जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौँ, “जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय हो, चिन्तनको पाठशाला हो”, मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णका यी शब्दहरू केवल औपचारिक सम्बोधनका वाक्य होइनन्, जनकपुरको आत्माको अनुवाद हुन् ।

 

 

जनकपुरधाम–जहाँ प्रत्येक गल्लीमा कथा छ, प्रत्येक मन्दिरमा स्मृति छ, प्रत्येक आँगनमा अरिपनको रेखा छ र प्रत्येक आवाजमा मैथिलीको मिठास छ । यही सहरमा विगत १० वर्षदेखि एउटा महोत्सव हुँदै आएको छ– जनकपुरधाम साहित्य–कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव । हरेक दुई वर्षमा हुने यो महोत्सवको पाँचौँ शुङ्खला हालै (फागुन ५–८) सम्पन्न भएको छ । यसपटक पनि रङ्गमञ्चको उज्यालो, लोकगीतको लय र बहसको तापमा मैथिली सभ्यताको सांस्कृतिक पुनर्जागरणका स्वर गुञ्जिए ।

 

 

यो महोत्सव मैथिली विकास कोषको आयोजनामा २०७३ सालदेखि निरन्तर हुँदै आएको छ । पाँचौँ संस्करणसम्म आइपुग्दा यसले एउटा स्पष्ट सन्देश स्थापित गरेको छ– मैथिली राष्ट्रियताले केवल भावना खोजेको छैन; यसले सांस्कृतिक चेतनाको सुसङ्गठित पुनर्जागरण खोजेको छ ।

 

पछिल्लो समय यो महोत्सव मैथिली राष्ट्रियताको सांस्कृतिक पुनर्जागरणका लागि ऊर्जा भर्ने एक साझा मञ्चका रूपमा विकास हुँदै गएको छ । महोत्सवले जीवित सङ्ग्रहालय र चिन्तनको पाठशालाका रूपमा चिनिँदै आएको जनकपुरको सभ्यतालाई पुनर्ताजगी गर्न योगदान पुगिरहेको जानकाहरू बताउँछन् । यही सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख कर्णले भन्नुभएको थियो, “साहित्य, कला र नाटक कुनै पनि समाजको सभ्यताका प्रमाण हुन् । यिनले मानव हृदयलाई जोड्ने पुलको काम गर्छन् । नाटकले समाजको यथार्थ बोल्छ, साहित्यले चेतना भर्छ र कलाले सभ्यतालाई रङ्गाउँछ । प्रत्येक दुई वर्षमा आयोजना हुने यस महोत्सवले मधेसको मौलिक संस्कृति, अनुभूति र पर्यटनको सम्भावनालाई विश्वसम्म पुर्याउन जुन योगदान गर्दै आएको छ, त्यो प्रशंसनीय छ ।”

 

 

उहाँको यो कथनले महोत्सवको सार र जनकपुरको सांस्कृतिक आयामलाई सटीक रूपमा समेट्छ । वास्तवमा, मिथिलाको सांस्कृतिक धरातलमा उभिएको जनकपुर नाट्य महोत्सव केवल साङ्गीतिक वा रङ्गमञ्चीय कार्यक्रम होइन; यो पहिचान, इतिहास र समकालीन चेतनाको समागम हो ।

 

 

जनकपुरधामः सभ्यताको जीवित पाठशाला

प्राचीन विदेहको प्रज्ञा, माता जानकीको पवित्र पदचाप र मिथिलाको अनन्य वैभव बोकेको जनकपुरधाम धार्मिक आस्थाको केन्द्रमात्र होइन, यो बहुपरम्परा, बहुभाषिकता र बहुसांस्कृतिक सहअस्तित्वको जीवन्त अभ्यासस्थल हो । यही ऐतिहासिक भूमिमा मैथिली विकास कोषले विगत एक दशकदेखि प्रत्येक दुई वर्षमा नाट्य महोत्सव आयोजना गर्दै आएको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार महोत्सवको उद्देश्य उत्सव मनाउनुमात्र होइन, यहाँको वैभवशाली संस्कृतिको उजागर गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ध्यानाकर्षण गर्नु हो ।

 

 

उहाँ भन्नुहुन्छ, “हाम्रो इतिहास कति समृद्ध छ भन्ने देखाउनुमात्रै छैन, त्यसलाई कसरी जोगाउने र नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्ने भनेर विमर्श पनि गर्नुछ । महोत्सव त्यसकै माध्यम हो । भाषा, चित्रकला, नाटक, साहित्यिक गोष्ठी र विमर्शमार्फत मिथिलाको बहुआयामिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने प्रयास गरिरहेका छौँ ।”

 

