छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु, श्रमबाटै सम्मृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले श्रम बैंक खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । नगर प्रमुख विष्णुकुमार भामले उक्त कार्यविधि राजपत्रमार्फत सार्वजनिक गर्नुभएको हो ।

 

 

नगरप्रमुखमा निर्वाचित भएदेखि प्रत्येक शनिबार नगरक्षेत्रका विभिन्न स्थानमा श्रमदानमा खटिँदै आउनुभएका प्रमुख भामले श्रमदानलाई निरन्तरता दिन, श्रमदान संस्कृति जोगाइराख्न र कम लागतका सानातिना समस्या श्रमदानबाटै समाधान गर्नका लागि कार्यविधि ल्याइएको बताउनुभयो ।

 

 

यसअघि स्वतःस्फूर्त रुपमा श्रमदान गर्न स्थानीय, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी सहभागी भए पनि को–को आए, कति घण्टा काम गरे, कतिपटक श्रमदानमा सहभागी भए भन्ने तथ्याङ्क राख्ने गरिएको थिएन । अब नगरपालिकामा सबै श्रमदान गर्नेहरुको रेकर्ड राखिनेछ । “यो कामको जिम्मेवारी रोजगार शाखाले हेर्नेछ र शाखा मातहतमै श्रमदान बैंक स्थापना हुनेछ”, उहाँले भन्नुभयो ।

 

 

श्रम बैंकमा पैसा होइन श्रम गरेको घण्टा जम्मा

बैंक भन्नेबित्तिकै पैसा जम्मा गर्ने, झिक्ने, ऋण लिने र दिने कुरा आउँछन् । तर यस बैंकमा प्रत्येक शनिबार नगरप्रमुखको अगुवाइमा हुने श्रमदानमा सहभागीहरुको श्रमदान गरेको घण्टा जम्मा हुनेछ । बैंक खाता खोल्न र खातामा घण्टा जम्मा हुनलाई कम्तीमा श्रमदानको दिन दुई घण्टा श्रमदान हुनुपर्छ ।श्रमदाता सबैको उक्त बैंकमा खाता खोलिनेछ । खातामा सबैको श्रमदानको घण्टा रेकर्ड राखिनेछ । श्रमदानमा सहभागी भएको र काम गरेको अवधि खातामा जम्मा हुनेछ ।

 

 

श्रमदातालाई सेवासुविधा

कार्यविधिमा श्रमदातामा जम्मा भएको घण्टाका आधारमा श्रमदातालाई नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत दिने दिने व्यवस्था गरिएको छ । श्रमदान गर्ने व्यक्तिले लिएको सेवासुविधाका आधारमा जम्मा भएका घण्टा खर्च हुँदै जानेछ भने थप श्रमदान गरे घण्टा जम्मा हुनेछ । श्रमदाताहरुले विभिन्न सिफारिस शुल्क छुट, स्वास्थ्य सेवा सहुलियत, यातायात सहुलियत, शैक्षिक सहुलियत र बिमालगायतमा सुविधा पाउनेछन् । “आफ्नो व्यक्तिगत कामलाई थाती राखेर विनाज्याला निःशुल्क श्रमदान गर्ने व्यक्तिहरुको सम्मानका लागि छुट भएका वा आवश्यक देखिएका थप सेवासुविधा पनि कार्यविधिमा थपघट गर्दै लगिनेछ भने वर्षभरिमा सबैभन्दा बढी श्रमदानमा सहभागी हुने र बढी घण्टा श्रमदान बैंक खातामा जम्मा गर्ने श्रमदातालाई सम्मान गरिनेछ”, कार्यविधिमा भनिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९