हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन

भजनी (कैलाली), १७ फागुन : दुई दशकदेखि कैलालीको टीकापुरको एकतानगर सुकुम्बासी शिविरमा बस्दै आउनुभएका राजु विकको चाहना एउटै छ लालपुर्जासहितको जग्गा प्राप्ति । जग्गाजमिन नभएर वर्षौँदेखि घरबासको आशामा बस्नुभएका उहाँको त्यो आशा अझै पूरा हुनसकेको छैन । पटकपटक लालपुर्जाको आश्वासन पाउँदै आउनुभएका उहाँको सपना पूरा गर्न कसैले सकेका छैनन् ।

 

 

विसं २०६४ देखि हरेक निर्वाचनका बेला लालपुर्जासहितको आवास उपलब्ध गराउने बताएका राजनीतिक दल, नेता तथा उम्मेदवारहरू हरेक निर्वाचनमा रित्तो बस्तीमा फर्किँदा राजु मन खिन्न हुने गरेको बताउनुहुन्छ । हरेक निर्वाचनमा भोट बटुल्न सबै उम्मेदवारले प्रमुख एजेन्डा बनाए पनि पूरा गर्ने उम्मेदवार कोही नभएको उहाँको धारणा छ । “अघिपछि सुनसान हुने सुकुम्बासी बस्तीमा यतिबेला निकै चहलपहल छ । एकपछि अर्को राजनीतिक दल र उम्मेदवार बस्तीमा आश्वासन बाड्दै भोट माग्दै आउनुहुन्छ”, उहाँ भन्नुहुन्छ, “हामीले प्रश्न गर्दा उम्मेदवारसँग विश्वास गर्ने जवाफ हुँदैन । वर्षौँदेखिको जवाफ लालपुर्जा दिनेमात्रै हो । त्यो जवाफले सार्थकता नपाउँदा कति वर्ष यसैगरी बस्नुपर्ने हो भन्ने चिन्ताले सताउँछ ।”

 

 

लालपुर्जा पाउने आसमा वर्षौँदेखि भूमिहीन, सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीहरूले हरेक निर्वाचनमा मतदान गर्दै आउनुभएको छ । जिल्लाको तथ्याङ्क हेर्दा पनि झन्डै डेढ लाख परिवार भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीले उम्मेदवारले आश्वासन दिएकै भरमा ती उम्मेदवारलाई जिताउँदै आउनुभएको विगतका निर्वाचनले पनि पुष्टि गर्दै आएको छ । घोषणापत्रमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिने एजेन्डालाई प्राथमिकतामा राखेर उम्मेदवारहरू कैयौँपटक चुनाव जिते पनि सुकुम्बासीको पुर्जा पाउने सपना पूरा हुनसकेको छैन ।

 

 

दुई दशक अगाडि बाजुरामा पहिरोका कारण विस्थापित भएर टीकापुर सुकुम्बासी शिविरमा बस्दै आउनुभएकी बालिका सिंहलाई उम्मेदवारको आश्वासनमा कत्ति पनि भरोसा छैन । वर्षौँदेखि लालपुर्जाको आश्वासन दिएर गएका नेता चुनावको समयमा मात्रै मुख देखाउन आउने गरेको उहाँको भनाइ छ । “आजभोलि भोट चाहिने हुँदा आउनेजाने भएको छ ।” उहाँ भन्नुहुन्छ, “बर्खाको समयमा हिलाम्मे सडक बन्दा, माटोका घर डुब्न लाग्दा कोही आउँदैनन् । चुनाव सकिएपछि जनतालाई के समस्या छ भनेर कोही आउँदैन ।”

 

 

