एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौँ, नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ । प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ । लयमा क्रिकेट खेलेर पनि प्लेफर्म नपाएका खेलाडीका लागि एनपिएल सुनौलो अवसर बनेको हो । साथै आर्थिक हिसाबले पनि खेलाडीको अवस्था मजबुद बनाउन सहयोग मिलेको छ ।

कीर्तिपुर मैदानमा फ्लडलाइट र प्याराफिट पनि जडान गरिएको छ । घरेलु मैदानमै फ्लडलाइट पहिलोपटक प्रतियोगिता भएको हो । यसको अनुभव नेपाली खेलाडीले घरेलु मैदानमै गर्न पाए । एनपिएलमा धेरै नवप्रतिभाले पनि अवसर पाएका छन् । उनीहरुका लागि सुखद् पक्ष पनि हो । विदेशी खेलाडीबाट सिक्ने र अनुभव साटासाट गर्न समेत मिलेको छ । प्रत्येक टोलीको अन्तिम ११ मा चार जना खेलाडी खेल्ने गर्दछन् । जसले गर्दा मैदानमै उनीहरुबाट नेपाली खेलाडीले सिक्ने मौका मिलेको छ ।

फाइनल पुगेका सुदूरपश्चिम रोयल्सका युवा खेलाडी हिक्मत महरा एनपिएल खेल्न पाउँदा एकदमै खुसी देखिनुभएको छ । ट्यालेन्ट हन्टबाट छानिएका हिक्मतले पहिलोपटक कीर्तिपुर मैदानमा क्रिकेट खेलेका हुन् । उहाँले भन्नुभयो, “पहिलोपटक एनपिएलमार्फत कीर्तिपुर मैदानमा खेल्न पाउँदा निकै खुसी छु । विदेशी खेलाडीबाट अनुभव पनि लिन पाइयो ।”

चितवन राइनोजविरुद्ध डेब्यू गरेका हिक्मतले उक्त खेलमा विदेशी खेलाडी शैफ जैबको विकेट पनि लिए । उहाँले भन्नुभयो, “मेरो ड्रिम डेब्यू भएको छ । पहिलो खेलमै विदेशी खेलाडीको विकेट लिदा एकदमै खुसी छु ।एनपिएलका साथै  ग्रासरुट क्रिकेट पनि निरन्तर रूपमा भएमा नयाँ प्रतिभा अझै आउने हिक्मतको भनाइ छ ।

विराटनगर किङसका अलराउन्डर खेलाडी नरेन भट्ट पनि एनपिएलले नेपाली क्रिकेटको विकास र नवप्रतिभाका लागि राम्रो अवसर रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नयाँ खेलाडीका लागि सिक्ने र क्षमता देखाउने राम्रो अवसरका रूपमा एनपिएल रहेको छ, यहाँ राम्रो प्रदर्शन गर्न सके भविष्यको ढोका पनि खुल्छ ।”

नेपाली यु १९ राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालीसकेका नरेनले टिभीमा हेर्ने खेलाडीसँग  खेल्न र अनुभव लिन पाइरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “टिभीमा हेर्ने खेलाडीसँगै खेल्न मिलेको छ । अनुभव साटासाट गर्न पाइएको छ ।  यो सिक्ने अवसर हो । यहाँ राम्रो खेल्नु हाम्रो लागि आवश्यक छ ।”

लुम्बिनी लायन्सका बलर अलराउन्डर शेर मल्ल एनपिएल राम्रो एक्सपोजर भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एनपिएल राम्रो एक्सपोजर हो । यहाँ हामीले राम्रो प्रदर्शन गर्न सक्नुपर्दछ । यहाँ राम्रो खेल्यौँ भने भोलि राष्ट्रिय टिममा पर्ने  समभावना हुन्छ ।”

खेलाडीका लागि आर्थिक हिसाबले पनि एनपिएल राम्रो रहेको बताउदै उहाँले क्रिकेट खेलेरै पनि बाच्न सकन्छि भन्ने आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्रिकेट महङ्गो खेल छ । एनपिएलमा बोली लगाएर खेलाडी किनिने भएकोले खेलाडीको आर्थिक अवस्था पनि बढ्दै जान्छ । क्रिकेट खेलेर पनि बाच्न सकिन्छ भन्ने आधार हुन्छ ।”

नेपाली क्रिकेटकै ठुलो लिग खेल्न पाउँदा सुदूरपश्चिम रोयल्सका दीपक बोहरा पनि खुसी रहनुभएको छ । उहाँले भन्नुभयो, “ठुला खेलाडीसँगै खेल्न पाउँदा एकदमै खुसी छौँ । एनपिएलबाट राम्रो अनुभव हुँदैछ । धेरै कुरा सिक्न पाइरहेका छौँ ।”पोखरा एभेन्जर्सबाट एनपिएल खेलेका किरण ठगुन्ना पनि एनपिएलबाट धेरै कुरा सिक्ने मौका मिलेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एनपिएलबाट धेरै कुरा सिक्न मिलेको छ । विदेशी खेलाडी र नेपाली अग्रज खेलाडीसँग अनुभव साटासाट गर्न पाइयो ।”

नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा पछिल्लो समय लोकप्रिय खेलका रूपमा क्रिकेट उदाएको बताउनुभयो । नेपाली क्रिकेटको यो स्वर्णीम युग हो । योभन्दा पहिला क्रिकेटको यो उचाइ पुग्न सकेको थिएन। उहाँले भन्नुभयो, “एनपिएलले क्रिकेट थप बलियो बनाउँदै खेलाडीलाई व्यवशायिक बनाउन मद्दत पुग्नेछ । साथै खेलाडी उत्पादनका लागि पनि महत्वपूर्ण छ । एनपिएलले नेपाली क्रिकेटको विकासमा थप टेवा पुर्याउनेछ ।”

जारी एनपिएलमा आठ टोली सहभागी छन् । जसमध्ये कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज बाहिरिसकेका छन् । विराटनगर किङस र लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज भिड्दैछन् । आज जित्ने टोली मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग फाइनलमा खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ,  जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक...

‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको छ ।     यही मङ्सिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०)सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन सङ्घको मुख्यालयमा आयोजित अन्तरराष्ट्रिय साझेदारीका...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

काठमाडौँ,  संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज  नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ ।   नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९