झुपडीबाट पक्की घरमाः फेरिँदै लहानको मुसहर बस्ती

सिरहा,  सिरहाको लहान नगरपालिका—२२ जहदी गमहरियास्थित मुसहर बस्तीको अचेल रूपरेखा फेरिएको छ । हिजोसम्म च्यातिएका त्रिपाल र जीर्ण फुसका छाप्राहरूले भरिएको यो बस्तीमा अहिले लहरै २४ वटा आधुनिक पक्की घरहरू ठडिएका छन् ।

 

लहान नगरपालिका र ‘ह्याबिट्याट फर ह्युमानिटी नेपाल’को कुल रु एक करोड २८ लाखभन्दा बढीको द्विपक्षीय लगानी, स्थानीय भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोग तथा सहजीकरण र स्थानीयको श्रमदानमा निर्माण गरिएका यी सुरक्षित घरहरूले वर्षौंदेखि ओत खोजिरहेका दलित परिवारको जीवनस्तर नै बदलिदिएको छ ।

 

यो सुखद परिवर्तनले बस्तीकी ५० वर्षीया शान्ति सदायको अनुहारमा पनि बेग्लै चमक ल्याएको छ । वर्षाको समयमा छानोबाट पानी चुहिएर रातभर जाग्राम बस्नुपर्ने र जाडोमा शीतलहरले जीउ काप्ने कष्टकर दिनहरू अब सदाका लागि अन्त्य भएका छन् । नयाँ पक्की घरको छेवैमा रहेको पुरानो जीर्ण फुसको छाप्रोलाई देखाउँदै उहाँ हर्षित मुद्रामा भन्नुहुन्छ, “छोरा धर्मदेव, बुहारी सोनी र चार जना नातिनातिनाको साथमा यो सानो झुपडीमा कति कष्ट सहेर बस्यौँ, त्यो त भगवान्लाई मात्र थाहा छ । अब त आफ्नै पक्की घर भयो, ढुक्कले निदाउन पाइने भयो ।”

 

शान्तिको जस्तै खुसी सोही टोलका जहर मोची र घुघरी मोचीको अनुहारमा पनि प्रस्टै देखिन्छ । मजदुरी गरेर जेनतेन जीविका चलाउँदै आएका उनीहरूका लागि पक्की घर केवल एक सपना जस्तै थियो, जुन अहिले विपनामा परिणत भएको छ ।

 

जहदी गमहरियाका यी मुसहर तथा दलित बस्तीका २४ विपन्न परिवारका लागि मङ्गलबारको दिन उत्सव जस्तै बन्यो, जब ‘विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रम’ अन्तर्गत निर्मित घरहरूको चाबी लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले एक विशेष समारोहबीच उनीहरूलाई हस्तान्तरण गर्नुभयो । यो आवास परियोजनाका लागि लहान नगरपालिकाले रु ८२ लाख ८५ हजार र ह्याबिट्याट फर ह्युमानिटी नेपालले रु २० लाख आर्थिक सहयोग गरेका हुन् भने लाभग्राही घरधनीहरूले रु २५ लाख ७१ हजार बराबरको श्रमदान गरेका छन् ।

 

 

भवानी एकीकृत विकास केन्द्रका कार्यक्रम निर्देशक सुजित चौधरीका अनुसार नवनिर्मित प्रत्येक घरमा दुईवटा कोठा, एक भान्सा कोठा, बरन्डा र व्यवस्थित शौचालयको व्यवस्था गरिएको छ । यी घरहरू पूर्ण रूपमा भूकम्प प्रतिरोधी हुनाका साथै यिनीहरूको न्यूनतम आयु ३० वर्षभन्दा बढी रहेको छ ।

 

 

