विचारः शिक्षामा स्वजागरणको अभ्यास

काठमाडौँ, भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो । भगवान् गौतमबुद्ध स्वयंलाई चिनेको र स्वजागृत भएको व्यक्ति हो कुनै औपचारिक शिक्षा र जिपिए प्राप्त व्यक्ति होइन । हरेक व्यक्तिभित्र अन्तरनीहित प्रतिभा÷जीवन ऊर्जा रहेको हुन्छ । त्यो जीवन ऊर्जालाई जगाउने काम मात्र शिक्षाको हो । हरेक व्यक्ति स्वयं आफैँबाट जाग्यो भने मात्र राष्ट्र जाग्छ, समृद्धि हुन्छ । हरेक व्यक्तिमा खुसी, शान्ति, आनन्द, आरोग्य छ तर प्रस्फुटन हुन सकेको छैन । त्यसैले व्यक्तिले ती चिज पैसा, धन, सामग्री, पद, प्रतिष्ठा, इज्जत र बाहिरी संसारमा खोजिरहेको छ तर प्रकृतिमा त्यस्तो छैन ।

 

 

धनले स्वास्थ्य, खुसी, शान्ति र आनन्द खरिद गर्न सक्दैन । हरेक व्यक्ति आफूभित्रबाटै जागृत हुनुपर्छ । त्यो जागृति  शिक्षाबाट मात्र सम्भव छ ।  हामीकहाँ विषयगत ज्ञानको कमी होइन, आत्मज्ञानको कमी छ । म को हुँ, मेरो जिम्मेवारी के हो, मेरो कर्तव्य के हो, मेरो क्षमता के हो र सत्य के हो भन्ने प्रश्नको जवाफ स्वयंले दिनसक्नु नै आत्मज्ञान हो । आत्मज्ञानबिनाको विषयगत ज्ञान कामयावी हुन सक्दैन । वर्तमान परिस्थितिलाई हेर्ने हो भने शिक्षाले खुसी, शान्ति, आनन्द र आरोग्य दिन नसकेको प्रस्ट देखिन्छ ।

 

कुनै पनि देशको विकास हुन शिक्षा राम्रो हुनुपर्छ । विकसित देशमा शिक्षाले व्यक्तिलाई स्वजागरण गराउन सकेको देखिन्छ । विकसित राष्ट्रमा व्यक्तिको सकारात्मक सोच, उच्च मनोबल÷आत्मबल, साहस, लगनशीलता, अनुशासनबाट यो कुरा प्रष्ट हुन्छ । जीवनलाई सुगन्धित बनाउन तीन कुरा भन्न सक्नुपर्छः धन्यवाद, क्षमा मलाई थाहा छैन । यी तीन चिजले मानिसलाई अन्तरात्मादेखि खुसी, शान्ति, आनन्द र आरोग्यता प्रदान गर्छन् । जीवनमा सत्य, निष्ठा, नैतिकता र इमान्दारीलाई  बढाउँछन् । अहिले हाम्रो मुलुकमा हुनुपर्ने काम भइरहेको छैन भने नहुनुपर्ने काम नै धेरै हुनुमा शिक्षाले स्वजागरण गराउन नसक्नु हो ।

 

हामीकहाँ हेराइभन्दा सोचाइमा समस्या छ । आफूमा समस्या छ र समाधान पनि आफूभित्र नै छ । बाहिरै समस्या देख्ने र बाहिरबाटै समाधान खोजेका कारण सुधार नभएको हो । ठूलो काम गर्न खोजियो भने गर्न सकिँदैन । सानो कामबाट सुधार गरियो भने देश विकसित र समृद्ध हुन कतिबेर लाग्दैन । परिवर्तन आफूबाट सुरु गर्नुपर्छ तबमात्र वास्तविक परिवर्तन हुन्छ । परिवर्तनको सुधार आफैँबाट सुरु गर्नुपर्छ । आफू बदलिएर देखाउनेले संसार बदलेका  छन्  । अरुलाई बदल्न खोज्ने  डिप्रेसनको सिकार बनेका छन् । आफू जागृत भएको व्यक्तिमा रिस, लोभ, इष्र्या, घृणा हुँदैन, हुन्छ त केबल इमान्दारी, नैतिकता, अनुशासन, आत्मविश्वास, लगनशीलता, सत्य, निष्ठा जुन देश विकासका लागि आवश्यक स्तम्भ हुन् ।

