विचार : नेपाल–कोरिया सम्बन्ध सुदृढ: राजदूत तुम्बाहाम्फेको एक वर्षको कूटनीतिक यात्रा

काठमाडौँ,   नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो । कोरियाको राजधानी सोलमा नेपालको दूतावास सन् २००७ मा स्थापना गरिएको थियो । कोरिया र नेपालको सम्बन्ध गहिरो रहेको छ । कोरियाको लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध रहेको मात्र होइन, दुई देशबीच सामाजिक, सांस्कृतिक, धार्मिक मूल्य मान्यताहरुमा केही समानता पनि देखिन्छ । नेपालको प्रतिनिधित्व गर्दै डा शिवमाया तुम्बाहाम्फेले राजदूतको औपचारिक जिम्मेवारी लिएर काम सम्हाल्नु भएको एक वर्ष (७ जनवरी २०२५ देखि ७ जनवरी २०२६) मा पूरा भएको छ । यस अवधिमा भएका केही उल्लेखनीय कार्यहरुलाई तल बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

 

विभिन्न मुलुकका राजदूतसँगको औपचारिक भेटघाट

कोरियामा रहेका कूटनीतिक नियोगहरुको प्रमुख मोरेक्कोका कोरियाको लागि नेपाली राजदूतसँग शिष्टाचार भेट गरिएको थियो । सो भेटको क्रममा व्यक्तिगत अनुभव, भविष्यमा हुनसक्ने सहकार्य र राम्रो अभ्यासहरुको बारेमा छलफल भएको थियो । कोरियाको लागि भारत, चीन, बङ्गलादेश, जापान, किग्रिज, म्यानमारका राजदूतहरुसँग शिष्टाचार भेट गरी दुई देशको अन्तरसम्बन्धको बारेमा छलफल भएको थियो । त्यस्तै कोरियाको लागि चिनियाँ राजदूतसँग शिष्टाचार भेट गरिएको थियो । ती देशहरुसँग नेपालको लामो समयदेखि राजनीति, सामाजिक, सांस्कृतिक साथै अन्य विभिन्न विषयमा रहँदै आएको अन्तर सम्बन्धको बारेमा छलफल भएको थियो । यसबीचमा गणतन्त्र कोरियाका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग पनि भेटघाट गरिएको र समसामयिक विषयमा छलफल भएको थियो ।

कोरियाको नेशनल एसेम्ब्लीको कोरिया–नेपाल मैत्री समूहका सभापति तथा सदस्यहरुसँग पनि भेटवार्ता गरी दुई देशको मैत्री समूहको बीचमा समन्वय गर्ने काम भएको छ । नेपाल र कोरियाको संसदीय मैत्री समूहबीचमा अनुभव आदानप्रदान कार्यक्रम गर्ने सन्दर्भमा कोरिया–नेपाल मैत्री समूहको नेपालमा भ्रमण हुने कार्ययोजना रहेको छ । यो बैठकमा नेपालमा कोरियाको प्रविधि र विकासको मोडललाई नेपालमा सम्भव भएसम्म कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

 

नेपाली प्राध्यापक तथा विद्यार्थीसँगको छलफल

लामो समयदेखि कोरियामा अध्यापन गर्दै आउनुभएका नेपाली प्राध्यापकहरुसँग कोरियाको शिक्षण पद्दति, नेपाल र कारियाको शिक्षा क्षेत्रमा रहेका भिन्नता, नेपाली विद्यार्थीहरुको समस्या र अवस्था, प्रभावकारी शिक्षाका लागि कोरियाले अपनाएका विधिहरु, नेपालले अनुसरण गर्नसक्ने र नेपालका लागि आवश्यक सवालमा छलफल गरिएको थियो । उक्त बैठकमा १५ प्राध्यपकहरुको सहभागिता रहेको थियो । छलफलमा प्राध्यापकहरुले नेपालको शिक्षा प्रणालीको स्तरोन्नतिमा सरकारले पहल गर्नुपर्ने, कोरियाको विश्वविद्यालयहरुमा नेपाली विद्यार्थीका लागि थप छात्रवृत्ति र अध्ययनपश्चात् रोगजारीको अवसरका लागि ध्यान दिन विश्वविद्यालयहरुसँग समन्वय गर्ने, अध्ययनपछि नेपाल फकिर्ने विद्यार्थीका लागि सरकारले रोजगारी तथा अन्य आवश्यक व्यवस्था गर्ने, गुणस्तरीय कोरियन विश्वविद्यालयको सूचीकरण गरीएको बारेमा नेपाली विद्यार्थीहरु तथा अभिभावकहरु माझ जानकारी प्रवाह गर्नेलगायतका विषयमा जोड दिइएको थियो ।