 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले महोत्सवलाई ‘मैथिली जरुवा संस्कृति’को सिर्जनात्मक मञ्चका रूपमा चित्रित गर्नुभएको छ । “मैथिली समाजको विकास भनेको केवल सांस्कृतिक संरक्षण होइन, यो समावेशी सहभागिता, राष्ट्रिय एकता र मानव–पर्यावरणीय सहअस्तित्वको सशक्त आधार हो । यसलाई सामुदायिक–प्रादेशिक पहलसहित राष्ट्रिय अन्तरराष्ट्रिय पहुँच पुर्याउन आफ्नो नवजागरण र सचेत गतिशीलता आवश्यक छ । उहाँ भन्नुहुन्छ, “जनकपुर नाट्य महोत्सवले स्थानीय कला, भाषा र संस्कृतिलाई ‘राष्ट्रिय भावधारा र सांस्कृतिक नारा’मा स्वअस्थित्व र अपनत्वको मौलिक अभिव्यक्ति दिँदै राष्ट्रिय–अन्तरराष्ट्रिय रूपमा पहिचान विस्तार गर्न सशक्त सांस्कृतिक मञ्चको भूमिका निर्वाह गरिरहेको छ ।”

 

 

राजर्षिजनक विश्वविद्यालयका उपकुलपति प्रा डा अमरप्रसाद यादव पनि यस महोत्सवलाई मिथिलाको सांस्कृतिक ऊर्जा नयाँ पुस्तामा सञ्चार गर्ने प्रभावकारी माध्यम बन्दै गएको उल्लेख गर्नुहुन्छ । “मिथिलाको माटो आफैँमा जीवन्त काव्य हो । यहाँको अरिपन, भजन, नचारी र नाट्य परम्पराले समाजको ऐना देखाउँछ । महोत्सवले यसलाई विश्वसम्म पुर्याउन टेवा दिएको छ”, उहाँको भनाइ छ, “राजर्षिजनकको यो तपोभूमिमा साहित्य केवल मनोरञ्जनका साधनमात्र नभएर जीवनपद्धति र संस्कारका अभिभाज्य रङ्ग हुन् । यो महोत्सवले मैथिली भाषाको मिठास, मिथिला चित्रकलाको गहिराइ र रङ्गमञ्चको जीवन्ततालाई वैश्विक क्षितिजसम्म विस्तारमा योगदान गरिरहेको छ ।”

 

 

शोभायात्रा : सडकमा देखिने समावेशी मिथिला

महोत्सवको सबैभन्दा आकर्षक र अर्थपूर्ण आयाम हो– पहिलो दिनको शोभायात्रा तथा सांस्कृतिक झाँकी प्रदर्शनी । मिथिलाको परम्परागत पहिरन, लोकसंस्कार, बहुभाषिक–बहुसांस्कृतिक झाँकी र विभिन्न समुदायको सहभागिताले उक्त दिन जनकपुरको सडकलाई सांस्कृतिक रङ्मञ्चमा रूपान्तरण गर्छ । जानकारहरू यसलाई एक प्रकारको सांस्कृतिक घोषणाको रूपमा चित्रण गर्छन् । त्यहाँ सहभागीको भावभङ्गीले घोषणा गर्छ, “हामी छौँ, हाम्रो इतिहास छ, हाम्रो भाषा छ ।”

 

 

यस्तै, उद्घाटन सत्रमा प्रस्तुत हुने सांस्कृतिक झाँकीले मैथिल सभ्यताको जीवन्तता, अनेकतामा एकता, मौलिक पहिचानसँग वर्तमान समाज र नवपुस्तालाई साक्षात्कार गर्ने अवसर दिन्छ । मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ भन्नुहुन्छ, “मिथिलाको कुरा किताबमा पढेरमात्रै होइन, सडकमा देखेर अनुभूति हुन्छ । यहाँ मुस्लिम समुदायका किशोरीदेखि सीमान्त समुदायका प्रस्तुति देख्दा साँचो अर्थमा समावेशी मिथिलाको झल्को पाइन्छ । त्यसलाई नवपुस्ताले महसुस गर्नेगरी प्रसार गरेको अनुभूत हुन्छ ।”

 

 

शोभायात्रामा मुस्लिम समुदायका किशोरीदेखि तामाङ सेलोसम्मको सहभागिताले एउटा गहिरो सन्देश दिन्छ– मिथिला कुनै एक जाति वा समुदायको मात्रै होइन, यो सबै जाति र सभ्यताको साझा विरासत हो । विविधतामा एकताको यो दृश्यले नयाँ पुस्तालाई पुस्तकभन्दा पर प्रत्यक्ष अनुभूतिमार्फत आफ्नो सभ्यतासँग साक्षात्कार गराउँछ ।

