काठमाडौँ, विराटनगर किंग्सका फाफ डू प्लेसिसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कीर्तिमानी अर्धशतक पूरा गरेका छन् । सुदूरपश्चिम रोयल्सका विरुद्धका उनले १९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी छिटो अर्धशतक हिर्काउने खेलाडी बने । यसअघि काठमाडौँ गोर्खाजका भीम सार्कीले पनि पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै अर्धशतक पूरा गरेका थिए । जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी हर्मित सिंहले पनि काठमाडौँविरुद्ध १९ बलमा अर्धशतक जोडेका थिए । यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ । राष्ट्रिय समाचार समिति (रासस)




























































































































