 

कोरियाको विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दूतावासमा निमन्त्रणा गरी विद्यार्थीहरुको अवस्थामा छलफल गरिएको थियो । छलफलमा विद्यार्थीहरुले विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए । विद्यार्थीहरुले भिसा प्राप्त गर्न सहज बनाउनको लागि राजदूतावासले समन्वय गरी कोरियाको परराष्ट्र मन्त्रालय र राजदूतावासबीच दुईपक्षीय बैठक सम्पन्न गरिएको थियो । तत्पश्चात् नेपालमा भिसा सहजीकरण केन्द्रको स्थापना भएको छ ।नेपालबाट कोरियामा अध्ययनको लागि आउने विद्यार्थीको संख्यामा वृद्धि भइरहेको छ । ३० नोभेम्बर २०२५ सम्म कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको सङ्ख्या १५ हजार ५९९ रहेको छ । विद्यार्थीको हित प्रवद्र्धनको लागि विभिन्न समयमा नेपाली विद्यार्थीहरु अध्ययनरत विश्वविद्यालयमा भ्रमण गरी त्यहाँको वस्तुस्थिति बुझ्ने काम भएको छ । त्यस क्रममा विश्वविद्यालयका अध्यक्ष, डिन, विभागीय प्रमुखहरु, प्राध्यापक, विद्यार्थीका प्रतिनिधिहरुसँग विद्यार्थीका समस्याहरु, विश्वविद्यालयद्वारा विद्यार्थीलाई दिइएका सेवा सुविधा, होस्टलको सुविधा, ट्यूसन फि, विद्यार्थी ल्याउने प्रक्रिया र माध्यमका बारेमा छलफल भएको थियो । नेपाली राजदूवासबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विद्यार्थीको समस्याको विषयमा गरिएको पत्राचारको आधारमा मन्त्रालयले एक समिति गठन गरी प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ ।

 

विपे्रषण तथा बैंकका प्रतिनिधिसँगको बैठक

विपे्रषण तथा बैंकका प्रतिनिधिहरुसँग नेपाली राजदूतावासमा विभिन्न १४ वटा रेमिटेन्स कम्पनीहरुसँग बैठक सम्पन्न गरिएको थियो । नेपालमा वैधानिक रुपमा विपे्रषण पठाउनको लागि संस्थाहरुले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै अझ प्रभावकारी रुपले काम गर्नको लागि प्रोत्साहित गरिएको थियो । राजदूतावासद्वारा सञ्चालित विभिन्न स्थानमा गरिएको धुम्तिसेवामा समेत रेमिटेन्स कम्पनीहरुको उपस्थिति हुने गरेको छ ।

 

एनआरएनएसँग छलफल

कोरियामा रहेका गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए) सँग नेपाली राजदूतावासमा भएको बैठकमा एनआरएनएको भूमिका नेपालको विकासको लागि अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो । एनआरएनएबाट कोरियामा रहेका नेपाली कामदार र विद्यार्थीहरु समस्या परेको अवस्थामा सहयोग गर्दै आएकामा अझ बढी काम गर्ने तथा लगानी प्रवद्र्धनका क्षेत्रमा काम गर्नुपर्ने विषयमा दूतावासको तर्फबाट जोड दिइएको थियो ।

 

 