 

शिक्षामा स्वजागरणको पहिलो आवश्यकता खुसी, शान्ति, आनन्द र आरोग्यक हो, सिकाइ उपलब्धिको औसत प्राप्ति मात्र हैन । स्वजागरणले मात्र सिकाईको उपलब्धि राम्रो हुन्छ । सर्वप्रथम शिक्षक खुसी हुनुपर्छ, जसले जे बाढ्यौँ त्यही पाइन्छ । शिक्षक खुसी नभई विद्यार्थीलाई खुसी बनाउन सकिँदैन । त्यसैले धन आर्जन हैन, ध्यान आर्जन गर्न सिकाउनुपर्छ । सम्पत्ति जोड्न हैन, असल संस्कार र सम्बन्ध जोड्न सिकाउनुपर्छ । अहिले शरीरमा भन्दा मनमा, मनमा भन्दा भावनामा र भावनामा भन्दा गहिरो समस्या चेतना÷आत्मामा देखिन्छ । शरीरले स्वास्थ्य, मनले खुसी, भावनाले शान्ति र चेतनाले आनन्द खोज्छ ।

 

 

 

शरीरका लागि व्यायाम, मनका लागि प्राणायाम, भावनाका लागि सत्सङ, भक्ति, भजन÷सङ्कीर्तन, समर्पण र चेतनाका लागि ध्यान आवश्यक पर्छ । यसले स्वयंलाई चिन्न मद्दत गर्छ । आजको आवश्यकता स्वयंको शिक्षामा स्वजागरण हो । मानिस खुसीका लागि औषधि प्रयोग गरिरहेका हुन्छन् । औषधि भनेको दबाइ हो, जसले स्वास्थ्यलाई दबाउँछ र नयाँ स्वास्थ्य समस्या जन्माउँछ । प्रकृतिमा अद्भूत नियम छ । चौरासी ब्यञ्जन बनाउन सकिन्छ तर भोक किन्न सकिँदैन । महँगो विस्तारा बनाउन सकिन्छ तर निद्रा किन्न सकिँदैन । त्यसैले भौतिक चिजवस्तुभन्दा अभौतिक, देख्न नसकिने, छुन नसकिने चिज अमूल्य छन् । यी कुरा प्राप्त गर्नु नै असली जीवन हो ।

जिम्मेवारी कसको हो ?

शिक्षा खुसी, आत्मदीप्ति र सकारात्मक ऊर्जाका लागि हो । त्यसका लागि शिक्षा क्षेत्रका सरोकारवालाले निम्नलिखित भूमिका निर्वाह गर्न सक्नुपर्छ ः

(क) अभिभावकले के गर्ने ? 

बालबालिकाको पहिलो शिक्षा आमाको गर्भबाट सुरु हुन्छ । त्यसैले गर्भावस्थाबाट नै बालबालिकालाई कस्तो बनाउने हो त्यसै खालको आहार–विहार, विचार पद्धति अपनाउनुपर्छ । आमा नै असल संस्कार सिकाउन सक्ने पहिलो गुरु हुन् । आमाबुबा सन्तानका लागि ऐना हुन् । आमाबुबा संस्कारी भए मात्र सन्तान संस्कारी हुन्छन् । रोगमुक्त शरीर तनावमुक्त मन र हिंसामुक्त समाज निर्माणका लागि घरपरिवारको वातावरणले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । असल सन्तानका लागि असल आमाबुबा हुनुपर्छ । प्रशंसाले आत्मबलको विकास हुन्छ भने अभावमा हुर्केको बालकले हरेक कुराको मूल्य थाहा पाउन सिक्छ । त्यसैले बालबालिकालाई कस्तो बनाउने पहिलो भूमिका अभिभावकमा निर्भर रहन्छ । घरको वातावरणले सिकाइमा प्रत्यक्ष प्रभाव पार्छ । हामीले सच्चा अभिभावक बन्न सक्नुपर्छ । भनिन्छ आठ वर्ष पूरा हुदाँसम्म बालबालिकाको ८० प्रतिशत मात्र मानसिक विकास  भएको हुन्छ । त्यसैले प्रारिम्भक बालविकासमा लेखाउनु हुँदैन हाम्रा अविभावकहरु गृहकार्य धेरै खोजिरहनु भएको छ । त्यसैले पहिलो जागरण अविभावकमा ल्याउनुपर्छ । हस्तरेखाको पूर्ण रुपमा विकास नभई लेखाउँदा बालबालिकामा आत्मबल कमजोर, बेखुसी, अशान्ति र आरोग्यता घट्दै जान्छ ।