 

 

कोषका नाटक समिति संयोजक साहित्यकार रमेश रञ्जनको शब्दमा भन्ने हो भने महोत्सव जनकपुरको ‘गौरवशाली अतित र ऊर्जायुक्त वर्तमान’ लाई जोड्ने पुल बन्दै गएको छ । “जनकपुर ऐतिहासिक, सांस्कृतिक र बौद्धिक दृष्टिले महत्त्वपूर्ण भूमि हो । बदलिँदो समय र विश्वव्यापी प्रभावका कारण सामाजिक–सांस्कृतिक चुनौतीहरू देखिए पनि सकारात्मक र सिर्जनात्मक प्रयासमार्फत समाजलाई सही दिशामा अघि बढाउन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “जनकपुर नाट्य महोत्सवले स्थानीय प्रतिभा, मौलिक विषयवस्तु र समसामयिक यथार्थलाई मञ्चमार्फत प्रस्तुत गरी समाजमा चेतना र सांस्कृतिक जागरण फैलाउने काम गरिरहेको छ ।”

 

 

 

नाटक र विमर्श : भावनाबाट विचारतर्फ

महोत्सव केवल मनोरञ्जनमा सीमित छैन । यसपटक यहाँ ‘उठलै किए विहाडि ?’, ‘नागरिक आन्दोलनः भूत, वर्तमान र भविष्य’, ‘सुगम प्रदेशमे दुर्लभ शिक्षा’, ‘लेबर सोल्जर’, ‘सीमान्तक स्वर’ जस्ता विषयमा गहन विमर्श भयो । चार दिनसम्म भाषा, संस्कृति, शिक्षा, रोजगारी, राजनीतिक चेतना, नागरिक आन्दोलन, सीमान्त आवाज र समसामयिक मधेसका मुद्दामाथि गहन बहस भयो । यसले नीतिगत हस्तक्षेपका लागि पनि दबाब सृजना गरिरहेको छ । त्यहाँ मिथिलाको पहिचान, आदिम सभ्यताको गौरबगाथाबारे चर्चा, वर्तमानका उल्झनबारे विमर्श र सुन्दर भविष्यका लागि गहन चिन्तन पनि हुन्छ । प्रस्तुतिका विधा फरक थिए– विमर्श, नाटक मञ्चन, कवि गोष्ठी, मिथिला चित्रकला तथा हस्तकला प्रदर्शनी, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम तथा अन्य सङ्गोष्ठी । भाषा र शैली पनि फरकफरक थिए, तर निष्कर्षमा मिथिला र मैथिली सभ्यता तथा पहिचानको निजत्व, महत्व एवं प्रभुत्वबारे पुनर्ताजगीको प्रयास भयो ।

 

 

वरिष्ठ पत्रकार एवं कोषका सदस्यसचिव श्यामसुन्दर शशी भन्नुहुन्छ, “मैथिल राष्ट्रियता भावनाको विषयमात्र होइन; यो राजनीतिक चेतनासँग पनि जोडिएको छ । आफ्नो भाषा र भूगोलबारे नबोल्ने समाज अन्य हिसाबले पनि सशक्त हुन सक्दैन । त्यसैले हामीले सांस्कृतिक जागरणको कुरामात्रै होइन मधेसको नवीन पहिचानको चर्चा र चिन्ताबारे विमर्श गरिरहेका छौँ ।”

 

 

उहाँले चुरेको दोहन, पानी सङ्कट, शिक्षा र रोजगारीको अभावजस्ता विषयलाई पनि सांस्कृतिक विमर्शसँग जोड्न आवश्यक रहेको बताउनुभयो । “संस्कृति केवल विगतको स्मरण गर्ने चिज होइन, भविष्य जोगाउने हतियार पनि हो । उल्लेखित विषयले महोत्सवलाई यथार्थसँग जोडेको छ । महोत्सवले भावनात्मक आवेगलाई नीतिगत विमर्शतर्फ रूपान्तरण गर्ने प्रयत्न गरिरहेको छ”, शशीले भन्नुभयो ।

 

 

विभाजित समय र साझा मञ्च

हाल देश निर्वाचनमय छ । राजनीतिक ध्रुवीकरणले समाजलाई कित्ताकाट गरिरहेको छ । यस्तो समयमा महोत्सवले सबै विचार र समुदायलाई एउटै थलोमा ल्यायो । यहाँ उठान गरिएका मुद्दालाई ‘राजनीतिक स्वामित्व’को विषय बनाउन झक्झक्यायो । यसले नयाँ भाष्य निर्माण गर्न खोजेको थियो– निषेधमा होइन, सहकार्यमै सबैको हित र आत्मसम्मान सुरक्षित हुन्छ ।