कोरियाली तथा बहुराष्ट्रिय कम्पनीहरु, सरकारी संस्थाहरुसँग बैठक

नेपालमा लगानी गर्ने इच्छुक कोरियाली कम्पनीहरु, कोरियाका सरकारी सङ्घसंस्थाका प्रतिनिधिहरु तथा अन्य बहुराष्ट्रिय कम्पनीहरुसँग नेपालमा लगानी प्रवद्र्धन गर्नको लागि विभिन्न समयमा बैठकहरु सम्पन्न गरिएका थिए । नेपालको जलविद्युत् क्षेत्र, स्मार्ट यातायात, कृषि, रेल पूर्वाधारको विकास, फोहर व्यवस्थापन, स्मार्टसिटीहरुमा लगानी गर्ने सम्बन्धमा छलफल भएको थियो । नेपालमा लगानी गर्न राम्रो वातावरण रहेकाले लगानीका लागि अनुरोध गरिएको थियो भने लगानीका नीतिहरुको बारेमा जानकारी गराइएको थियो ।

 

नेपालको रेल यातायत विकासका लागि कोरियाली सरकारको स्वामित्वमा रहेको कोरिया रेलरोड कर्पाेरेशनका प्रतिनिधिसँग विभिन्न चरणमा बैठक गरिएको थियो । यसैगरी बुसान टेक्नोपार्कका अध्यक्षसँगको बैठकपछि सूचना तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी सो कम्पनीसँग काम गर्नको लागि प्रकृया अगाडि बढेको छ । हिमाल संरक्षण, वातावरण, शान्तीको अभियानमा जोडिएर नेपालमा सहयोग र योगदान गर्ने व्यक्तित्वहरुसंगको शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।

 

दूतावासबाट प्रदान गरिएका सेवाहरु

 

विगत एक वर्षमा दूतावासबाट विभिन्न किसिमका सेवाहरु प्रदान गरिएका छन् । यस बीचमा ३१ जना नेपाली कामदारको दुःख्द निधन भएको भनी अस्पतालवाट मृत्यु प्रमाणपत्र प्राप्त भएको एवं घट्नाको बारेमा नेपालमा घरपरिवारलाई यथाशीघ्र खबर गरी शव नेपाल पठाई परिवारलाई हस्तान्तरण गरिएको छ । विगतमा कोरियामा मृत्यु भएका १६ जना नेपाली कामदारको परिवारलाई क्षतिपूर्ति रकम नेपाल पठाइसकेको तथा अरु मृतक कामदारको बाँकी बक्यौता रकम र क्षतिपूर्ति सङ्कलन गर्ने कार्य भइरहेको छ ।

 

व्यक्तिगत प्रयत्नमा कुक (सेफ) काम गर्न कोरियामा आउने गत वर्षको पुस महिनादेखि हालसम्म जम्मा ६४ जना कामदारको श्रम सम्झौतापत्र प्रमाणीकरण गरिएको छ । श्रम स्वीकृति, सामाजिक कोषमा आवद्धता, कोरियाको कानूनी व्यवस्था, राहदानी  र कन्सुलर सेवा, मादकपदार्थ सेवनबाट उत्पन्न समस्या, पारिवारिक सम्बन्धमा तिक्तता, मानसिक तथा शारीरिक स्वास्थ्य समस्या, कामदारहरूको उद्धार, राहत, क्षतिपूर्ति, सेल्टर र दोभासेको उपलब्धतालगायत अन्य विविध विषयहरुको सामाजिक सञ्जाल र फोनमा हुने दैनिक करिव ५० देखि १०० वटासम्मको गुनासा÷जिज्ञासाहरुको समाधानका लागि पहल गरिएको छ । नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालय, वैदेशिक रोजगार विभाग, इपीस कोरिया शाखा, तथा कोरियामा परराष्ट्र मन्त्रालय, न्याय मन्त्रालय, रोजगार तथा श्रम मन्त्रालय, मानव संसाधन विकास, तथा विभिन्न निकायहरूसंग आवश्यकता अनुसारका विभिन्न विषयमा पत्राचार र प्रतिवेदन तयार गरी पठाएको छ ।
मानवीय सहयोग

