‘वनफूलको विद्रोह’ कविता सङ्ग्रहमाथि विमर्श

कर्णाली,  कवयित्री निरञ्जना चन्द (निरु)द्वारा लिखित कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’माथि विमर्श गरिएको छ । सिम्ताली एकता समाज सुर्खेतले शनिबार सुर्खेत वीरेन्द्रगनरमा आयोजित विमर्श कार्यक्रममा कविता सङ्ग्रहमाथि मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापकद्वय डा रेशम विष्ट र वासुदेव पाण्डेयले समीक्षा गर्नुभयो ।

 

 

कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’माथि समीक्षा गर्दै डा विष्टले शब्द, शैली, विषयवस्तु र शील्पकलाका हिसाबले गद्य शैलीमा लेखिएको कविताले नारी चेत, सामाजिक समस्या, त्यसका भोगाइसँग अन्तरसम्बन्धित विषयवस्तु र वर्गीय समाजमा उत्पीडित वर्गहरूको आवाजको प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँले बहुरुपी विषयवस्तु समेटिएको कविता सङ्ग्रह सामाजिक क्रान्तिको द्योतक भएको जिकिर गर्नुभयो ।

 

मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक तथा वरिष्ठ साहित्यकार वासुदेव पाण्डेयले राउटे सुन्दरीलाई विम्बका रूपमा ‘वनफूलको विद्रोह’ उतार्न खोजिएको टिप्पणी गर्नुभयो । मानवीय संवेदनाका ज्वारभाटाहरु छचल्किएको कवितामा विद्रोही आत्माको चेतहरु अभिव्यक्त भएको उहाँको भनाइ थियो । बहुसङ्ख्यक कविताका शीर्षकहरु नारीवादी भएको बताउँदै उहाँले समाजका संस्कार, परम्परा र प्रथाहरूबारे पनि उल्लेख गरिएको जनाउनुभयो ।

 

 

मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार एवं साहित्यकार डा महेन्द्र मल्लले कविता नारीवादीजस्तो देखिए पनि एउटा पुरुष कति जिम्मेवारीको बोझले च्यापिएको हुन्छ र उसले पीडामा पनि आँसु देखाउन नसकेको यथार्थतालाई कविताका माध्यमबाट अभिव्यक्त गरिएको बताउनुभयो । समाजमा अभाव, सङ्कट र समस्याहरू उत्पन्न भएसँगै कवयित्री निरुजस्ता स्रष्टाहरु पनि जन्मँदै जाने तर्क गर्नुभयो ।

 

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा विष्णुकुमार खड्काले आफ्नो सृजनाबाट कवयित्री निरञ्जना चन्द (निरु)ले कर्णालीलाई मुलुकभर चिनाउन विशेष योगदना पुर्याएको बताउनुभयो । कविता सङ्ग्रहमा उहाँका ६१ कविता रहेका छन् । जुन कविता सङ्ग्रहमा समाजमा विद्यमान सबैखाले भावना, सोच, विचार, चिन्तन, भोगाइ, समस्या र चुनौतीबारे उल्लेख गरिएको छ ।

 

 

त्यस्तै, उक्त सङ्ग्रहमा मानवीय संवेदनाका ज्वारभाटाहरु छचल्किएका छन् । कविताले विशेषगरी महिला संवेदना, सामाजिक असमानता र किनारामा पारिएका वर्गको पीडालाई सशक्त र मार्मिक शैलीमा उतारेको छ । त्यसको साथै यसले नकरात्मक नभई आत्मअस्तित्वको खोजी र स्वतन्त्रताको उद्घोष गरेको छ । यसले स्त्री चेतना, प्रकृति प्रेम र सामाजिक परिवर्तनका बारेमा समेत बोलेको छ ।

 

 

कवयित्री निरञ्जनाले समाजको यथार्थलाई अध्ययन गरिएका कुरा पानामा उतार्दा र त्यसलाई अभिव्यक्त गर्दै जाँदा प्राप्त गरेको हौसलाले आफूसहित माटोलाई चिनाउने अवसर प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार मान्छेले भोगेका कष्ट, कहर, अन्याय, थिचोमिचो अनि जीवन विरोधी शृङ्खलाका प्रतिवादमा व्यङ्ग्य, विरोध, आक्रोश र सङ्घर्षको गर्जनमात्र नभई प्रकृति र सामाजिक परिवर्तनसँग सम्बन्धित विषयवस्तुहरू पनि कविता सङ्ग्रहमा समेटिएका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

समता स्कुललाई कम्प्युटर हस्तान्तरण

भोजपुर,  प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको समता विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।   विद्यालयका बालबालिकालाई पठनपाठनमा थप सहजता प्रदान गर्दै प्रविधिमैत्री कम्प्युटर शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ कम्प्युटर...

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज विहान उहाँहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न...

कोशी प्रदेशका ८० प्रतिशत ‘स्टार्टअप’ उद्यम नाफामा

काठमाडौँ, कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरुले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

झापा, नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै रु ४८ करोड ५२ लाख ७३ हजार मूल्यबराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार...

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की,  पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्धारदेखि सेतीपुलसम्मको क्षेत्रमा काम सकिएको छ । अन्य क्षेत्रमा विद्युत् तार जमिनमुनि गाड्ने कामले निरन्तरता पाएको छ । नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

रानीकुण्डामा अज्ञात समूहको आतंक, गोठ र तीन परालखातमा मध्यराति आगजनी

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अज्ञात समूहले आगजनी गरेको छ। गएराति करिब १२ बजेको समयमा तीनवटा परालखात र एक गोठमा आगो लगाइएको हो।     रानीकुण्डा निवासी उदयराम तिरुवाको गोठ र परालखातमा आगलागी हुँदा गोठमा प्रयोग गरिएको टिनका पाता, खामा तथा खुट्टाहरू...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित

सुदूरपश्चिम, लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४...

निःशुल्क आँखा शिविरः ३५० बढीको शल्यक्रिया हुने

बरहथवा (सर्लाही), बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिबिरमा ३५० भन्दा बढी व्यक्तिको मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ । बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र  तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको सो शिविरमा पहिलो दिने ७९ जनाको शल्यक्रिया...

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२औँ एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रम काठमाडौँ बाहिर हुन लागेको यो पहिलो पटक हो । अवार्डको पूर्वसन्ध्यामा मङ्गलबार स्पोर्टस समिटको आयोजना गरिएको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९