बौनियाँ। कैलालीको बर्दगोरिया गाउँपालिका ६ मा अवस्थित सुगरखाल भक्तिनिया डाँडामा सञ्चालन भइरहेको रामजानकि भक्तिनिया अस्थान तिर्थ माघी मेला २०८२ मा सुबिसु नेटवर्क प्रा.लि. बौनिया शाखाले निशुल्क वाइफाइ सेवा प्रदान गर्ने भएको छ ।
यहि माघ २ देखि ५ गतेसम्म सञ्चालन हुने मेलामा निशुल्क वाइफाइ नेट सेवा उपलब्ध गराउने सहआयोजाक कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्क प्रा.लि संग सुबिसु नेटवर्क प्रा लि बिच सम्झौता गरेर अफिसियल ईन्टरनेट पर्ट्नरको रूपमा रहेका छन । मेला अवलोकन गर्ने दर्शकहरुलाई इन्टेरनेट सेवा प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले सुबिसु नेटवर्क प्रा लि ले उक्त मेला अवधीभरी निशुल्क वाइफाइ प्रदान गरिने भएको छ ।
सुबिसु नेटवर्क प्रा.लि.ले विभिन्न सामाजिक कार्यहरुमा निशुल्क वाइफाइ नेट सेवा प्रदान गर्दै आएको र बौनिया शाखाले यसअघि बर्दगोरिया गाउँपालिका ४ मुडा बजारको खेल मैदानमा सञ्चालन भएको पालिका स्टरीय माघी मिलान तथा बृहत साँस्कृतिक कार्यक्रममा पनि निशुल्क वाइफाइ नेट सेवा प्रदान गरेको थियो ।






















































































































