कोरियामा कार्यरत मानसिक समस्या आएका केही कामदारलाई मानसिक अस्पतालमा उपचार गर्न र मनोसामाजिक परामर्श सेवा प्रवाह गर्न सहयोग गरिएको छ । मानसिक स्वास्थ्यमा समस्या आएका १७ जना कामदारलाई परिवार तथा कोरियास्थित नेपाली समाजको सहयोगमा नेपाल पठाइएको छ । दूतावासमा जानकारी प्राप्त भएबमोजिम छ जना नेपाली कामदारहरु औद्योगिक दुर्घटनामा परी उपचाररत रहेकोमा उनीहरुको स्वास्थ्य उपचारका लागि समन्वय र काउन्सेलिङ तथा सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको छ । मानसिक स्वास्थ्य समस्या भएका ४० जनालाई भर्चुअल माध्यमबाट मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको र आवश्यकतानुसार चिकित्सा सेवाको लागि पठाइएको छ ।

 

नेपाली राजदूतावास दक्षिण कोरिया, वैदेशिक रोजगार बोर्ड सचिवालयको आयोजना र दुतावासको सहकार्यमा फेसबुक पेजबाट कामदारहरुको शारिरीक तथा मानसिक स्वस्थ्य समस्या समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भैरहेको तथा १० वटा भिडियो ‘अपलोड’ भइसकेको छ । नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना तथा स्वस्तिक हिमालयन ग्रुप प्रालिको व्यवस्थापकीय सहयोगमा संचालन गरिएको कार्यक्रम– सुनौ सिकौ कार्यक्रम निकै प्रभावकारी भएको छ ।

 

सन् २०२५ मे १३ तारिखसम्ममा कोरियाको बन्दीगृहमा सजाय भोगिरहेका नेपालीको सङ्ख्या पुरुष पाँच र महिला एक गरी छ जना रहेका छन् । विभिन्न कामदारहरुलाई नेपाल पठाउन दूतावासबाट आर्थिक सहयोग गरिएको छ । विरामी तथा अस्पताल भर्ना भएका विभिन्न व्यक्तिहरुलाई उपचार खर्च स्वरुप प्रति व्यक्ति रु एक लाखका दरले दूतावासबाट सहयोग प्रदान गरिएको छ । जनरल फिजिसियन एवं साइकोलोजिष्ट डा.राजन लुइँटेलबाट कोरियामा रहेका श्रमिकहरुलाई आवश्यकता अनुसारको मनो–सामाजिक परामर्श उपलब्ध गराउने गरी यही पुस ७ गते राजदूतस्तरीय निर्णय भई प्रक्रिया अघि बढिसकेको छ । कोरियाका विभिन्न १६ स्थानमा श्रमिक सचेतना तथा कन्सुलर सेवासम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन तथा सेवा प्रदान गरिएको छ ।

 

 

पर्यटन प्रवद्र्धन

दूतावासबाट विदेशी पर्यटकलाई नेपाल भ्रमणमा जान प्रेरित गर्ने ध्येयले पर्यटनको प्रवद्र्धन तथा प्रचारप्रसार गर्न दुई वटा भिडियोको निर्माण गरी विभिन्न कार्यक्रममा प्रदर्शन गरिनेछ । नेपाल आयोजक रहेको २०२५ सेप्टेम्बर २६ देखि २८ सम्म दक्षिण कोरियाको उल्सान शहरमा सम्पन्न भएको उल्सान उल्जु माउन्टेन फिल्म फेस्टिभल फिल्म फेस्टिभलको उद्घाटन गर्दै राजदूतले नेपालको पर्यटन प्रवद्र्धन र हिमालको सुन्दरतालाई विश्वमाझ प्रचारप्रसार गर्न यस्ता चलचित्र महोत्सवहरूको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिनुभएको थियो । नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य स्थल बनाउन आह्वान गर्दै उहाँले सबैलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिनुभयो ।

 

 

दक्षिण कोरियाको छाङ्वान शहरमा २०२५ को अक्टोबर २७ देखि २८ मा सम्पन्न आप्रवासी लक्षित बहुसांस्कृतिक महोत्सवमा विभिन्न देशका आप्रवासीहरूका बीचमा भएको गायन प्रतियोगितामा राजदूतले विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको सांस्कृतिक झाँकीमा नेपालको जीवन्त संस्कृति झल्काउने विभिन्न झाँकीहरू प्रदर्शन गरिएको थियो । महोत्सवमा नेपालको जीवित देवी कुमारीको झल्को दिने झाँकीको विशेष उपस्थिति सबैको आकर्षणको केन्द्र बनेको थियो ।

