मिथिला माध्यमिकी परिक्रमा आजदेखि

महोत्तरी,  महाशिवरात्रि पर्व सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आज सुरु भएको छ । पन्ध्र दिने धार्मिक यात्रा सुरु भएसँगै महोत्तरीमा यात्रीको स्वागतको तयारी थालिएको छ । यस यात्राका यात्री आउने बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।

 

यात्राको चौथो दिन महोत्तरी प्रवेश गर्ने यात्री क्रमशः मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहित यस जिल्लामा पाँच रात बिताउनेछन् । यात्रा सुरु भएसँगै महोत्तरीका यी रात्रि विश्रामस्थल रहेका ठाउँमा यात्रीको बासस्थान, खाना, प्राथमिक उपचार र सुरक्षा प्रबन्धका लागि स्थानीयतह, मठमन्दिर व्यवस्थापन र स्थानीय प्रहरी प्रशासनले तयारी थालेका छन् ।

 

“यसपालि निर्वाचन अभियानको बीचमै माध्यमिकी परिक्रमा यात्रा परेको छ, यसलाई व्यवस्थित र सुरक्षित गर्न सम्बद्ध स्थानीयतह, मठमन्दिर व्यवस्थापन र अन्य सरोकारवालासँग समन्वय गरिँदैछ,” प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्नुहुन्छ, “यात्रीले कुनै असजिलो झेल्नु नपरोस् भन्नेतर्फ सबैले ध्यान पु¥याउन आवश्यक छ ।”

 

यस क्रममा चौथो दिनको रात्रि विश्रामस्थल रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले यात्रीका सुविधालाई प्राथमिकतामा राखेर समुचित प्रबन्ध गरिने बताउनुभएको छ ।  यसैगरी, पाँचाँै दिनको विश्रामस्थल रहेको जलेश्वर नगरपालिका, छैटौँ दिनको मडै विश्रामस्थलका लागि महोत्तरी गाउँपालिका, सातौँ दिनको ध्रुवकुण्ड विश्रामस्थलका लागि बलवा नगरपालिका र आठौँ दिनको विश्रामस्थल कञ्चनवनका भङ्गाहा नगरपालिकाले आवश्यक समन्वय भइरहेका छन् ।

 

आठौँ दिनको विश्रामस्थल कञ्चनवनमा दिउँसो होली महोत्सव मनाइने परम्परासमेत छ । “हामीले यात्रीको सुविधाका पक्षसँगै होली महोत्सव भव्य र सुसभ्य बनाउन अहिलेदेखि नै तयारी थालेका छौँ,” भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साह भन्नुहुन्छ, “यसका लागि सम्बद्ध सबै पक्षसँग समन्वय गरिरहेका छौँ ।”

 

फागुन औँसीदेखि पूर्णिमासम्मको १५ दिने यो धार्मिक यात्रामा महोत्तरी, धनुषा र भारतको मधुवनी जिल्लाका समेत १५ ठाउँमा रात्रिबासको परम्परा छ । धनुषाको मिथिलाविहारी नगरपालिका–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट श्रीरामको प्रतिमा डोला (डोली) मा बोकेर यात्रा सुरु गरिने परम्परा छ ।

 

कचुरीबाट मिथिलाविहारी अर्थात् श्रीरामको डोला यात्रामा जनकपुरस्थित अग्निकुण्ड मठबाट सीताजीको प्रतिमा अर्को डोलामा बोकेर साथ लगाइएपछि माध्यमिकी परिक्रमा विधिवत् सुरु भएको मानिन्छ । आज मध्याह्न सुरु भएको यो यात्रा जनकपुरधामस्थित मठमन्दिरको परिक्रमा गर्दै धनुषाकै हनुमानगढीमा पुगेर यात्री रात्रिबास गर्नेछन् । यात्रामा नेपाल भारतका साधुसन्त र सर्वसाधारण सहभागी रहेका  कचुरीस्थित मिथिलाविहारी मन्दिरका महन्थ रामनरेश शरणले जानकारी दिनुभयो ।मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्लपक्षभरि धार्मिक उत्सवका रुपमा  मनाइन्छ ।

 

 

 

