बाँके क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्रमुख चुनावी मुद्दा बन्दै

राँझा (बाँके),  आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं १ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन चुनावी मुद्दा बनेको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका समेटिएको यस  निर्वाचन क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र राष्ट्रिय वनमा केही वर्षयता बाघ, चितुवालगायत जङ्गली जनावरको बिगबिगी बढेको छ ।

 

दिनहुँजसो जङ्गली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायत घटना बढिरहेकाले मानव–वन्यजन्तु द्वन्द्व प्रभावकारी रूपमा व्यवस्थापनसम्बन्धी कार्यान्वयन योग्य योजना ल्याउने उम्मेदवारलाई आफूले मतदान गर्ने राप्तीसोनारी गाउँपालिका–९ तल्लो महादेवा निवासी हेम चापागाईंले बताउनुभयो ।

 

निकुञ्ज मध्यवर्ती क्षेत्रसहित आसपासका खेती जङ्गली जनावरले खाएर नोक्सान गर्ने र बाघको आक्रमणबाट पशु तथा मानवले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले पार्टी तथा उम्मेदवारले प्राथमिकतामा राख्नुपर्ने  उहाँको भनाइ छ ।

 

चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै राप्तीसोनारी–९ गुरुवागाउँ नमूना टोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्री र राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी मरिचमान भण्डारीले बाघको आक्रमणबाट ज्यान गएको छ । यसबाहेक गोठमा बाँधेका र चराउन जङ्गल लगेका चौपायामाथि निरन्तर आक्रमण भइरहेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताउनुभयो । पछिल्लो पटक निकुञ्ज मध्यवर्ती क्षेत्रमा बाघलगायत जङ्गली जनावरको आक्रमणबाट अकालमै मान्छेको ज्यान जानाका साथै पशु र खेतीबालीमा ठूलो क्षति व्यहोर्दै आएकाले निकुञ्ज क्षेत्रमा तारवारसहितको वन्यजन्तु व्यवस्थापन जरुरी भएको उहाँको भनाइ छ ।

 

पछिल्लो समय मानव र वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएकाले आफूले सरोकार भएका निकायसँग छलफल र समन्वय गरी समाधानको पहल गर्दै आएको बाँके क्षेत्र नं १ मा नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताउनुभयो । यसअघि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित ढकालले विगतमा वन्यजन्तुबाट जनतालाई सुरक्षित गर्न निकुञ्ज क्षेत्रमा तारवार गर्ने योजना सुरुआत गरेको उल्लेख गर्नुभयो ।

 

“जनताको जीवन महत्त्वपूर्ण विषय हो । मैले यो विषयलाई पटक–पटक संसद्मा उठाएको थिएँ”, ढकालले भन्नुभयो, “आगामी निर्वाचनमा पनि मेरो प्रमुख एजेन्डा वन्यजन्तु व्यवस्थापन रहेको छ ।”यहाँ नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नारायण गौडेलले पनि वन्यजन्तु व्यवस्थापन आफ्नो प्राथमिक चुनावी मुद्दा भएको बताउनुभयो । यसको व्यवस्थापनका लागि सरोकार भएका निकायसँग समन्वय गर्दै जनतालाई सुरक्षित तवरले जीवनयापनको वातावरण बनाउन आफूले ध्यान दिने उल्लेख गर्नुभयो । “यहाँका जनताले मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि बारम्बार गुनासा गरिरहेका छन्, ती विषयमा म र मेरो पार्टीले गम्भीर रूपमा लिइरहेको छ”, गौडेलले भन्नुभयो ।

 

उम्मेदवारी मनोनयनसँगै बाँके क्षेत्र नं १ का उम्मेदवारहरू हाल मतदातासँग भेट्न घरदैलो गरिरहेका छन् । उम्मेदवारहरूले घरदैलोमा पुगेर आफ्ना एजेन्डा सुनाइरहेका छन्भने विगतमा सरकारमा रहेका दलका उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम देखाउँदै भोट माग्ने गरेका छन् ।

 

बाँके क्षेत्र नं १ मा विसं २०७९ को निर्वाचनमा एमालेका ढकाल विजयी हुनुभएको थियो । यसपटक पनि एमालेबाट उम्मेदवार बन्नुभएका ढकाल पुनः विजयी हुन मतदाता रिझाउन लागिपर्नुभएको छ । एमाले जिल्ला सचिव बलराम भट्टराईले भन्नुभयो, “ढकाल विजयी भएपछि त्यहाँको वन्यजन्तुलगायतको समस्या राष्ट्रियस्तरमै उठाएर समाधान गर्दै आएकाले जनताले यसपटक पनि विश्वास गर्ने हाम्रो अपेक्षा छ ।”

 

विसं २०७९ मा २५ हजार २६ मत ल्याएर एमाले उम्मेदवार ढकाल विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता महेश्वर गहतराजले १९ हजार ६३२ मत प्राप्त गर्नुभएको थियो । समानुपातिकतर्फ पनि एमालेले यहाँ सबैभन्दा बढी १६ हजार ८७६ मत प्राप्त गरेको थियो । प्रत्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गहतराजलाई सघाएको कांग्रेसले यहाँ समानुपातिकतर्फ एमालेपछि दोस्रो १४ हजार २१८ मत प्राप्त गरेको थियो ।

 

नेपाली कांग्रेसले यसपटक जिल्ला सभापति गौडेललाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ ।  यहाँ नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट नरेन्द्रप्रसाद पाण्डे उम्मेदवार रहनुभएको छ । तत्कालीन माओवादी केन्द्रबाट अलग भएर जनार्दन शर्माको नेतृत्वमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्णा केसी उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरेशकुमार चौधरीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९