 

 

कोइका र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा संयुक्त रूपमा कार्यान्वयन गरिएको ‘नेपाल फर्केका नवप्रवर्तकहरू कार्यक्रम २६ जुलाई २०२५ मा सफलतापूर्वक सम्पन्न भएको थियो । दक्षिण कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूको उद्यमशील क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूको दिगो पुनःस्थापना सुनिश्चित गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रमले प्रवासी नेपालीहरूको क्षमता र सीपलाई देश विकासमा समावेश गर्न सकिने सम्भावनाको जीवन्त उदाहरण प्रस्तुत गरेको छ ।कोरियाली श्रम मन्त्रालय तथा एचआरडी कोरियाको आयोजनामा राजधानी सोलमा ६ अगस्ट २०२५ मा इपिएस सम्मेलन सम्पन्न भएको थियो । कोरियाका श्रम तथा रोजगार मन्त्री किम यंग–हूनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा नेपालका राजदूतसहित श्रमिक आपूर्ति गर्ने १७ वटै देशका राजदूतहरू र प्रतिनिधिहरू, एचआरडी कोरियाका अध्यक्ष, विभिन्न देशका श्रम काउन्सेलर, नीति निर्माता र सरकारी अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

 

 

सम्मेलनमा नेपाली राजदूतले हाल इपिएस भाषा तथा सीप परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका नेपालीहरुको संख्या ३० हजार नाघिसकेको छ तर वार्षिक कोटा न्यून रहँदा समय, पैसा र मेहनतले उत्तीर्ण कामदारहरु लामो समयसम्म अन्योलमा पर्नु पर्दा योग्य उम्मेदवारहरूको मनोबलमा प्रतिकूल असर पार्ने हुँदा यसलाई मध्यनजर गर्दै कोटा विस्तार गर्ने वा परीक्षा नतिजाको मान्यता अवधि लम्ब्याउने वा अरु कुनै अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । इपिएस प्रणालीबाट सन् २०२५ मा दक्षिण कोरियाले नेपाली कामदारलाई छनोट गरी जम्मा ११ हजार १७८ जना ल्याएको तथ्याङ्क रहेको छ । इपिएस स्थापनादेखि हालसम्म दक्षिण कोरियाले नेपाली कामदार छनोट गरी एक लाख २१ हजार ७३१ जना ल्याएको छ ।
नेपाल डे कार्यक्रम २०२५

नेपाली राजदूतावास, दक्षिण कोरियाको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाको सह–आयोजनामा ‘नेपाल डे २०२५’ कार्यक्रम सम्पन्न भएको थियो । विशेषगरी ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक सन्देश र ‘सगरमाथा संसारकै सर्वोच्च शिखर हो भन्ने राष्ट्रिय गौरवलाई कार्यक्रमको मूल विषयवस्तुका रूपमा प्रस्तुत गरिएता पनि हाम्रो संस्कृति, कला, परम्परा, लोकसङ्गीत, नृत्य र पर्यटन यी सबै विविधता र परिचयलाई विश्व सामु चिनाउने उद्देश्य यस कार्यक्रमको रहेको थियो । कार्यक्रममा कोरियामा विभिन्न ओहदामा रहेका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

विगत एक वर्षमा दूताबासबाट विभिन्न कन्सुलर सेवाहरु प्रदान गरिएको छ । राहदानी नवीकरण, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण, शैक्षिक कागजात प्रमाणीकरण, विमाको लागि नाता प्रमाणित, सम्बन्ध–विच्छेद पत्र प्रमाणीकरण, जन्मदर्ता, विवाह–दर्ता तथा  विवाह प्रमाणिकरण, नाता प्रमाणीकरण, प्रहरी रिपोर्ट प्रमाणीकरण, नागरिकता परित्याग, यात्रा अनुमति पत्र, विदेशी नागरिकलाई भिसा प्रदानलगायतका सेवाहरुबाट १९ हजार २७४ जना लाभान्वित भएका छन् । (प्रस्तुत विचार दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङ्फेसँग गरिएको कुराकानीमा आधारित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

त्रिवेणी (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ ।जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पु¥याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९