कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीस्थित रानीकुण्डा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो चुनावी साधारण सभा सम्पन्न भएको छ।
समितिका अध्यक्ष टंकराज ओलीको सभापतित्वमा सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो भने गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी (लालदिप) विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य, पिआइयु प्रमुख लक्ष्मीराज जोशी, एमएसटी टिम लिडर मोहन लाल रेग्मी, डिटिएल रविन्द्र कुमार झा, कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्मा, वडा सदस्य तथा न्यायपालिका सदस्य बसन्ती साउद, वडा सदस्य रामबहादुर चौधरी, भावना बिक, कपिल गुरुङ, पूर्व वडा अध्यक्ष करने सुनार, लालीगुराँस सामुदायिक वन उपभोक्ता समूहकी सचिव कोकिला खत्री, रानी जरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालसिंह विश्वकर्मा, दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकराज जोशी, जगदम्बीके भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर खड्का, बसन्त मुरारी नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुँवर, शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष आत्मा प्रसाद रिजाल, न्यू ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बुढाथोकी, साइनिङ्ग स्टार युवा क्लबका अध्यक्ष गोविन्द बहादुर बुढाक्षेत्री, रामजानकी मन्दिरका अध्यक्ष शिवराज गौतम, राधाकृष्ण मन्दिरका अध्यक्ष चक्र विष्ट, जगदम्बिके भगवती माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन ओली, समाजसेवी दलबहादुर तिरुवा, भीमबहादुर बुढा, युवा समाजसेवी भेषराज जैसी, समाजसेवी बुद्धिजीवी नवराज टमट्टा, वीरबहादुर राना मगर, नन्द राम विष्ट, बोक्टानी कन्ट्रक्सनका सञ्चालक पदम बोक्टानी र बर्दगोरिया गाउँपालिका सुब्बा विष्णु बिष्ट लगायतको कार्यक्रममा सहभागिता रहेको थियो। विभिन्न विद्यालय तथा संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजेश चौधरीले गर्नुभएको थियो भने कोषाध्यक्ष उदय राम विष्टले आर्थिक वर्ष २०७९/०८० देखि २०८०/०८१ सम्मको कुल ३ लाख ६६ हजार ८ सय ३१ रुपैयाँ ८७ पैसा बराबरको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
दोस्रो चुनावी साधारण सभाबाट नयाँ समिति चयन गर्ने प्रयास भए पनि समयमै प्रक्रिया सम्पन्न हुन नसक्दा निर्वाचन केही दिनका लागि स्थगित गरिएको छ। आगामी निर्वाचन सम्पन्न गर्न शिवराज गौतमको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिका सदस्यहरूमा भूपेन्द्र राष्कोटी, विष्णु बिष्ट, लालसिंह विश्वकर्मा र हरिकला तिवारी रहनुभएको छ। निर्वाचन समितिले तोकिएको मितिमा नयाँ कार्यसमिति चयन गर्ने जिम्मेवारी पाएको छ।


























































































































