(ख) विद्यालयले के गर्ने ?

बालबालिकाको दोस्रो घर विद्यालय हो । विद्यालयमा बालबालिकालाई आत्मदीप्ति गराउने दायित्व शिक्षकको हुन्छ । यसका लागि  शिक्षकमा  स्वजागृति हुनुपर्छ  । स्वजागरण भएको शिक्षकले मात्र आफ्ना बालबालिकालाई स्वजागरण गराउन सक्छ । त्यसैले शिक्षक खुसी, शान्त, आनन्दित र आरोग्य बन्नुपर्छ । खुसी शिक्षकले मात्र खुसी बाँड्न सक्छ । अहिले शिक्षाले यी कुरा दिन सकेको देखिँदैन । शिक्षक स्वउत्प्रेरित भएको पाइँदैन । शिक्षक जस्तो हुन्छ, विद्यार्थी त्यस्तै हुन्छ । शिक्षक बालबालिकाको ऐना हुन् । संस्कारी शिक्षक भए मात्र विद्यार्थी संस्कारी बन्छ । विद्यार्थीले सबैभन्दा बढी शिक्षकले भनेका कुरामा विश्वास गर्छन् । त्यसैले सर्वप्रथम शिक्षक आफैँमा स्वजागरण हुनु जरुरी छ ।

 

शिक्षकमा सुधार नभएसम्म शिक्षामा  सुधार गर्न सकिँदैन । प्रारम्भिक बालविकासमा बालबालिकालाई गृहकार्य दिनुभन्दा संस्कार सिकाउनु आवश्यक छ । उनीहरूलाई खुसी हुन, शान्त हुन, आनन्दित हुन र  आरोग्य हुन सिकाउनु आवश्यक छ । यस तहमा शारीरिक, मानसिक, भावनात्मक, आध्यात्मिक विकास पूर्ण रूपमा गराउने क्रियाकलाप मात्र गराउनुपर्छ  । पाठ्यपुस्तक पढाउने लेखाउने होइन जीवन पढाउनुपर्छ । प्रारम्भिक बालविकासका बालबालिकालाई जीवन ऊर्जा जगाउन सकियो भने जीवन खुसी, शान्त, आनन्द र स्वस्थ भएर सत्य निष्ठा र  इमान्दारीको विकास हुन्छ ।  हरेक मानिस शान्त नभई देशमा क्रान्ति आउँदैन । त्यसैले सर्वप्रथम प्रारम्भिक बालविकास तथा शिक्षालाई सुधार गरौँ । समस्याको मूल केन्द्र मन हो । समस्या र समाधान त्यसमै  हुन्छ ।

 

प्रत्येक व्यक्तिमा आफ्नो जीवन÷भविष्य निर्माण गर्ने सामथ्र्य हुन्छ । आफूले म को हुँ भनेर नचिनेसम्म समस्या समाधान हुँदैन । यसर्थ विद्यालयलाई सिकाइ केन्द्र बनाऔँ । शिक्षामा सीपलाइ जोडौँ । त्यसका लागि एक विद्यालय एक उद्यम कार्यक्रमको अभियान चलाउनुपर्छ । विद्यालयलाई परिवर्तनको केन्द्र÷रोजगार केन्द्र बनाउनुपर्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित महेन्द्रग्राम माविमा प्रत्येक शुक्रबार कपाल काट्ने अभियान सुरु भएको छ । यसलाई सबै विद्यालयहरुले कार्यान्वयनमा ल्याउन कोशिस गर्नुपर्छ ।

(ग) स्थानीय सरकारले के गर्ने ?

