दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छ : स्वास्थ्यमन्त्री

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आफू मन्त्री भएपछिको दुई महिनामा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार, औषधि व्यवस्थापन तथा मातृ तथा नवजात शिशु स्वास्थ्यजस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण नीतिगत र कार्यक्रमगत उपलब्धि हासिल भएको बताउनुभएको छ ।

 

 

स्वास्थ्य मन्त्रालयबाट दुई महिनामा भएका उपलब्धिहरू आज सार्वजनिक गर्दै उहाँले सुशासन, संस्थागत सुदृढीकरण र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै अघि बढाइएका रणनीतिक कदमहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

 

 

मन्त्री गौतमले विभिन्न नीतिगत निर्णय तथा अनुगमन र निरीक्षणका गतिविधि सार्वजनिक गर्नुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा सुशासन, सेवा गुणस्तर र पहुँच सुधारमा ठोस आधार तयार गरेको उल्लेख गर्नुभएको छ । डा गौतमले कात्तिक ९ गते स्वास्थ्य मन्त्रीको पदभार ग्रहन गर्नुभएको थियो ।

 

 

उहाँका अनुसार स्वास्थ्य बिमासम्बन्धी विद्यमान समस्या र चुनौती पहिचान गर्न विज्ञसहितको समिति गठन गरिनुकासाथै स्वास्थ्य बिमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) लागि पूर्वस्वीकृति प्राप्त भइ कार्य प्रारम्भ हुनुका साथै स्वास्थ्य बिमावापत अस्पताललाई भुक्तानी हुन बाँकी रकम निकासका लागि अर्थ मन्त्रालय पठाइएको छ ।

 

आज सार्वजनिक गरिएको उपलब्धि विवरणहरूमा औषधि उत्पादन, आयात, वितरण र मूल्य नियन्त्रणलाई व्यवस्थित गर्न विज्ञ समिति गठन गरिएको उल्लेख गरिएको छ । नेपाल औषधि प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको, साथै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम)स्वीकृतिका लागि आवश्यक पूर्वतयारी कार्य सुरु गरिएको छ ।

 

स्वास्थ्य क्षेत्रमा खरिद तथा आपूर्ति प्रणाली सुधार गर्न विज्ञ समिति गठन गरी खरिद प्रक्रिया, निर्देशिका र कार्यविधि पुनरावलोकन गरिएको, स्थानीय तहका ५, १० र १५ शैय्याका आधारभूत अस्पतालहरूका लागि न्यूनतम सेवा मापदण्डअनुसार आवश्यक औजार उपकरणको सूची तयार भइ स्वीकृत दिइएको छ ।

जोखिमयुक्त गर्भवतीको पहिचान र सेवामा पहुँच बढाउन लक्षित कार्यक्रम सञ्चालन गरिएको, कोशी, बागमती र गण्डकी प्रदेशका अस्पतालमा विशेष नवजात शिशु हेरचाह एकाइ (एसएनसियू) सेवा सुदृढीकरण गरिएको विवरणमा उल्लेख छ ।

सोह्र वटा सङ्घीय अस्पतालमा मनोसामाजिक डेस्क स्थापना गरी सेवा सुरु गरिएको, जेनजी आन्दोलनका घाइतेलाई जेनजेड क्लीनिकमार्फत मनोसामाजिक सेवा प्रदान गरिनुका साथै ‘स्वास्थ मन, स्वस्थ जीवन’ नामक मानसिक स्वास्थ्य सचेतना अभियान गरिएको । त्यसैगरी सहिद परिवारलाई मनोवैज्ञानिक सहजीकरण गरी पुनःस्थापना गर्ने कार्यको तयारी पूरा भइ सो कार्य पुसको तेस्रो हप्तादेखि सुरुवात हुने विश्वास व्यक्त गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि स्वास्थ्य जानकारी, जनशक्ति परिचालन र सेवा पहुँच विस्तारमा ध्यान दिनुका साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गर्दै टेलिमेडिसन सेवा विस्तारको तयारी भइरहेको विवरणमा उल्लेख छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिनिधिसभा निर्वाचन ः एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपुर(रौतहट),  आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् ।   विसं २०७९...

जेनजी आन्दोलनः सहाराविहीन भयो सहिद थापाको परिवार

काठमाडौँ,  गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी पुष्पालाई  श्रीमान् उत्तम थापाले फोनमा तीन दिनपछि घर आउँछु, टिकट काटिसके भनेका थिए । अघिल्लो दिन काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा अप्रिय घटना भएकाले त्यस दिनको अवस्था के छ भनेर पनि पुष्पाले श्रीमान्लाई सोधेकी...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ,  यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।     आज ३३७ कम्पनीको...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र

दाङ,  घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि बढेको छ । अहिले सो सडकखण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिङ’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ ।     अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती...

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा प्रअ आचार्य सम्मानित

काठमाडौँ, १४ पुसः कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ । समितिले माछापुच्छ्रे – १, २ र ३ भित्रका १२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका २६० जना...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

सुदूरपश्चिम प्रदेशको राजस्व संकलन र बजेट खर्च सुस्त, १५ दिनभित्र कार्ययोजना बनाउन मुख्यमन्त्रीको कडा निर्देशन

कैलाली। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामसान्त सम्ममा सवारी साधन करतर्फ १४ लाख ८० हजार बढी राजस्व संकलन गरेको छ ।   आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यार्थीलाई मतदाता शिक्षा दिइँदै

टक्सार (भोजपुर),  जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।   जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो...

महिनावारीका नाममा हुने विभेद कायमै

चैनपुर (बझाङ) विसं २०४० सालमा पहिलोपटक महिनावारी हुँदा जयन्ती जोशीलाई गाउँलेले मानसिक तनाव दिएका थिए । तत्कालीन समयमा गाउँलेहरु बिहेअगाडि नै महिनावारी हुनुहुँदैन भन्ने गलत मान्यता राख्थे । बिहेअघि नै महिनावारी भयो भने छोरीको बिहे हुँदैन भन्ने सोच व्याप्त थियो । महिनावारी हुँदा कोठाभित्रै बस्नुपर्ने...

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान

बेनी(म्याग्दी), अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।     न्यू देउराली युवा क्लबको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९