नयाँ घरको साँचो हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले नगरभित्रका कोही पनि विपन्न नागरिक घरविहीन हुन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो । सार्वजनिक ऐलानी जग्गा अतिक्रमण खाली गर्ने नाममा अन्य स्थानीय तहमा विना विकल्प डोजर चलाएर भूमिहीन दलित र अन्य विपन्न समुदायको उठिबास भइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “हरेक विपन्न र भूमिहीन नागरिकको एउटा सुरक्षित र भरपर्दो घर होस् भन्ने सपना हुन्छ । स्थानीय सरकारको हैसियतले हामीले उहाँहरूको त्यही सपनालाई क्रमशः साकार पार्दै लगेका छौँ । भूमिहीन, दलित र विपन्न पनि नगरकै बासिन्दा हुन्, नागरिकलाई अप्ठ्यारो परेका बेला स्थानीय सरकारले सघाउँछ भन्ने सन्देश दिन हामीले यो आर्थिक सहयोग गरेका हौँ । लहान नगर क्षेत्रका सुकुमवासी, गरिब र विपन्नलाई व्यवस्थित बसोबासका लागि सुरक्षित घर बनाएर दिने यो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ ।”

 

 

नयाँ घर पाएसँगै अब यी विपन्न परिवारको आर्थिक भार पनि कम हुने भएको छ । यसअघि हरेक वर्ष वर्षा र हावाहुरीले भत्काउने अस्थायी फुसको घर मर्मत गर्नमै उनीहरूको ठूलो कमाई खर्च हुने गथ्र्यो । घर हस्तान्तरण समारोहमा भवानी एकीकृत विकास केन्द्रका कार्यक्रम निर्देशक चौधरीले घर पाएकाहरूलाई अब घर मर्मतमा खर्च हुने रकम जोगाएर छोराछोरीको शिक्षामा लगाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मजदुरी गरेर कमाएको थोरबहुत रकम पनि पहिले घर टाल्नैमा सकिन्थ्यो, अब २५÷३० वर्ष घर मर्मतमा अतिरिक्त रकम खर्च गर्नुनपर्ने भएकाले त्यही रकम छोराछोरीको पढाइमा लगाउँदा उनीहरूको भविष्य राम्रो बन्न सक्छ ।”

 

 

यसअघि लहान नगरपालिकाका–१२, १३, १५ र २१ मा गरी २०० भन्दा बढी सुरक्षित घरहरू निर्माण गरेर लक्षित परिवारलाई हस्तान्तरण गरिसकिएको ह्याबिट्याट फर ह्युमानिटी नेपालका प्राविधिक संयोजक रामसुन्दर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार, बुधबार वडा नं २१ वेतहाका थप १६ घरपरिवारलाई पनि नयाँ घर हस्तान्तरण गरिँदै छ । त्यस्तै, यसै आर्थिक वर्षभित्र नगरको वडा नं १३ मा थप १० घर, वडा नं १५ मा सात घर र वडा नं १८ मा आठ घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको छ ।हिजोसम्म खुला आकाश र च्यातिएको त्रिपालमुनि रात काट्न बाध्य मुसहर बस्तीका रैथानेहरू आज आफ्नै पक्की घरको बरण्डामा बसेर आफ्ना बालबच्चाको उज्यालो भविष्यको सुन्दर सपना कोर्न थालेका छन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक...

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ),  केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सीप, सृजना र आम्दानीको माध्यम बन्न थालेको छ ।यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ...

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ,  स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु ४०० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि रु तीन लाख ११ हजार ३०० निर्धारण भएको छ ।यस्तै,...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

कृषि उद्यमबाट सहकारीमा जम्दै मधेसका महिला

महोत्तरी,  आम रुपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र गनिन्छ भन्ने गुनासो सुनिन्छ ।  तर पछिल्ला समयमा मधेसका महिलाले सहकारीका माध्यमले कृषि क्षेत्रका कामबाटै आपूmलाई सामाजिक र आर्थिक क्षेत्रमा सफल उद्यमीका रुपमा उभ्याएका छन् ।     महिला मात्र आबद्ध महिला सामाजिक उद्यमी सहकारी मधेसमा स्थापित मानिन्छन्...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम,  विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ ।प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ ।     म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य...

व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ

महेन्द्रनगर,  कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् । राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९