सङ्घीय शासन व्यवस्थाले शिक्षाका २३ वटा अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ । त्यसैले आफ्नो कार्यक्षेत्रमा शिक्षा कस्तो बनाउने र नीतिगत, कानुनी, संस्थागत, संरचनागत पक्षको विकास कसरी गर्ने भन्ने जिम्मेवारी स्थानीय सरकारको हो । स्थानीय सरकार राम्रो, समृद्ध हुन शिक्षा राम्रो हुनुपर्छ । जुन देशको शिक्षाले व्यक्तिलाई आत्मदीप्ति गर्न सक्यो त्यो देश आज विश्वको प्रथम स्थानमा रहेको छ । निष्ठा, सत्य, नैतिकता, सहचरित्रता, इमान्दारीको जग स्थानीय सरकारबाट सुरु हुनुपर्छ । आआफ्नो क्षेत्रमा शिक्षकलाई उत्प्रेरित÷प्रोत्साहन हुने गरी काम गर्नसकेमा मात्र सुधार सम्भव छ ।

(घ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले के गर्ने ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय राम्रो नभएसम्म अरू मन्त्रालयका काम राम्रो हुन सक्दैनन् किनभने हरेक व्यक्तिलाई जगाउने काम यही मन्त्रालयको हो । प्रत्येक व्यक्तिमा रहेको अन्तरनीहित प्रतिभा (जीवन ऊर्जा) प्रस्फुटन नभएसम्म देशमा समृद्धि आउन सक्दैन । कुनै पनि देशको समृद्धि भनेको शिक्षाको राष्ट्रिय नीति, नियम, कानुन कार्यक्रममा भर पर्छ । सबैभन्दा उत्कृष्ट पेसा शिक्षण पेसालाई बनाउने गरी नीतिगत, कानुनी, संस्थागत, संरचनागत सुधार गर्नुपर्छ । स्रोतभन्दा सोचमा समस्या छ । अब हामीले स्वजागरणमा केन्द्रित गरेर  शिक्षा परियोजना ल्याउनुपर्छ । तालिमका प्याकेजमा स्वजागरणका विषयवस्तु समेट्नुपर्छ । विषयगत ज्ञानभन्दा आत्मज्ञानका विषयवस्तुमा केन्द्रित गरेर पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक तालिम प्याकेज बनाई त्यसैअनुरूप शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्छ ।

 

शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन, उत्पादनलाई बजार, बजारलाई रोजगारी र रोजगारीलाई समृद्धिसँग जोड्नका लागि विद्यालयलाई परिवर्तनको केन्द्र बनाउनुपर्छ । सीपबिनाको शिक्षाले शैक्षिक बेरोजगारीलाई मात्र बढाउँछ त्यसैले ‘एक विद्यालयमा एक उद्यम कार्यक्रम’ को अभियानमार्फत शिक्षामा सीपलाई जोड्दै जानुपर्छ

 

 

 

। कम्तीमा १० कक्षा पास भएर निस्कँदा एउटा सीपको क्षमता प्रत्येक बालबालिकाले पाउने गरी मन्त्रालयले काम गर्नुपर्छ । सीपबिनाको प्रमाणपत्र संसारमा बिक्दैन । विद्यालयलाई शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनाउने होइन कि रोजगारी उत्पादन गर्ने रोजगार केन्द्र बनाउनुपर्छ । संस्कार र सीपयुक्त शिक्षा हामी सबैको इच्छा भन्ने नारा तय गरी कार्यक्रम अगाडि बढाउनुपर्छ । विषयगतभन्दा आत्मज्ञानमा केन्द्रित भएर मन्त्रालयले बजेट, नीति, कार्यक्रम ल्याउन ढिला भइसकेको  छ । संस्कार र सीपयुक्त शिक्षा हामी सबैको इच्छा’ भने नारा तय गरी शिक्षाले अबका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

