काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

काभ्रेपलाञ्चोक, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४०० कर्मचारी खटाइने भएको छ । यसका लागि जिल्लाको दुवै निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको विवरण एकीन गरी सार्वजनिक गरेका छन् ।

 

 

काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कूल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएका छन् । प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरमा कर्मचारी खटिनेछन् । एउटा केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीन सहयोगी कर्मचारी खटाइनेछ । यस्तै एक सहयोगी कर्मचारी पनि मतदान केन्द्रमा खटाइने भएको छ ।

 

 

जिल्लामा ४०० मतदान केन्द्रमध्ये ३ मतदान केन्द्रमा महिला कर्मचारीले मात्रै निर्वाचन सम्पन्न गराउने जिम्मा पाएका छन् । क्षेत्र नं १ को धुलिखेल नगरपालिका–१० स्थित कालिका माध्यमिक विद्यालय शारदाबतासे ‘ख’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइने भएको छ । निर्वाचन अधिकृतको कार्यलयका अनुसार यस केन्द्रमा मतदान अधिकृत दमयन्ती पाण्डे, सहायक मतदान अधिकृत श्रद्धा शर्मा, सहायक कर्मचारी चन्द्रिका विक, मन्दिरा न्यौपाने र सरिता खनाल तिमल्सेना खटिने भएका छन् । उक्त केन्द्रमा सहयोगी कर्मचारीको रुपमा सोनिका सुनार खटिनुहुनेछ ।

 

 

यस्तै सोही क्षेत्रको धुलिखेल–९ स्थित करथरी मावि ‘ख’ केन्द्रमा भने सहयोगी कर्मचारीबाहेक अन्य कर्मचारी महिला मात्रै खट्नेछन् । यस केन्द्रमा मतदान अधिकृत सरिता लामा, सहायक मतदान अधिकृत दुर्गा अधिकारी र सहायक कर्मचारीमा सीता लामा, गोपिनी खड्का र गीता पुर्कुटीलाई खटाइएको छ ।
यसैगरि निर्वाचन क्षेत्र नं २ को धुलिखेलस्थित सञ्जीवनी मावि अड्डाबजार ‘क’ मतदान केन्द्रमा सबै खटिने कर्मचारी महिला मात्रै छन् । मतदान अधिकृत अमुना सुवाल, सहायक मतदान अधिकृत रीता अधिकारी रहेको यो मतदान केन्द्रमा सहायक कर्मचारीको रुपमा कविता पाण्डेय, मीना भोमी र सपना श्रेष्ठलाई खटाइएको छ । यस्तै सहयोगी कर्मचारीको रुपमा राधिका बोहरालाई खटाइएको २ नं क्षेत्र निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

यस्तै सञ्जीवनी माविकै अड्डाबजार ‘ख’ मतदान केन्द्रमा पनि सबै कर्मचारी महिला मात्रै छन् । यो केन्द्रमा मतदान अधिकृतको रुपमा निष्ठा कर्माचार्य र सहायक मतदान अधिकृतको रुपमा अस्मिता पौडेललाई खटाइएको छ । यो केन्द्रमा सहायक कर्मचारीको रुपमा प्रेक्षा खनाल, समीक्षा बसेल र महेश्वरी चन्द तथा सहयोगी कर्मचारीको रुपमा लक्ष्मी हुमागाईंलाई खटाइएको छ । निर्वाचनमा जिल्लामा दुई हजार ४०० कर्मचारी खटाइने भएको हो ।

 

 

जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीका अनुसार ४०० मतदान अधिकृतका लागि ५१ उपसचिवस्तरका कर्मचारी, ५४६ शाखा अधिकृतस्तर र १९१ अधिकृत छैठौँ तहका कर्मचारीको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिफारिस गरिएको छ । यस्तै चार सहायक मतदान अधिकृतका लागि नायब सुब्बास्तरका ८७७, एक हजार दुई सय सहायक कर्मचारी तथा खरिदारस्तरका एक हजार ४६८ र चार सय सहयोगी कर्मचारीका लागि ५०३ कर्मचारीको नामावली सङ्कलन तयार गरिएको छ । जिल्लामा कूल तीन लाख २६ हजार ६११ मतदाता छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाको क्षेत्र नं १ मा १८ जना र क्षेत्र नं २ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यहाँ ११ स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९