने बताउनुुभयो । “यस क्षेत्रमा सञ्चारको ठूलै समस्या छ”, उहाँले भन्नुुभयो, “सहज सञ्चारको पहुँचसँगै विद्युतीकरण यहाँको अर्को गम्भीर समस्या हो ।” पदमार्ग क्षेत्रको छोम्रोङमाथि अन्नपूर्ण आधार शिविरसम्म नै विद्युत्को राष्ट्रिय लाइन जोडिन नसकेको कारण यस क्षेत्रमा विद्युतीकरण अपरिहार्य आवश्यकता भएको उहाँको भनाइ छ । अन्नपूर्ण आधार शिवर क्षेत्र जाने मार्गमा रहेको धार्मिक महत्वको पूजनीयम् बराह, लुम्लेस्थित कान्छी बराह, फेवा तालस्थित ताल बाराहीलगायत तीर्थस्थलहरू यस क्षेत्रका धार्मिक पर्यटनका गन्तव्य हुन् ।

 

 

अन्नपूर्ण र माछापुुच्छ«े गाउँपालिकाको पर्यटकीय विकाससँगै पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड र फेवातालको प्राकृतिक सुन्दरता बचाउनुु र संरक्षण गर्नुु यस क्षेत्रका चुनौतीहरू रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुुहन्छ । राज्यबाट स्थानीयवासीलाई उचित मुुआब्जा एवं क्षतिपूर्तिविना नै फेवा तालको मापदण्ड कार्यान्वयन गर्न खोजिनुुले यहाँका स्थानीयवासी समस्यामा परेको बताउँदै उहाँले आसन्न निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग यी विषयमा स्थानीयले प्रतिबद्धता खोज्ने बताउनुभयो ।

 

 

“यसअघि फुट ट्रेक बनाउने नाममा फेवा किनाराका कतिपय व्यक्तिको जग्गा तालभित्र पारिएको छ”, उहाँले भन्नुुभयो, “फेवा मापदण्डको कार्यान्वयनका लागि स्थानीयवासीलाई उचित प्रमाणसहित राज्यले विश्वस्त पार्दै उचित मुआब्जा एवं क्षतिपूर्ति प्रदान गर्नुुपर्छ ।”

 

 

लेकसाइड क्षेत्रका कोमागाने पार्क, बसुुन्धरा पार्क, नेपाल ट्रष्टको खाली जग्गा र पर्यटन मन्त्रालयको जग्गालाई व्यवस्थित पार्किङसहित उपयोग गरिनुु आवश्यक रहेको उहाँले बताउनुुभयो । लेकसाइडमा बाहिरबाट आउने सवारीसाधनलाई यथेष्ट पार्किङ गर्नका लागि व्यवस्थित रुपमा पार्किङको व्यवस्था गरिनुु आवश्यक भएको बताउँदै उहाँले अव्यवस्थित पार्किङले यस क्षेत्रमा ठूलै समस्या उत्पन्न गरिरहेको बताउनुुभयो ।

 

 

यस निर्वाचन क्षेत्रमा समृद्धिको महत्वपूर्ण आधार नै पर्यटन भएको उल्लेख गर्दै उहाँले दीगो एवम् व्यवस्थित पर्यटनको विकाससँगै पर्यटनमैत्री राज्यको नीति बन्नुपर्ने लगायतका विषयलाई चुनावी मुद्दाका रुपमा अघि बढाइने बताउनुुभयो । आसन्न निर्वाचनमा यस क्षेत्रमा १५ जनाले उम्मेदवारी दर्ता गराउनुुभएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी गराउनुुभयो । यस क्षेत्रमा नेपाली काँग्रेसबाट मनोज गुरुङ, नेकपा (एमाले) बाट दामोदर पौडेल बैरागी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विना गुरुङ, नेकपाबाट गोपाल गिरीलगायत उम्मेदवारी परेको छ । यस क्षेत्रमा एक लाख सात हजार ५६० जना मतदाता छन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९