मिथिला माध्यमिकी परिक्रमामा महोत्तरी, धनुषा र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लासहित १३३ किलोमिटर वृत्तभित्र १५ ठाउँमा रात्रिबास गरेर रामसीताका भजन गाउँदै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने परम्परा छ । जय सीयाराम नाम सङ्कीर्तन गाउँदै गरिने यो यात्रालाई साधुसन्तले अलौकिक भन्ने गरेका छन् । यस यात्रामा महोत्तरी र धनुषासमेत नेपालतर्फ १०७ र भारततर्फ २६ किलोमिटर दूरी तय गरिन्छ ।

 

 

मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी) का प्रतिमा राखिएका डोला अघि लगाएर १५ दिन मिथिला क्षेत्रभित्रका तीर्थस्थलहरुको दर्शन गर्दै नाङ्गा खुट्टाले पैदल हिँडेर गरिने यो यात्राको पहिलो दिनको बास धनुषाको हनुमानगढीमा गरिने परम्परा छ । यसपछि धनुषामा क्रमशः नवौँ दिन पर्वता, १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखरधाम, १२औँ दिन औरही र अन्तिमरात अर्थात् १५औँ दिनको बास जनकपुरस्थित रङ्गशाला (बाह्रबिघा) मैदानसहित ६ रात्रि विश्रामको परम्परा छ ।
यसैगरी, भारतको मधुवनी जिल्लामा दोस्रो दिन कल्याणेश्वर (कलना), तेस्रो दिन गिरिजास्थान, १३औँ दिन करुणा र १४औँ दिन बिसौलमा रात्रिबासको परम्परा छ । त्रेतायुगमा श्रीराम र सीताजी विवाहपछि तत्कालीन मिथिलाका विभिन्न ठाउँमा विहार गर्दै भ्रमण गर्नुभएको सम्झनामा उहाँहरुको पदचाप पछ्याउँदै यो १५ दिने मिथिला माध्यमिकी परिक्रमाको परम्परा चलेको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ मैथिल  संस्कृतिका ज्ञाता डा रवीन्द्र दास वैष्णव बताउनुहुन्छ ।

 

“उहाँहरु (श्रीराम र सीताजी) हिँड्नुभएको बाटोको माटो स्पर्शले मोक्ष मिल्ने विश्वास गरिन्छ,” डा वैष्णव भन्नुहुन्छ, “त्यसैले साधुसन्तले यसलाई अलौकिक यात्रा भन्ने गरेका छन् ।”

 

यात्रा अवधिभरि सांसारिक दुःख बिर्सेर श्रीराम र सीताजीमै आपूmलाई समर्पित गरिने हुँदा यो यात्रा अलौकिक भन्ने गरिएको उहाँको कथन छ । फागुन पूर्णिमाका दिन यो यात्रा सम्पन्न गरेसँगै होलिका दहनको धुरा उडाएर (होलिका राक्षसीको आकृति डढाएर त्यसको खरानी उडाइने चलन) त्यसको भोलिपल्ट  हिन्दू धर्मावलम्बीले फागु अर्थात् होली पर्व मनाउनेछन् । यो यात्रामा त्रेतायुगका श्रीराम र सीताजीसँगै सत्ययुगका दानव राजा हिरण्यकशिपु संहारको कथा समेटिएको मिथिला संस्कृतिका अर्का ज्ञाता जलेश्वर–५ पतैलीका बासिन्दा अवकाश प्राप्त सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

 

नेपाल र भारतका हजारौँ साधुसन्त सहभागी हुने यो यात्रालाई मिथिलाको महाकुम्भ पनि भनिन्छ । यो धार्मिक परिक्रमाका यात्रीको बासस्थान, प्राथमिक उपचार, भोजन र आपत्कालीन सेवाका लागि रात्रि विश्रामस्थल रहेका ठाउँमा सम्बन्धित स्थानीय तह, मठमन्दिर व्यवस्थापन, सामाजिक सङ्घसंस्था र व्यक्तिहरुले आपसी समन्वयमा प्रबन्ध गर्ने गरेका छन् । माध्यमिकी परिक्रमाको संयोजन स्थानीयतह, सामाजिक सङ्घसंस्था र विभिन्न मठमन्दिर व्यवस्थापनको समन्वयमा बृृृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले गर्दै आएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

दमौली (तनहुँ),  यहाँको भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९