 

 

४० प्रतिशत बालबालिकामा १४ वर्षभित्रै मानसिक समस्या सुरु हुन्छ । १६–४० वर्षका १९ जना युवाले दैनिक आत्महत्या गरेको मुख्य कारण बेखुसी र तनाब नै हो । रोगमुक्त शरीर, तनावमुक्त र हिंसामुक्त समाज निर्माणका लागि अहम् भूमिका शिक्षाको हो । शिक्षाले मात्र आत्मदीप्ति गराउन सक्छ । स्वजागरण जागेको प्रत्येक व्यक्तिले मात्र सत्य बुझ्न सक्छ । अबको शिक्षाको गन्तव्य शिक्षामा स्वजागरण नै हो । आफूलाई बदल्नेले मात्र संसार बदल्न सक्छ ।

 

निष्कर्ष

शिक्षा विषयगत ज्ञानको सञ्चय मात्र नभई स्वयम्लाई चिन्ने, आत्मज्ञान प्राप्त गर्ने र अन्तरनीहीत जीवन ऊर्जालाई जागृत गराउने प्रक्रिया हो । हरेक व्यक्तिभित्र खुसी, शान्ति, आनन्द र आरोग्य विद्यमान भए पनि स्वजागरणको अभावका कारण मानिसले ती मूल्य बाहिरी धन, पद र प्रतिष्ठामा खोजिरहेको छ । आत्मज्ञानबिनाको शिक्षा प्रभावहीन हुन्छ र यही कमजोरीका कारण वर्तमान शिक्षा प्रणालीले व्यक्ति र समाजलाई सन्तुलित, खुसी र नैतिक बनाउन सकेको छैन । राष्ट्रको समृद्धि व्यक्तिगत स्वजागरणबाट सुरु हुन्छ । सोचाइ र चेतनामा परिवर्तन नगरी संरचना र स्रोत मात्र सुधारेर समस्या समाधान हुँदैन । परिवर्तन सानो कामबाट, आफूबाट सुरु हुनुपर्छ ।

 

 

स्वजागृत व्यक्ति मात्र इमान्दार, अनुशासित, नैतिक र आत्मविश्वासी हुन्छ, जसले समाज र राष्ट्र निर्माणमा सकारात्मक योगदान दिन सक्छ । त्यसैले शिक्षाको मूल्याङ्कन खुसी, शान्ति, आनन्द र आरोग्यका आधारमा हुनुपर्छ । अभिभावक, शिक्षक, विद्यालय, स्थानीय सरकार र मन्त्रालय सबैले स्वजागरण केन्द्रित दृष्टिकोण अपनाउनुपर्छ । विशेषतः शिक्षक स्वयं खुसी र स्वजागृत नभएसम्म विद्यार्थीमा स्वजागरण सम्भव हुँदैन ।

 

 

प्रारम्भिक बालविकासदेखि नै जीवन सीप, संस्कार, आत्मज्ञान र सीपयुक्त शिक्षा दिनु अनिवार्य छ । शिक्षा खुसी, आत्मदीप्ति, शान्ति र सकारात्मक ऊर्जाका लागि हुनुपर्छ । ‘संस्कार र सिपयुक्त शिक्षा’मार्फत आत्मज्ञान र स्वजागरणलाई शिक्षाको केन्द्र बनाइएन भने न त व्यक्तिगत जीवन सुधार हुन्छ, न समाज र राष्ट्र नै समृद्ध बन्छ । आफूलाई बदल्ने व्यक्तिले मात्र संसार बदल्न सक्छ भन्ने मान्यतासहित अबको शिक्षाको अन्तिम गन्तव्य शिक्षामा स्वजागरण नै हो । (लेखक शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरको प्रमुख हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९