 

 

मधेसका विभिन्न भूभागमा बेलाबेला सामाजिक तथा धार्मिक द्वन्द्वको स्थिति बन्छ । यो मञ्चले निषेध होइन, बरु यो भूगोलमा बस्ने हिन्दू, मुस्लिम, पहाडी, मधेसी, दलित र सीमान्तकृत सबै जातजाति र धर्मबीचको सहकार्यले नै सुन्दर भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको छ । वरिष्ठ साहित्यकार एवं कोषका संस्थापक अध्यक्ष डा राजेन्द्र विमलका अनुसार महोत्सवले विभाजित मनस्थितिलाई जोड्ने प्रयास गर्दै आएको छ । यहाँ कला, साहित्य र राजनीति सबै विषयमा गहन विमर्श हुन्छ । यो चिन्तन परम्परालाई पुनर्जीवित गर्ने अभियान हो ।

 

 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले पनि महोत्सवले जातीय, भाषिक र सांस्कृतिक विविधतामा एकताको भाव जगाउन सहयोग गरेको बताउनुभयो । “नेपालका धेरै सभ्यता, मौलिक विशिष्टतायुक्त कला–संस्कृति, रहनसहनमध्ये मिथिलाको आफ्नै छुट्टै प्राचिन पहिचान छ । त्यसको जगेर्ना गर्न सबै लाग्नुपर्छ । महोत्सवले विविध मुद्दामा एउटा स्पष्ट दृष्टिकोण दिइरहेको छ, तिनको व्यावहारिक कार्यान्वयनका लागि सबैसँग मिलेर काम गर्न उपमहानगरपालिका तयार छ”, उहाँको भनाइ थियो ।

 

 

कोषका अध्यक्ष चौधरीका अनुसार महोत्सवको लक्ष्य इतिहासको गौरव देखाउनुमात्र होइन, त्यसलाई जोगाउने र प्राज्ञिक परम्परालाई जीवन्त राख्ने हो । विभिन्न जातजाति र समुदायका सांस्कृतिक झाँकी, साहित्यिक गोष्ठी, नाटक मञ्चन र अन्तरक्रियाले यस उद्देश्यलाई मूर्तरूप दिइरहेको छ ।

 

 

सरकार तथा सरोकार भएकाहरूको प्रतिबद्धता

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उद्घाटन मन्तव्यमा महोत्सवलाई प्रदेशका सबै भाषा, साहित्य र सांस्कृतिक एकताको साझा मञ्चको रूपमा चित्रित गर्नुभयो । उहाँले भन्नुभयो, “यो महोत्सव राष्ट्रिय तथा वैश्विक परिवेशमा मैथिली कला, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यस अभियानमा प्रदेश सरकारले आवश्यक सहकार्य र सहयोग गर्छ ।”

 

 

शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले पनि स्थानीय समुदायमा भाषा र संस्कृतिप्रति गर्वको भावना बढाउन महोत्सव सफल भइरहेको उल्लेख गर्दै प्रदेश सरकार सहआयोजकका रूपमा यस अभियानमा जोडिएकामा खुसी व्यक्त गर्नुभयो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले महोत्सवका क्रममा उठेका मुद्दा सम्बोधन र भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि सहकार्य गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

 

 

पछिल्लो समय हरेक सांस्कृतिक सभ्यताले संरक्षण र पुस्तान्तरणको स्पष्ट आधार खोजिरहेका छन् । यस्तो बेला ‘जनकपुरधाम साहित्य–कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव’ सम्पन्न हुनु स्वयंमा महत्त्वपूर्ण छ । हरेक दुई वर्षमा आयोजना हुने यो महोत्सव मिथिलाको साझा विरासतको उत्सव र एकीकृत भविष्यको लागि एक सुन्दर सङ्कल्पका रूपमा विकास हुँदै गएको छ ।

 

 

महोत्सवले युवा पुस्तामा मैथिली भाषा र संस्कृतिप्रति नयाँ आत्मविश्वास जागृत गर्न थालेको छ । वक्तृत्वकला, चित्रकला प्रदर्शनी, पुस्तक मेला र नाट्य प्रशिक्षणले पुस्तान्तरणको प्रक्रिया सुदृढ बनाउँदै लगेको विश्वास गरिएको छ ।

 

 

मैथिली विकास कोषको आयोजना र प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम र नेपोभिट टायल्स प्रालिको सहआयोजनामा सम्पन्न महोत्सवलाई भावनात्मक सम्बन्ध विस्तारमा थप प्रभावकारी बनाउने गरी विकास गरिनुपर्ने स्थानीयको भनाइ छ ।धर्मेन्द्र झा र टिकाराम सुनार/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९