गर्मीयाम सुरु भएसँगै शिविर बस्तीमा हुरीबतासले घरसँगैका सुकेका रुख कतिबेला घरमा बजारिन्छन् भन्ने त्रासले रातभर जाग्राम बस्नुपर्ने पीडा जीवितै रहेको त्यस क्षेत्रका नागरिकको गुनासो छ । “घरका अगाडि ठूला सुकेका रुख कतिबेला ढल्छन् थाहा हुँदैन । हुरीबतास आएका बेला त्यसैगरी रुख ढलेर बर्सेनि मान्छेको ज्यान गइरहेको छ”, बिन्द्रा चौधरी भन्नुहुन्छ, “पीडा सुनाऊ भने कति छन् कति, सुनिदिने कोही छैन । त्यो पीडा सम्बोधन गरिदिने कोही छैन । सबैलाई आफ्नै स्वार्थ पूरा गर्नुछ ।”

 

 

गत वर्ष एकतानगर शिविरमा बस्दै आउनुभएकी जवारा विकको घर अगाडिको रुख हुरीबतासले ढल्यो । धन्न दिउँसोको समयमा सुकेको रुख ढलेका कारण कुनै मानवीय क्षति भने भएन । घरमाथि परेका रुखका हाँगा काटेपछि जवाराका श्रीमान्ले जेल जानुपर्यो । “घरमाथि परेका रुखका हाँगा काट्दा मेरो श्रीमान्ले जेल जानुपरेको थियो । रु दुई लाख जरिवाना तिर्नुपर्यो”, जवारा भन्नुहुन्छ, “त्यो पीडा आज पनि ताजै छ । हाम्रो पीडा सुनिदिने कोही भए त त्यसबेला भन्न सक्थे होलान् । अप्ठ्यारो परेका बेला आफ्नो कोही हुँदैनन् ।”

 

 

टीकापुर नगरपालिकाभित्र नौवटा सुकुम्बासी, मुक्तकमैया शिविर छन् । लगभग पाँच हजार घरपरिवार त्यहाँ बसोबास गर्दै आएको छ । ती बस्तीमा यसभन्दा पहिलेका निर्वाचनमा उठाउँदै आएका चुनावी एजेन्डा यसपटक उम्मेदवारले फेरेका छन् । विसं २०७९ को निर्वाचनमा बसोबास गर्दै आएकै क्षेत्रमा पाँच कट्ठासम्म जग्गा उपलब्ध गराउने आश्वासनसहित सम्झौता गरेका राजनीतिक दलले यसपटक भने आवश्यक कानुन संशोधन गरेर सुकुम्बासी मुक्तकमैयालाई लालपुर्जा वितरण गर्ने रणनीति अपनाएका छन् । प्रमुख राजनीतिक दलका उम्मेदवारले आफ्नो चुनावी घोषणापत्रमा कानुनी प्रक्रिया पूरा गरेर सुकुम्बासी मुक्तकमैयालाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

 

 

“विगतका निर्वाचनभन्दा यसपटक प्रायः उम्मेदवारले सुकुम्बासी मुक्तकमैया बस्तीका विषयमा फरक रणनीति बनाएर भोट माग्न आउनुभएको छ ।” सोही ठाउँका विजय चौधरी भन्नुहुन्छ, “पहिले चुनाव जिते लालपुर्जा दिने कुरा हुन्थ्यो, अहिले चुनाव जिते आवश्यक कानुन संशोधन गरेर सबै सुकुम्बासी मुक्तकमैयालाई लालपुर्जा वितरण गर्छौँ भन्ने आएको छ ।” उम्मेदवारले लालपुर्जा दिने विषयमा रणनीति फेरे पनि पटकपटक विश्वासघात हुँदै आएकाले विश्वास लाग्न छाडेको उहाँ बताउनुहुन्छ ।

 

 

भूमि समस्या समाधान आयोग कैलालीका अनुसार जिल्लामा एक लाख ४५ हजार ५७२ परिवारले जग्गा दर्ताका लागि आयोगको निवेदन भरेका छन् । तीमध्ये २१ हजार ५४५ जना भूमिहीन, एक लाख १८ हजार ८१३ अव्यवस्थित बसोबासी र पाँच हजार २१४ जनाको निवेदन अधुरो रहेको आयोगले जनाएको छ । वर्षौँदेखि आफूले भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाउनुपर्ने अडानमा सुकुम्बासी मुक्तकमैया छन् ।झलनाथ खनाल/ रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९